बर्षायाममा डुबान पर्ने गरेको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट अग्लो बनाउन सुझाव

नवलपरासी,२ भदौ
नेपालको बोधगया चिनाउदै प्राचिन अनोमा (गण्डकी) नदी किनारको अनोमाघाट बर्षेनी डुबानमा पर्ने गरेको हुदा सो क्षेत्रको विकास पुर्वाधार बनाउनु पुर्व अग्लो बनाउन आवश्यकता स्थानियले औल्याएका छन् । जिल्लाको सुस्ता ५ स्थित ठाढीघाटले परिचित अनोमाघाट तिन महिनासम्म नदीमा आउने बाढीले डुबान गर्ने हुदा सो स्थान अग्लो बनाउनु पर्ने स्थानिय संजिव शर्माले औल्याएका हुन् ।
उनका अनुसार अनोमाघाट बर्षायाममा डुबानमा पर्ने गरेका छन्,उनले भने, अनोमाघाटमा रहेको बुद्धको मुर्ति तथा अन्य साँधु सन्तहरु बस्ने भवनहरुको वरिपरि पानीले घेर्ने गरेको छ । पानीमा बग्दै आउने सर्प लगायतका किरा फट्याँग्राहरुले ति स्थानमा बस्नेलाई जोखिम देखिन्छ । अनोमाघाट प्रचारमा आए देखी त्यहा बाहिरी पर्यटक तथा अनुसंधानकर्ताहरु आउन थालेका छन्,तर उनीहरुले बस्ने बास स्थान नै शुरक्षित नभए पछि कसरी पर्यटन प्रवद्र्धन हुन सक्छ । प्रचार प्रसार भए पछि पर्यटक तथा तिर्थयात्री आउने गरेका छन्,उनले थपे,तर डुबानमा पर्ने गरेका अनोमाघाटमा ध्यानअभ्यास,स्थान,पुजापाठलाई नै समस्या भएको देख्न सकिन्छ । अनोमाघाट देखी १ सय मिटर दुरीमा घर रहेको शर्माले अनोमाघाटको इतिहास र महत्व जुन आधारले महत्वपुर्ण बनेको छ,सो अनुसार सरकारी स्तरबाट लगानी भएको देखिएको छैन् । गाउपालिकाले गुरुयोजना समेत बनाएको सुनिएको छ,उनले भने,तर गुरुयोजना अन्तरगत हुने कार्यहरु गर्नु पुर्व सो स्थानलाई पुरेर अग्लो बनाउनु पर्ने देखिन्छ । कम्तीमा दुई मिटर नेपाल बाँध बराबरको उचाई वृद्धि गरि मात्र कुनै काम थलिनु दिर्घकालिन हुने उनले बताए ।
तर केही बर्ष पहिला लुम्बिनी प्रदेश सरकारले सोही स्थानमा रंगशाला बनाएको देख्न सकिन्छ,उनले भने, बाढीको बेला ति रंगशाला पनि डुब्ने गरेको छ । खाल्टोमा पुर्वाधार बनाएर मात्रै के गर्ने ? बर्षायाममा जब डुबानको खत्तरा रहेको छ । सिद्धार्थ गौतम गृह त्याग (महाभिनिष्क्रमण) लिई शाक्य राज्यको राजधानी कपिलबस्तुबाट कोलिय राज्य हुदै कोलिय राज्यको पुर्वि सिमामा पुगेका थिए । अनोमा नदी पुर्वको भाग तत्कालिन मगध राज्य अधिनस्त थियो । मगधमा जानका लागि सैनिक अनुमति चाहिएको थियो । तर रातीको बेला कसैलाई जानकारी नदिई गृह त्याग गर्ने सिद्धार्थ पुनः कपिलबस्तु फर्कने मनस्थितीमा थिएनन् । तर विकल्पको रुपमा के थियो भन्ने मगधमा सन्यासीलाई कुनै प्रकारको रोकतोक थिएन ्।
सो विकल्प उनका सारथी छन्नाले सुझाए पछि उनी सन्यास धारण गर्न तयार भए र कपाल मुण्डन गरि सन्यास धारण गरे र मगध तर्फ प्रस्थान गरे । आफ्नो राजषी पोशाक र घोडा कन्टकलाई सारथी छन्ना मार्फत कपिलबस्तु फर्काई दिए । सात बर्षको निरन्तर तपस्या गरे पश्चात उनले बोधगयामा बोधी अर्थात ज्ञान प्राप्त गरे । बोधी प्राप्त गर्ने बोध गयाको प्रस्थान विन्दु अनोमाघाट भएको हुदा नेपालको बोधगया भनेर त्यसलाई सुस्ता गाउपालिकाले बौद्धतिर्थ स्थलको रुपमा विकास गर्न अग्रसर भएको छ । यता स्थानियको सुझाव अनुसार नै अगामी दिनमा काम गरिने प्रतिवद्धता गाउपालिलकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय स्तरमा सस्थागत रुपमा संगठित भई स्थानियले पनि उत्तरदायित्व लिई विकास कार्यमा लाग्न उनले आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *