Health Advertisement

सात बर्षमा पनि सम्पन्न हुन सकेन् हुलाकी राजमार्गकोपरासी — नारायणचोक खण्ड

नवलपरासी, २७ साउन
जिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन नसके पछि जिल्ला समन्वय समिति(जिसस) ले स्थलगत अनुगमन गरेको छन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गर्न थाले पछि जिसस प्रमुख भगौती प्रसाद यादवले सडकमा स्थलगत अवलोकनसँगै हुलाकी परियोजना कार्यालयका प्राविधिकसँग निकासका लागि सम्बाद गरेका हुन् ।
सडकको बिच बिचमा हस्तानन्तरण नहुदै सडक भत्किनु,पुल नजिक कामै नहुनु,स साना कल्भर्टको मर्मत सम्भार नहुनु र ठेकेदारले सडक छेउमा जथाभावि फालेको ग्राभेलले सडक दुर्घटना निम्तयाउने जस्ता समस्या हुलाकी परियोजना कार्यालयका प्राविधिकहरुलाई उनले देखाएका थिए । सडकको यथार्थता सबै सामु पनि छ,प्राविधिक टोलीले भन्यो,ठेक्का तोडियो भन्ने मुद्दा मामिला गर्दै दुई तिन बर्ष वित्न सक्छ,त्यही भएर यसैबाट पनि काम सम्पन्न गराऔं भनेर लागेका छौ । त्यसैको फाईदा उठाउदै ठेकेदारले बदमासी गर्दै आएको समेत प्राविधिकहरुले बताएका थिए । ठेकेदारहरु पनि काम गर्नु भन्दा कानुनी धम्कि र राजनीतिक पहुँच पुर्याउने गर्दा प्राविधिक र कर्मचारी निरिह बन्ने गरेका छन् । त्यसको सास्ती जनताले उठाउन परेको छ ।
कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका छन् । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो । २०७५ फागुन १४ गते भित्र सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने पहिलो म्याद थियो । तर सो म्याद भित्र राजमार्गको कार्य सम्पन्न हुन नसके पछि सरकारले पटक पटक म्याद थप गर्दै आएको छ । कुल २५ करोड १९ लाख ५ सय ५० रुपिया भ्याट सहितको कबोल अंकमा निर्माण कम्पनीले सडक स्तरोन्तीको ठेक्का लिएको थियो,तर अहिलेसम्म सडकले पुर्णता नभएको वर्दघाट नगरपालिकाका दिपक बरालले बताए । ठेकेदार र सरकारसँग के कसरी ठेक्का गर्ने र काम गराउने सहमति हुदो रहेछ,त्यो जनतालाई त थाहा हुदैन ।
अहिले पनि हुलाकी राजमार्गको काम सम्पन्न हुन सकेका छैनन् । धेरै बजारहरुमा र्यालिगँ लगाउने,पुल र कल्भर्टको छेउछाउमा पिच गर्नै बाकी छ । राजमार्गको रामग्राम ८ बैकुण्ठापुर स्थित पुल भत्केको दुई बर्ष भयो,दुई बर्ष देखी डाईभर्सनमा गाडी चल्ने गरेको छ । ति पुलका काम पनि भएका छैनन् ।परासी बजार नजिकैका राजमार्गमा ठूल्ठूला खाल्टाहरु भएका छन् । पटखौली बजार नजिकै पनि राजमार्गमा खाल्टा हुदै गएका छन् । राणाकालिन एक शताब्दी पहिला पुर्व पश्चिम जोड्ने हुलाकी राजमार्ग हो, तर शताब्दी पछि स्तरोन्नती हुने राजमार्गको काम सम्पन्न हुन कम्तीमा दशक लाग्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *