लुम्बिनी प्रदेश साँसद जैसवालको पहलमा जमुनियामा ढल निर्माण

नवलपरासी,२१ आश्विन
बर्षाै देखी ओझेरमा रहेको रामग्राम नगरपालिका १६ जमुनिया गाँउको अब्यवस्थित ढल ब्यवस्थित हुने भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवारको पहलमा सो स्थानको अब्यवस्थित ढललाई ब्यवस्थित गर्न बजेट बिनियोजन गराई ढल निर्माणका लागि पहल गरे पछि ब्यवस्थित ढल बन्ने भएको हो ।


रामग्राम नगरपालिका भित्रै पर्ने भए पनि उतm स्थानमा कसैको ध्यान नजादा अहिलेसम्म अब्यवस्थित रुपमा ढलको पानी बग्दै आएको थियो । अहिले २५ लाख बजेट विनियोजन भएको छ,साँसद कलवारले भने,यसलाई निरन्तरता दिदै लगिने छ । पहिलो गाँउको पानीको निकास गाँउ बाहिरसम्म पुर्याउनु पर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । परासी सदरमुकामको हुलाकी मार्ग अन्तरगत मन्झरिया चोकबाट नन्दन ताल जोड्दै सिमावर्ति पडरीसम्म जाने सडक हो । सोही सडक वरिपरि रहेको जमुनिया गाँउ अहिले बजार उन्मुख भई रहेको छ ।
तर ढल पुर्वाधार समस्याले स्थानियलाई जलनिकासलाई समस्या रहेको थियो । गाँउको ढलको पानी सडक भरि पोखिएर जादा सडक पनि भत्किने र दुर्गन्धित बनाउने गरेको थियो । यो नाला निर्माणका लागि प्रदेश साँसद कलवारको पहल प्रति स्थानिय गाउलेले
आभार समेत ब्यतm गरेका थिए । यसको निरन्तरताको आपेक्षा समेत राखेका थिए । अहिले प्राविधिकहरुले गाँउमा पुगेर नापाजाँच गर्दै छन्,साँसद जैसवालले भने,नापाजाँच पछि लागत स्टिमेट तयार हुन्छ,टेण्डर प्रदेश सरकारले निकाल्छ । यसै बर्ष देखी काम शुरु हुन्छ । यसले स्थानियलाई राहत हुने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *