नवलपरासी,२७ फागुन
संसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका सक्रिय स्थानियहरु युवाहरुको गाउसभा(गाँउ सँसद)मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ सनईमा रहेको नन्दनताल र पडरीमा रहेको प्राचीन नन्दन नगरक्षेत्रको विकास गर्नका लागि विश्वसम्पदामा सुचिकृत गराउन आवश्यक रहेको भनि नमुना गाउसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा राखिएको हो ।
विश्वसम्पदाको रुपमा रहेको १ सय विघा बढि क्षेत्रफलको नन्दनताललाई रामसार सिमसारमा सुचिकृत गरिनु पर्ने र प्राचीन कोलिय गणराज्य अन्तरगतकै प्राचीन नन्दननगरलाई पुरातात्विक खोज गराई युनेस्को मार्फत विश्वसम्पदामा सुचिकृतका लागि गाउसभाले पहल गर्नु पर्ने भनेर नीति कार्यक्रम बनाई प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । प्राचीन सम्पदा भए पनि ओझेलमा परेका ति दुबै विश्वसम्पदाको रुपमा पहिचानज पाउनु पर्छ,उनले भने,युवाहरुको नमुना गाउसभा यहाँको युवाहरुको भावना र चाहना हो, त्यसलाई अगामी गाउसभामा पाल्हीनन्दन गाउपालिकाले समेट्दै लैजाने योजना रहेको बताए ।
ति दुबै सम्पदालाई विश्वसम्पदामा सुचिकृत गराउनका लागि अब गाउसभाले निर्णय गरि संघिय सरकारलाई आग्रह गरिने छ । युवाहरुद्धारा सञ्चालिन उतm गाउसभाले साच्चिकै गाउसभाले गर्नु पर्ने कार्यको आवश्यकता पहिचान गराएको देखियो,उनले थपे, यस प्रति आथितीको रुपमा उपस्थित गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता,उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना) लगायत वार्ड अध्यक्षहरुले समेत मनन गरेका थिए । नेपाल सरकार राष्ट्रिय युवा परिषदको नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तरगत हुन लागेको कार्यक्रममा स्थानिय युवाहरुले सक्रियता देखाएका थिए ।
पर्यटन क्षेत्रको ठूलो सम्भावना बोकेको र त्यहाँ पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिए युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना हुने देखिन्छ । रोजगारी खोज्दै युवाहरु विदेश ताक्नु पर्ने अवस्थाको अन्त्य गर्न सक्छ । प्राचीन नन्दन नगर प्राचीन कोलिय गणराज्यका राजाहरु जलविहार गर्न मंगलताल अर्थात नन्दनतालमा जाने गरेको बौद्ध साहित्यहरुमा उल्लेख भएको पाईन्छ । त्यही नन्दन ताल नजिकै सुरक्षार्थ सैनिक गणहरु बस्ने गरेका थिए । सो स्थान पछि नगरको रुपमा परिणत भएको थियो । जस्को अवशेष अहिले पनि सो स्थानमा देखिएको पुरातत्वका जानकारहरुले बताए पछि अहिले प्राचीन नन्दन ताल सहित प्राचीन नन्दननगर पनि चर्चामा आएको छ ।
युवाको नमुना संसादमा उठेको महत्वपुर्ण कुरा अब गाउसभामा बहसको विषय बन्नु पर्ने नन्दन ताल र नन्दन नगर भएको वार्ड नं.६ का वार्ड अध्यक्ष तथा गाउपालिकाका प्रवतmा कृष्णचन्द्र यादवले बताए । उनका अनुसार अहिले प्राचीन नन्दन नगर क्षेत्रको विकास प्रति स्थानिय पनि उत्साही देखिएका छन् । सो स्थानमा सरसफाई गरि खानेपानीको ब्यवस्थापन,बस्नका लागि पक्कि बेन्चहरु राखि सकिएको छ । सो स्थानमा बाटो छिट्टै पुर्याउने योजना समेत उनले सुनाए । सो स्थानको प्रचार प्रसार तथा प्रवद्र्धनका लागि आउने चैत्र पुर्णिमामा आनन्दन जात्रा समेत निकाल्ने र त्यसका लागि जात्रा मुल समारोह समिति समेत गठन भई सकेको जानकारी गराएका थिए ।
विस्तृत काम गर्नका लागि कार्ययोजना समेत बनाई सकिएको छ,उनले भने, यसै बर्ष देखी तालको संरक्षण तथा सरसफाईका कामको थालनी हुन्छ,त्यसका लागि वातावरणिय प्रभाव मुल्याँकन(ईआइए) गराएर कामको शुभारम्भ पनि हुन्छ,प्राचीन नन्दन नगरमा सडक तथा सडक बत्ति पुर्याउने,वृक्षारोपण गराउने जस्ता कार्य यसै बर्ष देखी शुरु गरिने उनको भनाई थियो ।
नेपाल सरकार राष्ट्रिय युवा परिषद र गाउपालिकाको सहकार्यमा जिल्लाको यो पाल्हीनन्दन गाउपालिकाको प्रत्येक वार्डमा युवा क्लबहरु गठन भएका छन् । ति क्लबले नै युवा संसद सञ्चालन गर्नका लागि चार दिईने तालिम प्रदान गरिएको थियो । तालिम पश्चात उनीहरुलाई नमुना संसद सञ्चालन पनि गराइएको थियो । सँसदमा कसरी नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ,त्यस माथि छलफल कसरी गर्ने र नीति कार्यक्रम पास भए पछि बजेट कार्यक्रममा कसरी समेट्ने र बजेट कार्यक्रम बनाउने र त्यस माथि छलफल गर्ने जस्ता अभ्यास गराईको थियो । सँसदमा ताल र नगर बाहेक पनि शिक्षा,स्वास्थ्य,पुर्वाधार र युवाहरुको रोजगार लगायतको कुरा समेटिएका थिए ।
यो जिल्लामै नमुना कार्यक्रम भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए । यो कार्यक्रम गर्न परिषदबाट जिल्लाको पाल्हीनन्दन गाउपालिकाका छनौट भएको छ, उनले भने, यो पाल्हीनन्दन गाउपालिकाको लागि सौभाग्य हो । जुन संसद र संसदिय कार्य समाचारमा हेर्ने र पढने गरेका थिए । त्यसैलाई प्रत्यक्ष अनुभुतिका लागि सानै देखी अभ्यास गर्न पाउने मौका पाएका छन् । यसका लागि युवा परिषदले अवसर जुराएकोमा उनले परिषदलाई आभार ब्यतm गरेका थिए । उनका अनुसार अहिले संसदिय अभ्यासका लागि गाउपालिका भरि युवा क्लब गठन गरेको थियो ।
प्रत्येक वार्डमा युवा क्लब गठन पश्चात उनीहरुले संसद भित्र पठाउनका लागि आफुहरुबाट संसद छनौट गरेका थिए । छनौट पनि उनीहरुलाई चार दिनसम्म तालिम दिइने र अभ्यास गरार्ईएको हो । संसदमा जान नपाएका अन्य युवाहरुलाई स्वम्सेवक परिचालन पनि गरिने छ । उनीहरुलाई गाउपालिकाको विभिन्न कार्यक्रममा सहभागिता गराईने र बेला बेला सम्मेलन समेत गरिने छ । गठन हुने संसदमा पाल्हीनन्दन गाउपालिकाम
ा रहेका गाउसभा सदस्य बराबरकै समावेशिता सहितको नमुना संसद रहने छ ।
तालिम पछि मात्र छनौट भएर आएका युवा सँसदहरुमा संसयिद प्रकृयाको प्रयोगात्मक अभ्यास गराइएको थियो । संसदमा विधेयक कसरी प्रस्तुत गरिन्छ ? विधेयक माथि कसरी छलफल गरिन्छ । कति चरणमा छलफल हुन्छ ? संसदिय समितिमा पनि कसरी बैठक बसेर निष्कर्षमा पुग्ने जस्ता अभ्यास गरिने सो कार्यक्रममा प्रशिक्षक इजहार शेषले बताएका थिए । यो नमुना सँसदले युवामा उत्साह बढेको छ उनले भने, राजनीतिक प्रति पनि युवा उत्साही देखिएका छन । युवामा राजनीतिक चेतनाको वृद्धि समेत यो संसदिय अभ्यासले ल्याउने उनले विश्वास ब्यतm गरेका थिए ।
Blair fnHbkQiGNChJN 6 17 2022 priligy 30mg Obstetrics and Gynecology