सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम

नवलपरासी,१९ बैशाख,
जिल्लाको सुस्ता गाउपालिकाले शैक्षिक सुधारका अभियान अन्तरगत सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत नै गाउपालिका भित्रका सामुदायिक तथा मदरसाका शिक्षकहरुलाई ४० दिने आधारभुत तालिम सञ्चालन गरेको हो ।
शैक्षिक क्षेत्रको गुणस्तर सुधारका कार्यक्रम गर्दै आएको सुस्ता गाउपालिकाले सुचना प्रविधिको उपयोग गर्नका लागि पनि आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्ने आवश्यकता महशुस गरि सो तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिलेको युग सुचना प्रविधिको युग हो,उनले भने,युग अनुसार नै आफुलाई अपडेट हुनु पर्ने मान्यता अनुसार सबै शिक्षकले पनि आफ्नो कम्प्युटर सम्बन्धि सिप तथा क्षमता विकास गर्न आवश्यक छ । शिक्षकहरुको माग पनि विगत देखी नै रहेको हुदा अहिले सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको उनको भनाई थियो ।
आधार भुत कम्प्युटर तालिममा माइक्रोसफ्ट अन्तरगत वर्ड,एक्सल,पावरप्वाईन्ट र इन्टरनेट अन्तगर जिमेलको प्रयोग,गुगलको सर्च इन्जिनको शिक्षण सिकाईमा प्रयोग लगायत शैक्षिक सुचना ब्यवस्थापन प्रणाली(इमिस)को प्रयोगबारे तालिममा सिकाउने कार्य भएको थियो । कम्प्युटर तालिम लिई सके पछि निश्चित रुपमा नियमित रुपमा इमिसको उपडेट गर्ने कार्य हुन्छ,उनले थपे,सबै शिक्षकलाई नै कम्प्युटर तालिम दिलाइएको हुदा कम्प्युटर सम्बन्धि केही समस्या भयो भन्ने मलाई आउदैन,म जान्दैन भन्ने बाहानबाजी अब शिक्षकहरुले पक्कै गर्नु हुने छैन्,मलाई विश्वास छ,कम्प्युटर तालिममा सक्रिय सहभागि भई अधितmम ज्ञान र शिप सिक्नु भएको छ ।


सो ज्ञान र सिपको परिणाम अबको शैक्षिक सत्र देखी नै देखाउनु पर्ने चुनौती पनि शिक्षकहरुलाई भएको प्रशासयिक अधिकृत पौडेलले बताए । कम्प्युटर र सुचना प्रविधि एक आफैमा ज्ञानको भण्डार रहेको छ । सो ज्ञानको सागरमा आफु पनि डुबुल्की लगाउने र विद्यार्थीलाई पनि सो ब्यवहार सिकाउने कार्यमा दक्षता तालिमले दिइएको छ । आधारभुत तालिमको अधिक्तम प्रयोग र उपयोग गर्नु पर्छ,उनले थपे,थप एडवान्स तालिमको आवश्यकता परे गाउपालिकाले अगामी दिनमा सबै शिक्षकलाई सो तालिम दिलाउने छ । तर अहिलेको आधारभुत तालिमको ज्ञान र सिप ब्यवहारिक रुपमा शिक्षण सिकाईमा देखाउनु पर्छ । जनप्रतिनिधि र अभिभावकको समेत विश्वास जित्दै विद्यार्थीहरुमा उत्साह जगाउनु पर्छ । उनका अनुसार कतिपय विद्यालयमा कम्प्युटरट प्रयोगशाला बनेको बर्षाै भई सकेको थियो,तर प्रयोगमा आउन सकेको थिएन् ।
कम्प्युटर अपरेटरले काम गरिदिएनन भन्ने जस्ता गुनासा पनि शिक्षकबाट आउने गरेको थियो । अहिले यो आधार भुत तालिमले ति गुनासालाई हटाउने छ । यदि अबको गुनासो होला भन्ने एडवान्स कम्प्युटर तािलमको रहने छ । त्यसका लागि पनि गाउपालिका शिक्षा शाखाले योजना बनाएर प्रस्तुत गर्यो भन्ने सो योजनालाई पनि गाउपालिकाको गाउसभाले सम्बोधन गर्न सक्ने छ । तर आधार भुत ज्ञान र सिपको प्रयोग यहिँ शैक्षिक सत्र देखी देखिनु पर्छ । यसको नियमित अनुगमन गर्ने जिम्मेवारी शिक्षा शाखा र शिक्षासँग सम्बन्धित गाउ शिक्षा समितिको रहने प्रमुख प्रशासकिय अधिकृतले बताए ।
सुचना प्रविधिको शिक्षण सिकाईमा अधितmम प्रयोग होस शिक्षक र विद्यार्थी त्यसको उपयोग गरेर शैक्षिक गुणस्तरमा स्तरवृद्धि गर्नु पर्ने चुनौती पनि अबको दिनमा थपिएको छ । गाउपालिकाले आफ्नो शैक्षिक प्रोफाईल समेत डिजिटल रुपमा बनाएको छ,उनले भने,अब विद्यालयलाई पनि पुर्ण रुपमा डिजिटलाईज गर्दै लैजानका लागि शिक्षकहरु अग्रसर हुनु पर्छ । विद्यार्थीलाई आफुले पाएको आधार भुत कम्प्युटर ज्ञान र सिप पनि सिकाउदै लग्नु पर्छ । यसले शिक्षण सिकाईमा उत्साह थपिने छ । जिल्ला भरिका केही पालिकामा शिक्षकलाई प्रअलाई कम्प्युटर तालिमहरु सञ्चालन गरिए पनि सबै शिक्षकलाई एकै पटक एकै प्रकारको तालिम प्रदान गर्ने सम्भवतः सुस्ता गाउपालिका पहिलो भएको दाबी गाउपालिका शिक्षा शाखा प्रमुख चन्द्र ठाढा मगरले बताए ।
गाउपालिकाले शिक्षा शाखाका कार्यक्रमलाई नै प्राथमिकतामा राखेर विभिन्न कार्यहरु गर्दै आएको छ,उनले भने, शिक्षकलाई कम्प्युटर तालिम मात्रै होईन,अभिभावकलाई पनि विद्यालय,बालबालिका र शिक्षक प्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थियो । अगामी दिनमा पनि अभिभावक शिक्षालाई निरन्तरता दिईने गाउपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले आश्वासन दिएको उनले बताए । उनका अनुसार गाउपालिकामा कुल १७ वटा सामुदायिक र ८ वटा धार्मिक विद्यालय रहेका छन् । सामुदाकिय तथा धार्मिक विद्यालयमा कुल २ सय११ जना शिक्षक रहेका छन् । विभिन्न चार स्थानमा तालिम केन्द्र तोकेर शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *