
नवलपरासी,२ भदौ
जिल्लाको सरावल ५ गडौरी स्थित स्थानिय गाँउकै विद्यालयमा कक्षा १२ सम्मको पढाई गर्नु पर्ने भन्दै स्थानिय अभिभावकहरु जुटेका छन् । स्थानिय महेन्द्र जनता माविका अभिभावकहरु भेला भई यसै बर्ष देखी कक्षा ११ को पठन पाठन शुभारम्भ गर्नु पर्ने भन्दै लागि परेका हुन् ।
पालिका भित्रकै पुरानो विद्यालय भए पनि स्थानिय स्तरबाट विभिन्न कारणबस पहल हुन नसक्दा कक्षा १२ सम्मको पढाई शुरु हुन नसकिरहेको जनाउदै स्थानिय अभिभावकहरुले गाँउकै विद्यालयमा अब सो पढाई गर्नु पर्ने भन्दै छलफलमा जुटेका हुन् । विगत एक दशक देखी कक्षा १० सम्म पठन पाठन हुदै आएको र कक्षा १० पुरा गरि माथिल्लो कक्षाको पढाई पुरा गर्नका लागि टाढा जानु पर्ने बाध्यता हटाउनका लागि अभिभावकहरु जुटेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आलम खाँले बताए । धेरै बर्ष देखी यहाँका तत्कालिन प्रधानाध्यापक र समितिका अध्यक्षहरुले कक्षा थप प्रति चाँसो नदेखाएका कारण १० सम्म मात्र पठन पाठन भई रहेको थियो, उनले भने, यसले गर्दा एसईई परिक्षा पास गरि यस क्षेत्रका छात्रछात्राहरु टाढा जानु पर्ने बाध्यता थियो । अहिले अभिभावकहरुले कक्षा थप गर्नु पर्ने कुरा सठाए पछि अभिभावक भेला गरेको उनले सुनाए ।

विद्यालयमा शिक्षक र कक्षा कोठा ब्यवस्थापन गर्न सकियो भन्ने कक्षा थप्न समस्या नभएको सुनाउदै उनले गाउपालिकाको शिक्षा शाखासँग पनि समन्वय गरि कक्षा थप्नका लागि पहल शुरु भएको बताए । अभिभावकहरु पनि सहयोग गर्न तयार छन्,उनले थपे,तर अभिभावकको सानो सहयोग पनि कक्षा थप गरि त्यसलाई निरन्तरता दिईन जटिल विषय भएको हुदा गाउपालिको सहयोग अति आवश्यक छ । पुर्वाधारहरु लगभग पुग्छ,तर शिक्षक र अन्य ब्यवस्थापन खर्चमा गाउपालिकाको सहयोग नियमित रुपमा चाहिन्छ । यसका लागि गाँउ पालिकाले सहयोग गर्न आवश्यक रहेको अध्यक्ष खाँले जनाए । माध्यमिक तहको शिक्षा अहिले स्थानिय सरकारकै जिम्मेवारीमा रहेको संविधानको एकल सुचिमा रहेको छ । गाउपालिकाले आफ्नो गाउपालिका भित्रका विद्यालयको स्तरोन्नतीसँगै गुणस्तरिय शिक्षालाई पहिलो प्राथमिकता दिदै जानु पर्ने उनको भनाई थियो ।
गाउपालिका भित्र पुर्वाधार विकास मात्रै विकास होईन्,उनले भने,शिक्षा र स्वास्थ्य नागरिकको आधारभुत आवश्यकताको परिपुर्ति गर्नु गाउपालिका सरकारको पहिलो प्राथमिकतामा पर्नु पर्छ । सभ्य नागरिक र स्वस्थ्य नागरिकले मात्रै गाउपालिकाको पुर्वाधार विकासको राम्ररी सदुपयोग गर्न सक्छन् । त्यसका लागि सभ्य नागरिक बनाउन नागरिकलाई सहज र सुलभ उच्च शिक्षा र जनचेतनाले वृद्धि हुन्छ । स्वस्थ्य नागरिकका लागि आधारभुत स्वास्थ्य सेवा पुर्याउनु पर्छ । त्यसका लागि गाउपालिकाले विद्यालय र स्वास्थ्य चौकीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु पर्ने समेत उनले औल्याएका थिए । गाउपालिकाले जसरी सबै स्वास्थ्य चौकीहरुमा प्याथोलोजी सहितको स्वास्थ्य सेवा र बर्थिगँ सेन्टरहरु थपिदै आएको छ । त्यसका लागि चिकित्सक पनि परिचालन गर्दै आएको छ । त्यसै गरि कक्षा १० सम्म पठन पाठन हुने विद्यालयलार्इं कक्षा थप गरि १२ सम्म पुर्याईदिनु पर्छ ।
अहिले शिक्षा पद्यतीमा आधार भुत र माध्यमिक शिक्षा दुई तह तोकेको छ,उनले भने, कक्षा ८ सम्मलाई आधारभुत तह भनिएको छ र कक्षा १२ सम्म माध्यमिक शिक्षा तोकिएको छ । कक्षा १० सम्म अध्यापन हुने विद्यालयलाई कि थपिएका कक्षा ९ र १० बन्द गरेर आधारभुत गराउदा उपयुतm हुन्छ , कि त कक्षा ११ र १२ थपेर माध्यमिक तह पुर्ण बनाउनु पर्छ । यसले गर्दा पनि अभिभावकहरु कक्षा घटाउनु भन्दा कक्षा थप गरेर अध्यापन शुरु
गर्न शुझाव दिएको अध्यक्ष खाँले जनाए । सो विद्यालयमा गाउपालिकाको वार्ड नं.४,५ र ६ गरि तिन वटा वार्डका बालबालिका अध्ययन गर्ने थलो हो ।
१० कक्षा पुरा गरि सो विद्यालयका छात्रछात्रा नजिकको विद्यालय जनता मावि भुजहवा,महेन्द्र जनता मािव सरावल जानु पर्ने बाध्यता छ । त्यस बाहेक छिमेकी पाल्हीनन्दनको कुश्मा र हरपुर,प्रतापपुर गाउपालिकाको आदर्श मावि सेमरी,वर्दघाटको निरकुमावि भटवलिया कि सदरमुकाम परासीका विद्यालयहरुमा जानु पर्ने बाध्यता पनि छ । अहिले छात्र भन्दा छात्राको संख्या धेरै भएको हुदा सामाजिक र सांँस्कृतिक मान्यताका कारण पनि धेरै छात्राहरु आफ्नो घरायसी दवावमा पढाई छाड्नु पर्ने बाध्यता पनि उनले सुनाए । कक्षा थप्न सकियो भन्ने विचमै माध्यमिक शिक्षा पुरा गर्न नसक्ने छात्रालाई राहत पुग्ने अध्यक्ष खाँले बताए । अभिभावक र विद्यालय ब्यवस्थापन समितिको सोच र योजना सकारात्मक भएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । यसका लागि गाउपालिकाबाट के कस्तो सहयोग गर्न सकिन्छ ? त्यसका लागि सम्बन्धित वार्ड अध्यक्ष सहित कार्यपालिका र शिक्षा शाखा बसेर निर्णय लिइने बताएका थिए ।