नवलपरासी,६ जेठ
भारतिय पर्यटकलाई नेपालका शुरक्षाकर्मीले टेरेरिष्टको रुपमा नहेरी टुरिष्टको रुपमा हेर्न लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले आग्रह गरेका छन् । रिपोटर्स क्लकद्धारा परासीमा आयोजित शुसासनका लागि साक्षरता कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेश सरकारको सहयोगमा रिपोर्टस क्लब अफ नेपाल लुम्बिनी प्रदेश कार्यालयले आयोजना गरेको उतm कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सन्तोष पाण्डेले लुम्बिनी प्रदेशको समृद्धि पर्यटन विकासले सम्भावना बोकेको हुदा भारतबाट आउने पर्यटकलाई नेपालका शुरक्षाकर्मीले टुरिष्टको सम्मान भन्दा टेरेरिष्ट जस्तो अपराधी नजरियाले हेर्ने गरेको बताएका हुन् । रकम दिनु लिनु मात्रै भ्रष्टाचार नभई आम जनता तथा अतिथीसँग गरिने दुब्र्यवहार पनि कुशासनकै पुनरावृद्धि भएको हुदा त्यस प्रति शुरक्षा निकायले ब्यवहार परिवर्तन गर्न समेत आग्रह गरेका थिए ।
नीतिगत रुपमा नै अन्य विदेशीको हकमा नेपाल सरकारले ५ हजार डलर खर्च गर्न पाउने र भारतिय पर्यटकलाई रु २५ हजार भारुसम्म मात्र खर्च गर्न पाउने मापदण्ड तोकिनु पनि नीतिगत भ्रष्टाचार भएको औल्याए । पर्यटक पर्यटक हुन,उनले भने,शुरक्षाकर्मीको काम टेरेरिष्ट रोक्ने हो,टुरिष्ट रोक्ने होईन् । यसले राष्ट्रिय आयमा असर गर्ने गर्छ । सरकारले पनि अन्य विदेशी जस्तै भारतिय पर्यटकलाई पनि सम्मानको वातावरण दिनु पर्ने बताए । भारतिय पर्यटकलाई पनि दुई देखी चार लाखसम्म खर्च गर्ने वातावरण नेपालमा दिनु पर्छ । कार्यक्रममा विशेष अथिती जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले जिसस सेतो हाती जस्तै सरकारले पाल्नका लागि मात्र नराखेर काम गर्नका लागि साधन स्रोतको ब्यवस्था गर्न आग्रह गरेका थिए । अनुगमनको अधिकार दिईने तर अनुगमनका लागि बार्षिक ३ लाख रकम पठाउने गर्दा कसरी अनुगमन गर्दै शुसासन प्रवद्र्धनमा काम गर्न सक्छ ? प्रश्न गर्दै उनले मन्त्री पाण्डेसँग गण्डकी प्रदेशले जिससलाई चालिस लाख अनुगमन खर्च पठाउने प्रस्ताव गरेको छ,लुम्बिनी प्रदेशले पनि सो बराबार वा सो भन्दा बढि रकम पठाउन आग्रह गरेका थिए ।
कार्यक्रममा प्रहरी र प्रशासनकै आडमा भ्रष्टाचार मौलाएको आरोप लगाएका थिए । नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिँह सैथवारले राती ट्रकका ट्रक माल छिर्दा सुइको नपाउने प्रहरी दिनमा किसान र उपभोतmाले दैनिक उपभोग्यका समान समाते कार्यमा तल्लिन रहेको बताए । पुर्वपश्चिम राजमार्गमा तस्करको मालसमान समातिन्छ,भन्ने सिमा क्षेत्रमा प्रहरीले के गर्दै बसेको हुन्छ ? उनले प्रश्न गरेका थिए । प्रहरी र प्रशासनले जनताको सेवा भन्दा तस्कर र माफियाहरुको काम गर्ने गरेको बतmाहरुले बताएका थिए । ठूला तस्करले राजनीतिक नेतृत्व र ठूला तस्करसँग साँठगाँठ गरि तस्करी गराउने र अन्य जनतालाई उपभोग्य बस्तु ल्याउन नदिई उनीहरुको बजार वृद्धि गराउने कार्य पनि प्रहरीकै रहेकोमा बोल्ने बतmाहरुले आक्रोस पोखेका थिए । लैगिँक विभेदका अवस्था पनि उस्तै रहेको बताउदै महिला र पुरुषमा महिला पिडित भयो भन्ने महिलाको जाहेरी नलिइने,दलित र गैरदलित विच गैरदलित पिडित भए दलितको जाहेरी दरखास्त पनि प्रहरीले दर्ता नगर्ने जस्ता घटना जिल्लामा ब्यापक रहेको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभाका पुर्व सदस्य साँसद रामलखन हरिजनले संविधान र कानुनले दलित तथा गरिबलाई निशुल्क माध्यमिक शिक्षाको ग्यारेन्टि गरेको तर खुलेयाम सामुदायिक विद्यालयले शुल्क उठाउने गरेको र त्यसमा स्थानिय निकायका जनप्रतिनिधिहरु मुखदर्शक बनेको बताएका थिए । उनले शुल्क लिइएको विद्यालयको रसिद नै देखाउदै भने,संविधान र कानुनको धज्जि उठाउने कार्य स्थानिय तहका जनप्रतिनिधिले नै गरिरहेका छन्,के संविधानको कार्यान्वय र परिपालना गर्नु उनीहरुको दायित्व होईन ? भनि प्रश्न गरेका थिए । स्थानिय तहका सबै योजना आयोजना सेटिगँ र कोटेसनमा चल्ने गरेको पनि कुरा उठाइएको थियो,सेटिगँ मिल्यो भन्ने काठमाडौ जिल्ला बाहिरका फर्म र र्संस्थाहरुले काम गर्दै आएका छन्,सेटिगँ मिलेन भन्ने स्थानियका फाईल महिनौ पालिकामा थन्किने गरेका छन् । विभिन्न बहानामा त्यसलाई हटाउने कार्य स्थानिय तहबाट हुने गरेका छन् । शुसासन ल्याउन कानुन भन्दा ब्यवहार र विचार परिवर्तन हुन आवश्यक रहेको बताइएको थियो । कार्यक्रम तोकिएकै समयमा शुरु गरि तोकिएकै समयमा समापत गरिएको क्बलका प्रदेश प्रमुख रामकुमार क्षेत्रीले बताएका थिए । सयममा पनि भ्रष्टाचार नहोस भनेर यस्तो संस्कृतिको विकास गर्न खोजिएको उनको भनाई थियो ।