Health Advertisement

लाभकर खारेजीको माग गर्दै नागरिक समाजले बुझायो ज्ञापनपत्र

नवलपरासी,४ पुस
जग्गा विक्रि वितरण गर्दा जग्गाधनीलाई लाग्दै आएको लाभकर खारेजीको माग गर्दै नागरिक समाज नवलपरासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । किसान माथि यसरी जग्गा कारोबारी तथा ब्यपारी जस्तै लाभ कर लगाउने प्रावधान न्योचित नभएको भन्दै नागरिक समाजका नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
कुनै पनि किसानले जग्गा विक्रि बाध्यकारी अवस्थामा मात्र गर्नु पर्ने भएको हुदा लाभकर थुपारेर किसान माथि अन्याय भएको भनाई सहित उनले जिल्ला समन्वय समितिमा पुगेर हस्तलिखित ज्ञापनपत्र बुझाएका थिए । हाल नेपाल सरकारद्धारा आम किसानहरुले भोगचलन गर्दै आएको आफ्नो निजी स्वामित्वको जग्गा ब्यपारी बर्गमा राखी लाभ कर लिइने गरिएको छ । यसले आम किसानहरु मर्माहित भई रहेका छन् । यसर्थ यथासिघ्र किसानलाई राहत पुग्ने गरि सो लाभ कर लिइने प्रावधान खारेजीको लागि नागरिक समाज नवलपरासीले जोडदार माग गर्दछ । माग सम्बोधन नभएको अवस्थामा नागरिकहरु संघर्षमा उत्रिनु पर्ने समेत जानकारी गराउन चाहन्छौ । त्यसबाट श्रृजना हुने अप्रत्यासित घटनाको जिम्मेवारी स्वम् सरकारले लिइनु पर्ने कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *