नवलपरासी,१५ चैत्र,
रामग्राम स्तुप क्षेत्रमा शुरक्षा चुनौती थपिदै गएको भन्दै नागरिक समाज नवलपरासीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । भगवान गौतम बुद्धको अष्टधातु रहेको सो स्थानमा प्रहरी चौकी वा प्रहरी विट स्थापनाको मागबारे स्मरण गराउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
स्तुप क्षेत्रमा रहेको जापानीहरुको बुसुनोकाई गार्डेनमा रहेको पर्यटकलाई बस्ने पक्कि बेन्चको सोमवार राती अज्ञात समुहले तोडफोड गरेको हुदा त्यसबार अनुसंधान गराई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने माग समेत गरेको थियो । समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,संस्थापक अध्यक्ष रामजी ज्ञवाली सहितको समाजको टोलीले अहिले स्तुपमा देशी विदेशी पर्यटकको आगमनमा वृद्धि भएको हुदा सो स्थानमा सुरक्षा विट राख्न मागको स्मरण समेत गराएको थियो । समाजले गत साउन ७ गते सो स्थानमा प्रहरी चौकी वा प्रहरी विटको स्थापनाको माग गरेको थियो । तर सम्बन्धित निकायबाट पहल नहुदा त्यसको परिणाम अहिले त्यहाँका पुर्वाधार तोडफोड भएका छन् । यस्ता घटना आउने दिनमा पनि हुन सक्ने हुदा तत्काल शुरक्षाको प्रत्याभुती गराउने गरि ब्यवस्था मिलाउन समेत माग गरिएको समाजका अध्यक्ष सैथवारले बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर कुँवरलाई ज्ञापनपत्र बुझाउदै रामग्राम स्तुप क्षेत्रमा शुरक्षा ब्यवस्था अपरिहार्य रहेको हुदा स्थानिय प्रशासनले त्यसको ब्यवस्थापन तर्फ ध्यान दिनु पनेै र स्थाई समाधानका लागि चौकी वा विटको ब्यवस्थापन गराउनमा पहल हुनु पर्ने माग राखिएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रजिअ कुवँरले यसबारे जिल्ला सुरक्षा समितिमा विषयको उठान गरिने आश्वासन दिएका थिए । सँसारको एक मात्र आफ्नो मौलिक अवस्थामा रहेको भगवानको अस्तिधातु रहेको स्तुप हो,अध्यक्ष सैथवारले भने,तर सरकार नै यसमा मौन रहेको देखिएको छ । सोही सम्पदाको नक्कली स्वरुप दिन भारतिय पक्षले भारत महराजगँजको सोहगीबरवामा रामग्राम स्तुप भएको सम्पदालाई विश्वब्यापीकरण गर्न लगानी गरिहेको छ । तर नेपालमा रहेको र विश्वले पत्तयाएको यो प्राचीन सम्पदा प्रति नेपाल सरकार तथा सरोकारवालाले समान्य शुरक्षा ब्यवस्था समेत मिलाउन नसक्नु दुःखद भएको अध्यक्ष सैथावारले दुखेसो पोखेका थिए ।
सन १९९६ मा पत्ता लागेको लुम्बिनी क्षेत्रको विकास लुम्बिनी विकास कोषले गरिरहेको छ,उनले भने,तर त्यस लगत्तै अग्रेज विद्धान डा.डब्लु होयद्धारा सन१९९८ मा पहिचान गरिएको यो रामग्राम स्तुप अहिले चरनको अवस्थामा रहेको छ । रामग्राम स्तुपमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी देखी अहिलेको सम्मानिय प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सम्मले यस स्थानको भ्रमण गरेका छन्,मन्त्रि र अन्य नेतागण त कति हो कति,तर रामग्राम स्तुपमा आउने गोहीको आसु चुहाउने नेतृत्व मात्र पाएको अनुभुति उनले सुनाएका थिए । समान्य शुरक्षा पनि दिन नसक्ने सरकारले यसलाई विश्वसम्पदा सुचिमा कसरी सुचिकृत गराउने पहल गर्ला ? उनले आश्चर्य ब्यतm गर्दै थपे,अहिले कुर्चि तोडफोड गरिएका छन्,पुर्वाधार भाच्चिएका छन्,भोली विदेशी पाहँना पर्यटकलाई पनि शुरक्षा चुनौती पनि नहोला भन्न सकिदैन् । त्यही भएर बेलामै जिल्ला स्थित शुरक्षा निकायले यसबारे पहल गर्न आवश्यक रहेको औल्याएका थिए ।
रामग्राम स्तुपमा केही महिना पहिला लुम्बिनी विकास कोषले मोक्ष फाउण्डेसन अन्तराष्ट्रिय सस्थाको लागनीमा काम गर्न खोज्दा जिल्ला स्थित केही संघसस्था र राजनीतिक दलकाा प्रतिनिधिहरुले त्यसको विरोध गर्नसम्म उत्रेका थिए । जस्को फल स्वरुप संसदको लेखा समितिले विचारै नगरि केही प्रकृयागत कमीकमजोरी भएर सच्याएर अगाडी बढनु पर्ने निर्देशन दिइनुको सट्टा हचुँवाको भरमा सम्पुर्ण प्रकृया नै स्थगित गरि रामग्राम विकास परियोजना नै खारेज गर्न लगायो । तर स्तुप क्षेत्रको शुरक्षा गर्नका लागि समान्य एक शुरक्षा विट राख्न पटक पटक माग हुदा पनि ब्यवस्थापन हुन नसकिएको अवस्थामा ति दल,संस्था र संसदीय समिति किन बोल्न सकेका छैनन ? उनले प्रश्न पनि गरेका थिए ।
रामग्राम स्तुप बौद्धमार्गीका लागि एक पवित्र स्थल हो । जस्को अध्यात्मिक महत्व अनुसार एक पटक पनि श्रद्धापुर्वक ति स्थानमा पुष्प गन्धधुप चढाउदा देवलोकको प्राप्ती हुने र ध्यान साधान गरे ब्रम्हमलोक प्राप्ती हुनुका साथै स्तुप नजिकै विपश्यना ध्यान अभ्यासले लोकविमुतिmको मागमा लैजाने अवस्थाको प्राप्ती हुन सक्छ । यसले गर्दा देशी विदेशी बौद्धमार्गी एक पटक भए पनि स्तुपामा आउने गरेका छन् । तर तिनीहरुको लागि अन्य ध्यानअभ्यास,पुजापाठ गर्ने,ओतलिइने स्थान त परै जाओस समान्य सुरक्षाको पनि प्रत्याभुती गराउन नसक्नु नेपालको शासन प्रणाली माथि नै प्रश्न चिन्ह रहेको उनले औल्याएका थिए ।
The liver is the major site of degradation for both T4 and T3 buy priligy dapoxetine online Spend some time just the two of you before the lights dim