१२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भयो ओल्मा काउन्सिल नेपालको पहिलो सम्मेलन तथा मुस्मिलसभा

नवलपरासी,२८ जेठ
ओल्मा काउन्सिल नेपालको पहिलो राष्ट्रिय सम्मेलन तथा मुस्लिमसभाले आफ्नो १२ बुदे घोषणापत्र जारी गर्दै नवलपरासीमा सम्पन्न भएको छ । नेपालका विभिन्न मदरसाहरुमा कार्यरत धर्मगुरु शिक्षक(ओल्मा)हरुको विभिन्न समस्यालाई सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउदै सो सभाले घोषणा जारी गरेको हो ।
नेपाल भरिबाट नै हजार भन्दा बढि ओल्माहरुको सहभागिता रहेको सम्मेलनलाई संघिय संसद प्रतिनिधि सभा सदस्य साँसद विनोद चौधरीले उदघाटन गर्दै नेपाल समावेशी राज्य भई सकेको र अब हरेक धर्मलाई समान अवसर पाउने नेपालको संविधानले नै ग्यारेन्टि गरेको बताएका थिए । अहिलेको यो सम्मेलनले जारी गर्ने घोषणाहरुलाई कार्यान्वयन गराउनमा आफ्नो तर्फबाट कुनै कसर बाकी नरहने दाबी समेत उनले गरेका थिए । मुस्मिल समुदाय पनि नेपालकै नागरिक हुन,राज्य सञ्चालनमा उनीहरुको पनि भुमिका उत्तिकै रहेको छ । नेपाल धर्म निरपेक्ष राज्य समेत रहेको हुदा सबै धार्मिक शिक्षालाई एक दृष्टिकोणले हेर्न आवश्यक रहेको उनले औल्याएका थिए । ओल्माहरुको समस्या निश्चित रुपमा रहेको छ,उनले भने,मदरसाहरु नेपालको नीति कानुन अनुसार मुलधारमा आई सकेको हुदा त्यसमा अध्यापन गराउने ओल्माहरुको सेवा सुविधा पनि समान रुपमा हुनु पर्नेमा उनले जोड दिएका थिए ।
ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसेन मियाले ओल्मा काउन्सिलको पहिलो सम्मेलन मात्रै नभई ओल्माहरुकै पहिलो सम्मेलन हो,अगामी दिनमा यसलाई निरन्तरता दिदै जाने बताएका थिए । कार्यक्रममा जिल्ला मदरसा समन्वय समितिका अध्यक्ष हैदर अलि मोमिनले बैज्ञानिक,प्राविधिक शिक्षासँगै धार्मिक शिक्षाको महत्व पनि उत्तिकै रहेको बताएका थिए । साधारण शिक्षा,बैज्ञानिक र प्राविधिक शिक्षाले जसरी उत्पादन शिल नागरिक उत्पादन गर्छ,त्यसै गरि धार्मिक शिक्षाले समाजमा सभ्यता सिकाउने,नैतिकवान बनाउने,संस्कारित बनाउने र गुणस्तरिय जिवन जिउने कला सिकाउने शिक्षा समेत भएको हुदा इस्लामिक शिक्षा प्रदान गर्ने मदरसा मात्रै नभई हिन्दुका गुरुकुल,बौद्धका गुम्बा परियत्ति शिक्षालाई समेत सरकारले महत्वका साथ प्रोत्साहन गर्नु पर्ने औल्याएका थिए । सम्मेलनमा पुर्व शिक्षा अधिकारी समेत रहेका हाजी अब्दुल रउफले कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
सम्मेलनले जारी गरेका १२ बुदे घोषणापत्रमा संविधानले सुनिश्चित गरेको मुस्लिम समुदायको मौलिक तथा नैसर्गिक अधिकारहरुलाई पुर्ण रुपमा ब्यवहारमा लागु गराउन सम्बन्धित निकायहरुमा समन्वय तथा पहल गर्ने,मुस्लिम समुदायका लागि राजनीतिक,शैक्षिक,धार्मिक,आर्थिक,समाजिक,साँस्कृतिक विकासका लागि विशेष कार्यक्रमहरु तयार गर्ने, विभिन्न धर्म समुदाय बिच धार्मिक सहिष्णुता कायम गर्न,समाजमा शान्ति अमनचयन कायम गराउन समन्वयकारी भुमिका निर्वाह गर्ने,नेपालमा मानिने विभिन्न धर्म तथा समुदायहरुको अवस्था उजागर गर्न अध्ययन तथा अनुसंधान गरि स्थितपत्र तयार गर्ने,समाजिक विकासका लागि तालिम,गोष्ठि,सेमिनार,सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने विभिन्न समुदायको चाडपर्वमा सहयोग भावनाका साथ जुटेर शुभकामना आदानप्रदान गर्दै समाजिक सदभाव र राष्ट्रिय भावना जगाउने,प्राकृतिक आपतविपदका बेला पिडित ब्यतिmहरुका लागि राहत तथा कल्याणकारी कार्यहरु गर्ने ।
यसैगरि नेपालमा रहेका बेवारिसे,टुहुरा,गरिब बालबालिकाहरुलाई शिक्षामा पहुँच पुर्याउन पहल गर्ने र उनीहरुको समस्या समाधानका लागि पहल गर्ने,ओल्माहरुको क्षमता,नेतृत्व,ब्यतिmत्व विकासका लागि क्षमताअभिवृद्धिका कार्यक्रम,विभिन्न सिपमुलक तालिम,अभिमुखीकरण,सचेतनामुलक कार्यक्रम र कानुनी ज्ञानका कार्यक्रमहरु गराउने,मुस्लिम समुदायको धार्मिक स्थल मदरसा,मस्जिद,कब्रिस्थान,इदगाह,दरगाहहरुको संरक्षण र सम्बद्र्धनका लागि काम गर्ने र यि क्षेत्रहरुका देखिएका समस्याहरुको समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने रहेको छ ।
त्यसै गरि उर्दु अरबी भाषाको संरक्षण तथा प्रवद्र्धन गर्न भाषा सम्मेलन,यो भाषामा प्रतियोगिता,बहस गराउनुका साथै यसै भाषामा पालिकाहरु भित्र भाषा सिकाउने कोचिगँ सेन्टरहरु स्थापना गर्ने,मस्लिम महिलाहरुलाई राजनीतिक,सामाजिक,कानुनी ब्यवस्थाका बारेमा सचेतना गराउदै निजहरुको सशतिmकरणका लागि विशेष कार्यक्रमहरु तयार गरि सञ्चालन गर्ने,पालिका पालिकामा उच्च माध्यमिक मदरसा विद्यालय,जिल्लामा स्नातक र लुम्बिनी तथा मधेश प्रदेशमा एउटा मुस्लिम विश्वविद्यालयको स्थापना गराउन सम्बन्धित निकायहरुमा पहल गर्ने रहेको छ ।

2 Comments

  • You actually make it appear really easy together
    with your presentation but I to find this topic to be actually one thing that I believe I might by no means understand.
    It seems too complex and very large for me.
    I’m having a look forward for your next post, I will try
    to get the grasp of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *