महेशपुर भन्सारमा मंसिर सम्ममा प्लान्ट क्वारेन्टाईन स्थापना हुने

नवलपरासी,२४ आश्विन
जिल्ला स्थित महेशपुर भन्सार नाकामा बनस्पती(प्लान्ट) क्वारेन्टाईन स्थापना हुने सम्भावना बढेको भन्सार कार्यालयले जनाएको छ । विभागबाट प्राप्त जानकारी अनुसार प्लान्ट क्वारेन्टाईनको अभावमा आउने राजश्वमा कमी र उद्यमी ब्यवसायीको हैरानीलाई मध्यनजर गर्दै विभागले पहल थालेको भन्सार कार्यालयले जनाएको हो ।
स्थायिन उद्योगी ब्यवसायी र राजनीतिक दलबाट पनि सो समस्याबारे पटक पटक अवगत गराउदै माग हुन थाले पछि विभागको ध्यानाकर्षण भई प्लान्ट क्वारेन्टाईन स्थापनाका लागि कार्यदल बनाई प्रकृया अगाडी बढाईने जानकारी आएको भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले जानकारी गराए । स्थायिनको मागबारे भन्सार विभागले भन्सार कार्यालयबाट पनि जानकारी मागेको थियो, उनले भने,उद्योगी ब्यवसायी तथा स्थानिय किसान र दलहरुको माग जायज नै हो भनि जानकारी पठाइयो । सम्भवतः मंसिर तिर प्लान्ट क्वारेन्टाईन स्थापना भई कर्मचारी बस्ने वातावरण विभागले मिलाई दिन्छ । प्लान्ट क्वारेन्टाईनसँग नै खाद्य पदार्थको आयात र निर्यात हुने नाका हो । तर प्लान्ट क्वारेन्टाईन नहुदा त्यसको भन्सार हुन सकिरहेको छैन् । भन्सार नहुदा अवैध रुपमा झोला पोकामा साईकल र मोटरसाईलमा बनस्पती जन्य पदार्थ(तरकारी,खाद्य,दाना लगायत)ंका समाग्रि दैनिक नेपाल भित्रिने गरेका छन् । त्यसबाट मात्रै दैनिक हजारौ रुपिया राजश्व गुमिरहेको छ ।
प्लान्ट क्वारेन्टाईन नहुदा भन्सारले भन्सार काटेर बैधता प्रदान नगरे पनि साना ब्यपारीले दैनिक सयौ साईकल र मोटरसाईलमा समाग्रि अवैध रुपमा भित्रयाउन परेको छ । अवैध आयात गर्दा ब्यपारीलाई नाफा भन्ने कुरा भई रहेको छैन् । अवैध छ,भनेर प्रहरीले राजश्व भन्दा खाजश्व उनीहरुबाट उठाई नै हाल्छन् । प्रहरीलाई रकम बुझाए पनि लुकिछिपि नै मालसमाग्र लैजानु पर्ने बाध्यता रहेको छ । दिनमा एक सय त्यस्ता ब्यपारीले ३ सय देखी ५ सयसम्म मात्र भन्सार बुझाए पनि दैनिक ३० हजार देखी ५० हजार भन्सार संकलन हुन्छ । यसरी मासिक ९ लाख देखी १५ लाखसम्म राजश्व उठन सक्छ । जबकी प्लान्ट क्वारेन्टाईनको कर्मचारीलाई एक महिनाकै राजश्वले तलब सुविधा पुग्न सक्छ । बाकी रकम राजश्वको रुपमा राजकोषमा बचत हुन्छ ।
अहिले प्लान्ट क्वारेन्टाईन स्थापना गर्न भन्सार विभागले चाँसो लिएको जानकारी ब्यतm गर्दै यि कुराबारे भन्सार गम्भिर भएर सोच्नु पर्ने हाटबजार जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीले बताए । गत असार २९ गते नै प्लान्ट क्वारेन्टाईनको माग गर्दै जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव मार्फत भन्सार विभाग तथा सरकारको ध्यानाकर्षण गराएका थिए । प्लान्ट क्वारेन्टाईन नहुदा बनस्पती जन्य मालबस्तुको भन्सार गराउन जिल्लाबासी तथा यो नाका सहज हुने ब्यपारीहरु समेत भैरहवा भन्सार कार्यालयमा भन्सार गराउन जादा प्राथमिकतामा नपर्ने गरेको उनको भनाई थियो । यसले गर्दा रुपन्देही तर्फकै केही सिमित ब्यपारीले मात्र तरकारी फलफूलका भन्सार गराएर बजारमा विक्रि वितरण गर्दा उपभोतmा समेत महगो मुल्यमा खरिद गर्नु परि रहेको छ । सिमित मात्रामा मात्र तरकारीहरु ल्याउनेले तरकारीमा एकाधिकार समेत लगाउन खोजेको आरोप पनि लाग्ने गरेको छ ।
मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन,तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउदै भन्सार हुन सकिरहेको छैन् । यसले गर्दा चोरी पैठारी भई नेपाल भित्रिने तरकारीमा विषादीको मात्रा परिक्षण हुन सकिरहेको छैन् ।
नेपाली उपभोतmा विषादी युतm तरकारी खान बाध्य छन् । भन्सार नहुदा राजस्व ह्रास भई रहेको छ । भन्सार गराएर स सानो ब्यपार ब्यवसाय गर्ने ब्यवसायिले ब्यवसाय गर्न नपाउदा रोजगारीको समेत सृजना हुन सकिरहेको छैन् । हाटबजारमा तरकारी आपुर्ति प्रयाप्त मात्रामा आउन नसक्दा तरकारीको मुल्य पनि अकासिदै जादा उपभोतmा मुल्यवृद्धिको मारमा छन् । यसरी एउटा समान्य क्वारेन्टाईन ब्यवस्थापनका लागि कर्मचारी नराख्दा अबैध तरकारी पैठारी,विषादीयुतm तरकारी खानु पर्ने बाध्यता, राजस्व ह्रास र रोजगारीमा प्रतिकुल असर पर्नुका साथै तरकारीमा मुल्यवृद्धि जस्ता समस्या भई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *