नवलपरासी,७ बैशाख
आफ्नो निर्वाचन क्षेत्रबाट विभिन्न योजना छनौट गरि प्राथमिकीकरण गरेर संघिय सरकारमा पेश गर्ने जानकारी नवलपरासी संघिय सँसद प्रतिनिधीसभा सदस्य(सँसदिय) क्षेत्र १ का साँसद विनोद चौधरीले बताएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार भेटघाट तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरु समक्ष उनले सो जानकारी गराएका हुन् ।
आफ्नो क्षेत्रबाट प्रत्येक वार्ड,पालिका र क्षेत्रिय तथा जिल्ला स्तरलाई छुने खालका १ सय २ वटा योजना छनौट भएको जस्मा १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना रहेको उनले बताएका थिए । आफु निर्वाचित भए देखी नै प्रत्येक महिनामा तिन देखी एक साता बसेर स्थानियको समस्या बुझ्ने र कुन निकायबाट कसरी समस्या समाधान गर्ने निष्कर्ष निकाल्दै आएको कार्यलाई निरन्तरता दिदै आएका छन् । आफ्ना सचिवालयका कर्मचारीलाईै नियमित परिचालन गरेर विभिन्न समस्याको खोजी नीति गर्ने र समाधानका हल निकाल्नका लागि नियमित रुपमा जिल्ला स्थित प्रजिअ,शुरक्षा निकायका प्रतिनिधि,विभिन्न सरकारी कार्यालय,योजना परियोजनाका प्रतिनिधिहरुलाई समेत सामुहिक छलफल चलाउदै जादा काममा कृयाशिलता भएको महशुस सम्बन्धित सरकारी निकायले पनि गर्न थालेका छन् । यसको प्रत्यक्ष रुपमा फाईदा पुग्न गरेको छ,निकासका लागि पनि को को जिम्मेवार हो ? भन्ने पनि पहिचान हुदा समन्वय गरेर काम गर्न सहजता भएको जिससमा उपस्थित सरोकारवालाले बताएका थिए ।
नेपालकै आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको पुर्व पश्चिम महेन्द्र लोकमार्गको बुटवल नारायणघाट खण्डको कामले पनि तिब्रता पाएको निर्माण कम्पनी चाईना कन्ट्रक्सनका प्रतिनिधिले जानकारी गराएका थिए । विगतमा गति लिन नसकेको तर अहिले यस्तो बेला बेलामा हुने बैठकले काममा सहजीकरण हुदै जादा कामको गतिमा वृद्धि भएको बताएका थिए । चार महिना भित्रै १० प्रति कार्य प्रगति बढेको छ,निर्माण कम्पनीका प्रतिनिधिले भने,यस्तै सहज ढंगले सहजीकरण भई राख्यो भने १८ महिना भित्रै काम सम्पन्न हन्छ । कम्पनीले काम गर्दा देखी नै सहयोग भन्दा अवरोध नै धेरै भई राख्यो,उनले भनेका थिए,तर अहिले साँसद चौधरीले नियमित सरोकारवाला र स्थानिय तहका जनप्रतिनिधिलाई सँगै बसालेर छलफल गर्दा कामले गति लिएको हो ।
यसै गरि गण्डक क्षेत्रको काममा पनि उल्लेख्य उपलब्धी हासिल भई रहेको समेत नेपाल गण्डक सिचाई प्रणाली ब्यवस्थापन कार्यालय प्रमुख रनधिर शाहले जानकारी गराएका थिए । गण्डक नहरमा सधै भरि प्रयाप्त पानी प्रवाह गराई नियमित रुपमा सतही सिचाई पुर्याउनका लागि सेटल बेसिन(बालुवा छान्ने पोखरी)को निर्माण भई रहेको छ । नहरलाई पनि पक्कि बनाउने कार्य भई रहेको छ । शाखा र प्रशाखा नहरको पनि सरसफाई भई रहेको छ । नेपाल गण्डक अन्तरगत नै रहेको पिपरपाती प्रसौनी सिचाई प्रणाली सहित १ हजार हेक्टर सिचाई गर्दै आएको नहरको क्षमता वृद्धि गरि १७ हजार हेक्टरमा सिचाई सुविधा पुर्याउने कार्यका लागि पुर्वाधार निर्माणका कार्य भई रहेका छन् ।
यसै गतिमा काम भई रह्यो,कुनै बाधा अवरोध नआएको खण्डमा तिन बर्ष भित्रै त्यो लक्ष्य प्राप्त गनै सक्ने उनले आशा ब्यतm गरेका थिए । गण्डकमा भई रहेको काम प्रति साँसद चौधरीले सन्तुष्टि ब्यतm गरेका थिए । गण्डकलाई फुल फेजमा सञ्चालनका लागि आफु साँसदको हैसियतले कहाँ के गुर्न पर्छ ? ति सबै कार्य आफु पुरा गर्न तयार रहेको प्रतिवद्धता सुनाउदै उनले नेपाल सरकारसँगै आवश्यक परेमा भारत सरकारसँग पनि प्रधानमन्त्री मार्फत सो कुराका लागि आफुले सधै पहल गरिरहने बताएका थिए । तर उनले हुलाकी राजमार्गको प्रगति प्रति असन्तुष्टि ब्यतm गरेका थिए । अझै पनि सम्बन्धित ठेकेदार वास्तविका कारण पहिचान गरि सामुहिक छलफलमा नल्याउदा समस्या भई रहेको उनको भनाई थियो ।
त्यसै गरि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पनि केरा खेती लगायनका उत्पादन जोनको वास्तविक समस्याको समाधान निकाल्न नसकेको बताउदै त्यसका लागि सम्बन्धित निकायले समस्या,समस्याका कारण र निराकरणका योजना सहित आर्को महिनाको बैठकमा प्रस्तुत हुन आग्रह गरेका थिए । डुबानका कारण बनेका झरही,धनेवा,खजुरा खोला लगायतका खोलाको सफाई,तटबन्धनबारे पनि उनले जिज्ञासा राख्दा गण्डक सिचाई ब्यवस्थापन कार्यालयले आफ्नो जिम्मेवारीमा नपरेको र त्यसको काम लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालयले गर्दै आएको जानकारी गराएका थिए ।
सिचाई डिभिजन कार्यालयका प्रतिनिधिले त्यसबारे ठोस जवाफ नदिएका कारण आर्को बैठकमा योजना सहित प्रस्तुत हुन समेत साँसद चौधरीले आग्रह गर्दै जिल्लाको डुबान प्रति सरोकारवाला कार्यालय गम्भिर हुन निर्देशन समेत दिदै भने,डुबान प्रति सबै सरकारी निकाय गम्भिर हुनुस,होईन भन्ने हामी जनप्रतिनिधिलाई पनि ठिक हुदैन,तपाईहरुलाई पनि ठिक हुदैन् । जनताले माफ गर्ने वाला छैन् । जनता प्रति जवाफ देहिता जनप्रतिनिधि र सरकारी निकायकै हो ।
Really good information can be found on weblog.Money from blog