भलुही खोला पुल निर्माणले जोडियो सरावलको ककरपत्त नगर र महामाया पर्यटन मार्ग

नवलपरासी, ७ चैत्र
जिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न भलुहीखोला पुल निर्माण सम्पन्न भए पछि जाँसाबासी उत्साही भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको निर्माण कार्य सम्पन्न भए पश्चात सो पर्यटकिय क्षेत्रमा पर्यटक तथा स्थानियबासीलाई पनि आउजाउमा सहज भए पश्चात पर्यटन बढनेले उत्साही भएका हुन् ।
पुलको टेण्डर २०७८ सालमा भएर काम शुरु भएको थियो । अहिले पुलको निर्माण कार्य सम्पन्न भई सडकसँग जोड्ने कार्य भई रहेको छ । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा भलुहीखोला रहेको थियो । सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर गरेको थियो । सो पुल निर्माणले यस क्षेत्रका जनतासँगै प्राचीन ककरपत्तमा आउने पर्यटकका लागि पनि सहज यात्रा हुने स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोडेको, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा भलुही नदीमा पुल नभएका कारण समस्या थियो ।
अहिले सो पुल बनेका कारण समस्या अन्त भएर स्थानिय उत्साही भएका छन् । पुल बनेका कारण रामग्राम स्तुपमा आउने पर्यटकलाई ककरपत्त नगरमा जान सहज हुने उनको भनाई थियो । पुलले स्थानिय सरावल गाउपालिकाका तिन वटा वार्डका बासिन्दालाई पनि सदरमुकाम परासीसँग जोड्ने हुदा स्थानियबासीलाई समेत राहत मिल्ने भएको छ । दुई बर्ष देखी भलुही खोलामा झुलगेँ पुल मार्फत पैदल,साईकल र मोटरसाईकलसम्म आउन जान सहज भए पनि पक्कि पुल नभएका कारण हुलाकी राजमार्ग र पुर्वपश्चिम महेन्द्र राजमार्गका पुल भएर मात्र आउने जाने अवस्था थियो । तर अहिलेको भलुहीखोला पुल बने पछि पर्यटक र स्थानिय दुबैलाई राहत हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
सो क्षेत्रमा विगत बर्ष देखी नै पुलको माग हुदै आएको र दुई बर्ष पहिला सडक डिभिजनले सो पुलको टेण्डर गरे पछि पुल बन्ने सुनिश्चिता गरेको थियो । जुन अहिले पुल सम्पन्न भएको छ, सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले भने, सो पुलले सरावल र रामग्राम जोड्र नजिक बनाएको छ । पुलको निर्माण कार्य पनि छिट्टै सकिएको उनले बताए । पुलको लागत स्टिमेट ६ करोड १३ लाख २१ हजार ४ सय ९३ रुपिया रहेको थियो । पुलको आवश्यकता ठम्याउदै स्थानियबासीले तत्कालिन लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पुलका लागि पहल गरेका थिए । जुन पुलका लागि बजेट बिनियोजन सरकारले गरेको थियो । पुर्वमन्त्री चौधरीले पुलका लागि पहल गरिदिदा अहिले जनतालाई राहत र पर्यटकीय मार्गमा आउने पर्यटकलाई सहज भएको छ, उनले भने, पुर्वमन्त्री चौधरी तत्कालिन जिविस सभापति हुदा पनि रामग्राम स्तुप र महेन्द्र राजमार्ग जोड्ने महामाया पर्यटन मार्गको परिकल्पना गरेर सडकको निर्माण शुभारम्भ गरेका थिए । अहिले सो मार्ग रामग्राम स्तुपासम्म पक्कि भई रहेको छ । पुर्वमन्त्री चौधरीले नै स्तुपाका जोड्न पर्ने उतm मार्गको झरही खोलामा पनि पुलका लागि पहल गरेका थिए । जस्को शिलान्यास लुम्बिनी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री ंशंकर पोखरेलले गरेका थिए । अहिले सो पुलको निर्माण सम्पन्न भई भई सकेको छ । यो भलुही खोला पुलले महामाया पर्यटन मार्गसँग आर्को एक बुद्धस्थल प्राचीन ककरपत्त नगरलाई जोडेको छ ।
सरावल गाउपालिका र रामग्राम नगरपालिका विच रहेको भलुही खोला अहिले पुल बने पछि जोडिएको छ । यो पुलले स्थानिय दुई पालिका मात्रै जोड्ने नभई दुई वटा बौद्धसाईट समेत जोडिने हुदा पर्यटन क्षेत्र विस्तारमा टेवा मिल्ने उनको भनाई थियो । पचास मिटर लम्बाईको उतm पुल रहेको छ । भगवान गौतम बुद्धको अस्तु रहेको रामग्राम स्तुप जोड्ने महामाया मार्गमा प्राचिन ककरपत्त नगर भनेर चिनिने हालको जावालाई नजिकसँग जोड्ने भएको छ । ककरपत्त नगरमा दिर्घजानुलाई भगवान गौतम बुद्ध पुगेर गृहशुख सन्देश सुनाएको स्थानियको रुपमा रहेको बौद्धग्रन्थ त्रिपिटकको अगुँतर निकायमा उल्लेख भएको पाईन्छ । यसले गर्दा रामग्राम स्तुपमा आउने देशी विदेशी पर्यटक एक पटक ककरपत्त नगरमा पुग्न सजिलो भएको रामग्राम नगरपालिकाकाकी उपमेयर सम्झना चौधरीले बताईन् ।
यसले दुई पालिका मात्र नभई भगवान गौतम बुद्धसँग सम्बन्धित बौद्धस्थलहरुलाई जोड्ने पुलको रुपमा रहने छ । यो पुलले पर्यटन मार्गको आधार बन्ने भएको छ, उनि भनिन, प्राचिन ककरपत्त नगर मात्र नभई प्राचिन सज्जनेल नगर हालको बासा र प्राचिन कुण्डिय नगर हालको भगडा स्थित पतजिव(पुत्तन्जिवी) बगैचा रहेको जिवक बनलाई समेत जोड्ने भएको छ । रामग्राम स्तुपाको दर्शन गर्न आउने बौद्धमार्गीलाई सहज ढंगले जाने सुविधा यस पुलले हुने उनको विश्वास थियो । दैनिक रुपमा स्थानियबासीलाई सदरमुकाम परासी बजार आउन जानुका साथै भैरहवा पहुँचका लागि पनि सुविधा हुने उनको भनाई थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *