नवलपरासी,६ बैशाख
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले एसईई परिक्षा दिई बसेका विद्यार्थीहरुलाई स्वम्सेवक स्वरुप अस्पतालमा सेवा गर्न सक्ने जनाएको छ । विद्यार्थीहरुलाई भविष्यमा मेडिकल फिल्डमा आफ्नो शैक्षिक क्यारियर बनाउन चाहना राख्ने विद्यार्थीहरु अस्पतालमा स्वम्सेवक भई अनुभव लिन सक्ने अस्पतालले आह्वान समेत गरेको हो ।
परिक्षा दिएर कोही कम्प्युटर लगायत विभिन्न सिपमुलक तालिम,कोही भ्रमण आदी जस्तामा समय विताउने गर्ने गरेका हुन्छन्,त्यसै गरि अस्पतालमा पनि मेडिकल सम्बन्धि आधारभुत जानकारी र प्रयोगात्मक अनुभव समेत लिन सक्ने हुदा त्यस्ता विद्यार्थीहरु अस्पतालमा सम्पर्क गर्न सक्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट(निमेसु) सर्जन डा.किरण पाण्डेले बताए । धेरै विद्यार्थीहरुको भविष्यमा मेडिकल फिल्डमा जाने योजना बनाउदै अध्ययन गर्ने गरेका हुन्छन्,उनले भने,उनीहरुलाई अस्पतालको केही समय सेवाले नयाँ अनुभव प्रदान गर्नेछ ।
अस्पतालमा विरामीको सेवा पनि हुने,थोरै जनशतिmले यो गर्मियाममा बढदो विरामीको चाँपमा सेवा प्रवाहलाई सहजीकरण समेत हुने हुदा यस्तो स्वम्सेवा गर्न चाहने विद्यार्थीलाई आह्वान गरिएको उनको भनाई थियो । अस्पतालको सेवा प्रवाह प्रकृयाबारे पनि प्रत्यक्ष सहभागि भएर जान्न पाउने अवसर पाउनेछन्, उनले थपे, सो अनुभवले आफ्ना दैनिक जिवनमा पनि अस्पतालमा सेवा लिन आउदा वा कसैलाई अस्पतालमा सेवाका लागि लिएर आउदा समेत सहजीकरण गर्न सजिलो हुनेछ । विद्यार्थीहरु सम्पर्कमा आए पछि उनीहरुलाई समान्य अभिमुखीकरण गरेर चिकित्सक वा अन्य स्वास्थ्यकर्मीसँग राखेर काम गर्ने अवसर प्रदान गर्न सकिने डा.पाण्डेले बताए ।
यसका लागि अभिभावकहरु पनि अभिप्रेरित गरेर आफ्ना छोराछोरीलाई अस्पताल पठाउन सक्ने छन् । परिक्षा दिई समय कसरी विताउने भन्ने विद्यार्थीका लागि समय विताउने,सिप सिक्ने र नयाँ नयाँ अनुभव लिन सक्ने यो अवसर हो । अहिले एसर्ईई परिक्षा दिएर बसेका विद्यार्थीलाई मात्रै होईन्,सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई पनि स्वम्सेवा गर्ने अवसर प्रदान गरिन्छ, उनले भने, अस्पतालमा विगतमा मेडिकल फिल्डकै विद्यार्थी इन्टर्नसिप गर्न मात्र आउने गरेका थिए,तर अहिले समान्य सबै खालका विद्यार्थीहरुलाई स्वम्सेवा गर्न सक्ने अवसरलाई खुल्ला गरिने छ । अस्पतालको नम्स अनुसार चिया खाजा पनि उपलब्ध गराउन सकिने उनको भनाई थियो ।
अस्पतालमा अहिले विशेषज्ञ चिकित्सक ८ जना हुदा त्यसका लागि अन्य सहयोगी कर्मचारी अभाव छ । यदि स्वम्सेवकहरु आएमा सहयोग पुग्ने उनको भनाई थियो । दैनिक ३ सय भन्दा बढि विरामी आउने गरेका छन्,उनले भने, सर्जिकल सेवाले पनि अस्पतालमा विरामीको दिन प्रति दिन संँख्या बढ्दै गएको छ । दरबन्दी अनुसार पदपुर्ति छैन्,आवश्यक कर्मचारी निजी स्रोतले राख्न परेको छ । अस्पतालमा गुणस्तरिय सेवाले विरामीको विश्वास बढेर विरामीको चाँप पनि बढेको छ,तर विरामीको चाँप बढदा सहयोगी कर्मचारी निकै अभाव देखिएको छ ।
पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।
To test this, we used RNAi of 1, 495 C buy priligy cheap But the future development is not necessarily so