प्रदेश साँसद जैसवालको पहलमा विसुनपुरा भन्सार नाका सडक उजैनी— चिमनटोला सडक स्तरोन्नतीका लागि नापी हुदै

नवलपरासी,१३ भदौ
तत्कालिन जिल्ला विकास समिति(जिविस)ले मर्मत सम्भार गर्ने जिल्ला स्तरिय उजैनी—चिमनटोलवा सडकको मर्मत सम्भार गराउन लुम्बिनी प्रदेश सरकारले मर्मत गर्न नापी गर्ने कार्य प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालको पहलमा सो सडकको नापा जाँच शुरु भएको हो ।
जिविस खारेजीमा परे देखी अलपत्र अवस्थामा रहेको उतm सडक झण्डै एक दशक पछि मर्मत सम्भार नहुदा जिर्ण सडकबारे ब्यापक विरोध भई रहेको थियो । जिविस खारेजी पछि सो सडक मर्मत सम्भारको जिम्मेवारी कस्को भन्दै गाउपालिका,नगरपालिकाका जनप्रतिनिधि तथा प्रदेश तथा संघिय सँसदलाई पनि स्थानिले प्रश्न गर्न थालेका थिए । यो बर्ष लुम्बिनी प्रदेश सरकारसँग पहल गरेर डेढ करोड बजेट पार्न सफल भएको प्रदेश साँसद जैसवालले बताए । जिविस अन्तरगतका प्रायःदुई वा दुई पालिका जोड्ने सबै सडक प्रदेश सरकारले नै जिम्मेवारी लिनु पर्छ,उनले भने,यसबारे आफुले पटक पटक कुरा उठाए पछि अहिले प्रदेश सरकारले बजेट विनियोजन गरि सडकको मर्मत सम्भारका लागि नाप जाँच शुरु गरेको छ । अब यस्ता सडकको नियमित मर्मत सम्भार,निर्माणका कार्य प्रदेश सरकारले नै गर्ने उनले बताए ।
पहिलो बर्ष यो सडक प्रदेश सरकारले जिम्मेवारी बोध गरि कामको थालनी गरेको छ,उनले थपे,उजैनी चिमनटोलवा सडक भारतको विसुनपुरा जोड्ने लिँक सडक पनि हो । विसुनपुरा छोटी भन्सारबाट उद्योगी ब्यवसायी तथा किसान र उपभोतmाहरु भारत बरगदवा बजारबाट नियमित आवागत हुने सडक पनि हो । पहिला जिविस हुदा नियमित मर्मत सम्भार गर्दै आएको थियो,तर २०७२ सालमा गणतान्त्रिक ब्यवस्था सहितको नयाँ संविधान जारी भए पश्चात जिविस परिवर्तन भई जिल्ला समन्वय समिति(जिसस)मा परिवर्तन भयो । जोसँग अनुगमन गर्नेमा मात्र अधिकार छ,काम गर्ने बजेट कार्यक्रम छैन् । स्वामित्व र पहिचानको अभावका कारण सडक अलपत्र परेको थियो । अहिले लुम्बिनी प्रदेश सरकारले जिम्मेवारी लिएको छ, अब यस सडकको मर्मत सम्भार र स्तरोन्नती नियमित भई नै राख्ने उनले आश्वस्ता पारेका थिए । आफ्नै पहलमा उनले सडकमा काम गर्नका लागि प्राविधिकहरुलाई उपस्थित गराई नापी समेत गराउन थालेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *