नवलपरासी,२० साउन
विगत सात बर्ष देखी जिल्लाको सुस्ता भुमि जाड्ने झुलगेँपुल निर्माण कार्यलाई तिब्रता दिइएको छ । लामो समय देखी पटक पटक म्याद थप गर्दै पुल निर्माणमा ढिलाई भएकोले पनि अहिले बाढीको बेला भए पनि बाढीमा ढुगाँ लिएर पनि कामदारहरु पुल निर्माणमा जुटेका हुन् ।
पछिल्लो पटक २०८० असार २४ भित्र पुल सकिने गरि सरकारले पुल निर्माणको म्याद थप गरेको थियो । तर विविध कारणले सो पुल निर्माणमा ढिलाई हुदै बेलामा काम सम्पन्न हुन नसके पछि स्थानियले सरकार प्रति आक्रोस समेत ब्यतm गर्दै आएका थिए । तर प्रत्येक बर्ष बर्षायाममा पुल निर्माण कार्य रोकिदै आए पनि अहिले बाढीको बेलामा पनि पुल निर्माणका कार्यले निरन्तरता पाएको स्थानिय रविन्द्र जैसवालले बताए । यसले स्थानियमा आस पनि जगाएको छ,उनले भने,यहिँ गतिमा निर्माण कम्पनीले काम गरिदिएमा हिउँद लाग्नु पहिला देखी पुल सञ्चालनमा आउन सक्छ । पुलको पोलहरु सबै नदीमा गाडिए सकिएको छ,त्यसले गर्दा पनि अबको काम तार झुण्डयाउने भई रहेको छ । यसले पुल निर्माणमा खासै अवरोध देखिएको छैन् । स्थानियले समेत सम्बन्धित निर्माण कम्पनीका कामदारलाई आवश्यक सहयोग समेत गर्दै आएका छन् ।
नेपाल सरकार संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय स्थानिय पुर्वाधार विभागको सस्पेन्सन वृज डिभिजन कार्यालय पुलचोक ललितपुरले काम गराउदै आएको छ । त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुगेँपुल भनि आयोजना बनाई काम भई रहेको छ । कुल १ हजार ५ सय ७१ स्पान रहेको पुलको कुल लागत २९ करोड ४० लाख ७२ हजार ९ सय ६५ रहेको छ । त्रिसुली आश्रय जेभि बालाजु काठमाडौले सो पुलको निर्माण गर्दै आएको छ । पुलको सम्झौता २०७२ साल असोज १५ गते भएको थियो । सम्पन्न गर्नु पर्ने २०७८ चैत ३० म्याद थियो । तर पुलको निर्माण कार्य विच विचमा अवरोध भएका कारणले पनि पुनःम्याद थप भएर २०८० असार २४ गतेसम्म भएको थियो । तर सो मितिमा पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेन । अहिले पुलको निर्माण कार्यलाई निर्माण कम्पनीले काम गरिरहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए ।
पुल निर्माण भए पछि सुस्ता भुमिलाई बास्तविक रुपमा नेपाल भुमिसँग सहज ढंगले जोडिन्छ । पुल बने पछि ढुगाँको भरमा गण्डकी नदी तर्नु पर्ने बाध्यता हट्ने छ । तर पुल झुलगेँ भएका कारण अझै पनि सुस्तामा उत्पादित बस्तुको ढुवानी समस्या जस्तातस्तै रहने देखिन्छ । मात्र ३ सय घरधुरीलाई लक्षित गरि सरकारले झण्डै तिस करोड लगानी गर्नु कम होईन्, उनले भने, प्रति घरधुरीलाई ९ लाख ८० हजार आर्थिक भार भए पनि राज्यले आफ्नो भुमिका नागरिक जोड्ने काम गर्नु ठूलो काम हो । पटक पटक भारतियद्धारा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता भुमिलाई जोड्ने भएकोले यतिको सरकारी लगानी भएको सो क्षेत्रका प्रदेश साँसद समेत रहेका संविधानसभा सदस्य देवकरण कलवारले बताए । सरकारले चाहेका भए त्यही ३ सय घरधुरीलाई १० लाख लगानीको घरजग्गा खरिद गरि उपलब्ध गराउन सक्थ्यो,तर ति सुस्ताबासीले संघर्ष गरि बचाएको भुमि पुनःअतिक्रमण भई गुम्न सक्थ्यो । जुन अहिले पुल निर्माणले सुस्ता र सुस्तेलीलाई बचाउने प्रयास गरेको छ ।
सो झोलुगेँपुल सुस्ता क्षेत्रको आवागमनलाई राहत मात्रै नपुर्याई सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तीका लागि गृह त्याग गरेर अनोमाघाट(ठाढीघाट) पुगेर सन्यास धारण गरि बोधगया तर्फ प्रस्थान गरेको अनोमाघाट पर्यटकिय क्षेत्रका लागि पनि पर्यटन पर्वाधार बनेकोमा समेत उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटलाई अहिले सुस्ता गाउपालिकाले नेपालको बोधगया भनेर धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै आएको छ,साँसद कलवारले भने,यसमा लुम्बिनी प्रदेशले पनि चाँसो लिई काम गर्दै छ । गण्डक,नारायणी,सदानिरा र प्राचिन अनोमा नदी भनेर चिन्ने एउटै पवित्र नदी पनि हो । उतm झोलुगेँपुल निर्माणले नेपाली सुस्ताबासीर्ला मात्रै सहज हुदैन्,सो पुलले भारतिय पर्यटकलाई पनि अनोमाघाटसम्म आउन सहज हुने उनको भनाई थियो ।