नवलपरासी,२४ फागुन
जिल्लाको पाल्हीनन्दन गाउपालिकामा विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गरिएको छ । उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी हुन् ।
गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरु राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्,त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ । अहिले विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भनेर छनौट गरेका छौ । उनीहरुलाई त्यही अनुसारको नेतृत्व विकास,क्षमता विकास लगायतका अन्य तालिममा सहभागि गराउदै लैजान सकिन्छ, उनी थपिन्,वार्ड नं.१ बाट यस्तो कार्यक्रमको शुभारम्भ गरिएको छ । अगामी दिनमा अन्य वार्डमा रहेका विद्यालयमा पनि यस्तो कार्यक्रम गर्दै लगिने जानकारी गराएकी थिईन् ।
भविष्यका नेतामा सो विद्यालयबाट छात्रा तर्फकी बैष्णवी बनिया,अन्जु गुप्ता,सुन्दरी गुप्ता,सृजना यादव,शितल केवट र छात्र तर्फका मोहम्मद सानिद धुनिया,विशाल हरिजन,राजन गुप्ता,शिवसागर गुप्ता र आशिष यादव छनौटमा परेका छन् । उपाध्यक्ष भेटघाट कार्यक्रम अनुसार नै गाउपालिकाका ६ वटा वार्डमा रहेका ७ वटा माध्यमिक तहको सामुदायिक विद्यालय र २ वटा माध्यमिक स्तरकै मदरसा धार्मिक,विद्यालयमा कार्यशाला,प्रश्नोत्तर,सेवा सनिवार,वृहद छलफल जस्ता कार्यहरु गरेकी छिन् । आफु विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल,अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न गरिएको बताईन् ।
बालबाकिलाका समस्याबारे उनि सम्बोधन गरेका थिइन् । वातावरण सरक्षण,सरसफाई र सामुदायिक सदभावबारे विषय केन्द्रित गरि छलफल र प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै बालबालिकाहरुलाई सरसफाईको महत्व सम्झाउदै उपाध्यक्षले सरसफाई(सेनिटेसन) किट समेत हस्तानान्तर गरेकी थिईन् । विद्यालयमा आवश्यक पर्ने कुचो,हर्पिक,फिनाइल,ट्वाईट ब्रस,बाल्टी,मग लगायतको समाग्रि सेनिटेसन किटमा समावेश गरिएको थियो । उतm कार्यक्रममा सोही वार्डका वार्ड अध्यक्ष चुल्हाई प्रसाद यादवले समेत विद्यालयको समस्या वार्ड तहबाट हुन सक्ने कार्य गरेर समाधान गरिनुका साथै गाउपालिका स्तरबाट हुने सहयोगका लागि आफ्नो प्रतिवद्धता ब्यतm गरेका थिए ।
सो कार्यक्रमको प्रमुख उदेश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानिय सरकार र युवा नागरिकहरु बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको छ । त्यसै गरि प्रेरणा जगाउनेमा विद्यार्थीहरुलाई उनीहरुको समुदायमा सक्रिय रुपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने,आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरुलाई सान्दर्भिक मुद्दाहरुमा आफ्ना सोचहरु विचारहरु र चिन्ताहरु ब्यतm गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको छ । त्यसै गरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्टभुमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरु देखाउनेमा विद्यार्थीहरुलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरुको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।
कार्यक्रममा सामुदायिक च्याम्पियन कार्यशाला,धार्मिक सदभाव संवाद,सेवा शनिवार,विद्यार्थी परिषद सम्मेलन,भविष्यका नेता पुरस्कार समारोह जस्ता इभेन्टहरु बनाइएका छन् । नेपालको संविधान २०७२ को धारा २४८ सँग मिल्दोजुल्दो कार्यक्रम बनाइएको जस्ले विकासका पहलहरुमा युवा सहभागितालाई प्रवद्र्धन गर्ने स्थानीय सरकारहरुको दायित्वलाई जोड दिईने र यसले युवा नीति २०७५ सँग पनि प्रतिध्वनित गर्नुको साथै यसले युवाह्रुलाई समाजिक र राजनीतिक प्रकृयाहरुमा संलग्न गराउन प्रोत्साहन गर्ने उपाध्यक्ष अंसारीको भनाई रहेको थियो ।
उनका अनुसार यो सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीहरुसँग उपाध्यक्ष भेटघाट कार्यक्रमले युवा दिमागहरुलाई शसतिmकरण गर्ने,सामुदायिक बन्धनलाई सुदृढ गर्ने,जिम्मेवार र संलग्न नागरिकहरुको पुस्तालाई पालनपोषण गर्ने अनुपम अवसर प्रस्तुत गर्दछ । उनीहरुको विचार,प्रतिभा र नेतृत्व क्षमतामा लगानी गरेर सामुहिक रुपमा अग्रणी नेपालको उज्जवल भविष्य निर्माणमा सहयोगी बन्ने दाबी उनको थियो ।