रामग्राम स्तुपा भारतमा भएको दुष्प्रचारको खण्डन गर्दै नागरिक समाजले बुझायो प्रधानमन्त्री तथा जिससलाई ध्यानाकर्षणपत्र

नवलपरासी ११ कातिक
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप भारतमा भएको भनेर गरिएको दुष्प्रचार प्रति नागरिक समाज नवलपरासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत शुक्रवार ध्यानाकर्षण पत्र मार्फत ध्यानाकर्षण गराएको हो ।


नवलपरासीको रामग्राम ७ उजैनी स्थित रामग्राम स्तुप ऐतिहासिक,पुरातात्विक,धार्मिक तथा अध्यात्मिक हिसाबले निकै महत्वपुर्ण सम्पदा र विश्वभरिका बुद्ध धर्मावालम्बीहरुको आस्थाको केन्द्र रहेको छ । सो स्तुप सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पत्ता लागेको सन १८९६ लगत्तै डा.डब्लु होयद्धारा दुई बर्ष पछि सन १८९८ मा पत्ता लागेको थियो । राज्यको सबै शतिm केन्द्र लुम्बिनीको विकास तर्फ लाग्दा विकास भई रहेको तर रामग्राम स्तुपको विकास र संरक्षणमा राज्यले ध्यान नदिदा अहिलेसम्म ओझेलमा परेको कुरा स्मरण गराउदै नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जनाए । गत बुद्ध पुर्णिमाको दिन प्रधानमन्त्री प्रचण्ड आफै रामग्राम स्तुपमा पुगेर त्यसको विकास गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
तर अहिले रामग्राम स्तुपा भारतको भुमिमा रहेको भनेर विभिन्न सञ्चार माध्यममा प्रचार भई रहेको हुदा त्यस तर्फ प्रधानमन्त्री तथा नेपाल सरकारको ध्यानाकर्षण गराईको उनले बताएका थिए । विश्व सम्पदा सुचिकृत प्रकृयामा रहेको रामग्राम स्तुपको विकास प्रति नेपाल सरकारको वेवास्ता र भारतमा हुन थालेको दुष्प्रचारले नागरिक समाजमात्रै नभई स्तुपसँग सरोकार राख्ने नेपाल सरकार अन्तरगतका संघ,प्रदेश र स्थानिय सरकार समेतको ध्यानाकर्षण गराएका थिए । भारत उत्तर प्रदेश महराजगंज जिल्ला भित्र स्तुप भएको भारतीय प्रशासनको चाँसो प्रति जिल्ला स्तरबाट खण्डन गर्दै वास्ताविकता प्रति सक्रिय भएर काम गर्न नागरिक समाजले जिल्ला समन्वय समिति(जिसस)लाई पनि ध्यानाकर्षण गराएको थियो ।
जिसस प्रमुख भगौती यादवलाई ध्यानाकर्षणपत्र बुझाउदै सो दुष्प्रचार रोक्नका लागि आवश्यक पहल गर्न समेत समाजका अध्यक्ष सैथवारले आग्रह गरेका थिए । ध्यानाकर्षणपत्रबारे तत्कालै लुम्बिनी विकास कोषसँग पनि समन्वय गरेर महराजगंज जिल्ला अधिकारीसँग भेट गरेर त्यसबार आवश्यक जाँचबुझ गरिने प्रतिवद्धता समेत जिसस प्रमुख यादवले जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *