नवलपरासी,४ भदौ
जिल्ला पृथ्वी चन्द्र अस्पतालमा अप्रेसनलाई ब्यवस्थित बनाईने योजना अनुसारको काम भई रहेको अस्पतालका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताएका छन् । विशेषज्ञ सहितको सेवा दिदै आएको पृथ्वीचन्द्र अस्पतालमा केही महिना पहिला विर अस्पताल काठमाडौँबाट आएका सर्जन चिकित्सक डा.किरण पाण्डे हाजिर भए पश्चात अस्पतालमा अप्रेसन सेवा ब्यवस्थित हुदै गएको दाबी अध्यक्ष गुप्ताले गरेका हुन् ।
विरामी जाँच,औषधी उपचार र परामर्श सेवा प्रभावकारी रुपमा विगत देखी नै चल्दै आएको भए पनि अप्रेसन(सर्जरी) सेवा प्रभावकारी हुन सकिरहेको थिएन्,उनले भने,तर डा.पाण्डे सर्जरी नै अध्ययन गरि लामो समय विर अस्पतालमा अनुभव लिएका कारण अहिले सर्जरी सेवा सहज सुलभ बन्दै गएको छ । उनकै परामर्शमा सर्जिकल शाखामा ३० लाख भन्दा बढि लगानी गरि सर्जरी उपकरणहरु ब्यवस्थित गरिएका छन् । धेरै जसो विरामीलाई अब सर्जरीका लागि बुटवल भैरहवा जान परिरहेको छैन् । तर अहिले पनि ठूला र जटिल प्रकृतिका सर्जरीका लागि सर्जिकल टिम भित्र विरामी वा अप्रेसन गर्ने भागलाई बेहोस बनाउने(एनेथेसिया) गर्ने विज्ञको अभाव देखिएको छ ।
त्यो सँगै अस्पतालमा आसियु कक्षको आवश्यकता पनि रहेको छ । केही विरामीको अप्रेसन पछि आइसियु भेन्टिलेटर पनि आवश्यक पर्छ । अस्पतालमा आईसियु र भेण्टिलेटर छ,तर सञ्चालनमा ल्याउन सकिएको छैन् । त्यसका लागि पनि दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको आवश्यकता छ । त्यसका लागि अस्पताल ब्यवस्थापनले पहल गरि रहेको उनले बताए । ति विज्ञको पनि खोजी अस्पतालले गरि रहेको बताउदै उनले भने,केही सम्पर्कमा रहेका विज्ञहरुले प्रकृया मिलाई आउने इच्छा देखाउदै छन्,उनी आए पछि ठूलो र जटिल अप्रेसनलाई यसै पृथ्वीचन्द्र अस्पतालमा हुने विश्वास उनले दिलाए ।
उनका अनुसार विगत बर्षमा दैनिक एक सय देखी डेढ सय विरामी आउने अस्पतालमा अहिले अप्रेसन र विशेषज्ञ सहितको सेवा कारण विरामीको संख्या वृद्धि हुदै गएको छ । अहिले दैनिक दुई सय देखी ढाई सय विरामीले अस्पतालबाट सेवा लिई रहेका छन् । लुम्बिनी प्रदेश स्तरको अस्पताल हो,उनले भने,तर पनि नवलपरासी जिल्लाबासीलाई सेवा दिदै आएको हुदा स्थानिय तहबाट सोचे जस्तो सहयोग भई रहेका छैनन् । अस्पतालमा स्थाई चिकित्सक आउने र जाने पुरानै चलन अहिले पनि कायम नै छ । केही चिकित्सक पहुँच पुर्याई आउने र हाजिर हुने तथा अध्ययन विदा भनेर हिड्ने,तालिम भनेर जाने,काज सरुवा भई जाने समस्या यथावत नै छ । छात्रवृतिका चिकित्सकहरु पनि अवधि सकिए पछि फर्कने क्रम पनि उस्तै रहेको छ ।
अस्पतालको आन्तरिक आय वृद्धि गराउन सकियो भन्ने आन्तरिक स्रोतबाट पनि स्थाई प्रकृतिका चिकित्सक राख्न सकियो भने अस्पतालको सेवा प्रभावलाई नियमित एकै प्रकृतिको राख्न सकिने अध्यक्ष गुप्ताले बताए । पुर्वाधारले सम्पन्न हुदै गएको अस्पतालमा अब जनशतिm ब्यवस्थान र निरन्तरताको सुनिश्चिता गराउन सबै सरोकारवाला लाग्नु पर्ने उनले बताए । अस्पतालमा सरकाले नियुतm गरि अध्यक्ष पठाउने बदल्ने कार्य गर्दै आए पनि जो सुकै अध्यक्ष आउदा अस्पतालले दिगो रुपमा लिइएको लक्ष्यलाई पच्छयाउदै काम गर्दै गर्दै गइयो भन्ने अस्पतालको दिर्घकालिन सेवा हुने र निरन्तरता पाउने उनले बताए । अध्यक्ष जो आए पनि जिल्लाबासी नै हुन्छन्,जिल्लाबासीको
स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर ब्यवस्थापन सञ्चालनका कार्य गर्नु पर्ने मान्यता राख्नु पर्ने उनले बताए ।
विच विचमा अस्पतालको सेवाबारे हुदे दुष्प्रचारले विरामीको अविश्वास हुने हुदा अस्पतालका केही कमीकमजोरी देखिए समग्र अस्पतालको सेवा प्रति नै प्रश्न उठाउनु पर्ने मान्यता राख्न हुदैन् । चिकित्सक वा प्रशासनमा बस्ने ब्यतिm नै हुन् । ब्यतिmको आफ्नो पनि केही प्रवृति हुन्छ,सोही अनुसार ब्यवहार देखाई दिन्छन् । तर एउटा ब्यतिmकै कारण अस्पतालको सिस्टमलाई नै बदनाम गराउन नहुने उनको भनाई थियो । अस्पतालका चिकित्सक र कर्मचारी पनि जागिरे मनस्थितीमा बस्ने गर्नु हुदैन्,उनले थपे,अस्पताल सेवा प्रदान गर्ने सस्था हो । अन्य कार्यालय भन्दा यहाँ मान्छे पिडित र दुखी भएर आएका हुन्छन् । दुखी पिडितको सेवा गरेर कर्तब्य पालनासँगै पुण्यलाभको भाव पनि सेवा गर्नु पछ ।