Health Advertisement

पृथ्वीचन्द्र अस्पतालको सेवा स्तर लुम्बिनी प्रदेशिक अस्पताल भन्दा अगाडी

नवलपरासी,२७ चैत्र
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल आफ्नो गुणस्तर सुधार गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भन्दा अगाडी देखिएको छ । अस्पताालको विभिन्न सुचकाँकको आधारमा मापन गर्दा अस्पताल सो स्थानमा पुगेको हो ।

Health Advertisement


लुम्बिनी प्रदेश भित्रका अस्पताल मध्ये छठौ स्थान हासिल गरेको अस्पतालको अवस्थाबारे जानकारी गराइएको थियो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले गरेको अस्पतालको सेवा मापन सुचकाँकबाट मुल्याँकन गर्दा सो स्थानको हासिल गरेको अस्पतालले जानकारी गराएको थियो । सुचकाँकहरुको गत बर्ष ८२ प्रतिसतबाट स्तरोन्नती गर्दै यो बर्ष ८९ प्रतिसत पुर्याएर लुम्बिनी प्रदेश अन्तरगत रहेका १४ वटा विभिन्न जिल्लाका अस्पताल मध्ये छठौ स्थानमा पुगेको मुल्याँकन टोलीले जानकारी गराएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल भन्दा पनि बढि अंक प्राप्त गरेको छ,विगत भन्दा अहिलेको अस्पतालको सेवा गुणस्तर विस्तार गरि यो स्थानमा पुग्नु उपलब्धी नै मान्नु पर्ने कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका थिए । अगामी दिनमा यसैमा सन्तुष्ट हुने होईन्,उनले अस्पतालको सम्पुर्ण टिमलाई आग्रह गर्दै भने,विगतमा रिफर अस्पताल भनेर पनि आरोप झेलेको यो पृथ्वीचन्द्र अस्पतालले अहिले सेवा गुणस्तर विस्तार गर्दै यो स्थानमा पुर्याउनु जिल्लाकै लागि शुखद महशुस भएको छ । यस्ले निरन्तता पाउदै अझै प्रगति तर्फ लैजानका लागि जिससले समेत आफ्नो भुमिका र दायित्वबाट पछि नहट्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुरेस पन्थीले पनि अस्पतालको सेवाले नै यो अँकमा पुर्याउनु अस्पतालको ब्यवस्थापन र चिकित्सक टोलीले गरेको परिश्रम हो । यस अवस्थालाई कामय राख्दै थप प्रगति तर्फ बढनु पर्ने शुभकामना पनि दिएका थिए । केही महिना देखी अस्पतालको निमित्त मेसुको जिम्मेवारी सम्मालेका अस्पतालका सर्जन डा.किरण पाण्डेले अस्पतालको चिकित्सक टिम अहिले सिमित जनशतिm र साधन स्रोतले काम गरि रहेको जानकारी गराएका थिए । दरबन्दी अनुसारको जनशतिm नहुनु अस्पतालको चुनौती रहेको छ, उनले भने,जनशतिm आपुर्तिका लागि तिन तहकै सरकारबाट सहयोगको आपेक्षा रहेको बताएका थिए । त्यसै गरि अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले पनि आफु अध्यक्षको जिम्मेवारी पाए देखी नै अस्पतालले निरन्तर हरेक बर्ष अँक थप्दै गएको बताए । तर अझै पनि प्रदेशको उत्कृष्ट अस्पताल बनाउने लक्ष्य रहेको सुनाए । यसका लागि आफु आफ्नो स्थानबाट हरेक पहल गर्नेछु,उनले भने,अस्पतालको चिकित्सा टोलीसँगै ब्यवस्थापन साथ साथ काम गर्न अग्रसर रहेको बताएका थिए ।
प्रस्तुत तथ्याँक अनुसार लुम्बिनी प्रदेशमा बर्दिया अस्पताल ९६ अँक प्राप्त गरि पहिलो स्थान,कपिलबस्तु अस्पताल ९४ अंक प्राप्त गरि दोश्रो स्थान,गुल्मी अस्पताल ९१ अंक प्राप्त गरि तेश्रो स्थानमा रहेको छ । त्यसै गरि चौथो स्थानमा भिम अस्पताल र अर्घाखाची अस्पतालले ९० अँक प्राप्त गरेका छन् । त्यसै गरि पृथ्वीचन्द्र अस्पताल भन्दा पनि कम अंक पाउने अस्पतालमा मध्ये लुम्बिनी प्रादेशिक अस्पतालले ८८,राप्ती अस्पतालले ८५,रोल्पा अस्पतालले पनि ८५,प्युठान अस्पतालले ७५,रामपुर अस्पतालले ५९,पाल्पा अस्पतालले ५४,रुकुम अस्पतालले ५१ र भालुवाँग अस्पतालले ३९ अँक प्राप्त गरेको छ । पृथ्वीचन्द्र अस्पतालले पहिलो पटक सन २०२२।६।२९ मा मुल्याँकन हुदा ६७ प्रतिसत,२०२२।३।१३ मा मुल्याँकन हुदा ७३ प्रतिसत,२०२२।६।१७ मा मुल्याँकन हुदा ७६, २०२३।५।२ मा मुल्याँकन हुदा ८२ प्रतिसत र अहिले २०२४।४।८ मा मुल्याँकन हुदा ८९ प्रतिसत अंक प्राप्त गरेको देखिएको थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *