विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’

नवलपरासी,३० चैत्र
नगरपालिका भित्र नयाँ नया अभियान सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले दुई वटा अभियान थप गरेको छ । विगत केही महिन देखी नगरक्षेत्रमा चल्दै आएको मुख्य १० अभियानमा वृद्धि गरि दुई वटा अभियान थपिएको हो ।
कुनै पनि कार्यक्रम अभियान मुखी रुपमा सञ्चालन गर्दा कार्यक्रम प्रभावकारी हुदै गरेकोले अभियानको रुपमा सञ्चालन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । अभियानको रुपमा घोषणा गरिए पछि सम्बन्धित सरोकारवाला शाखा,जनप्रतिनिधि तथा नागरिकहरुले पनि आफ्नो दायित्वबोध गर्ने गरेको उनले आफ्नो अनुभव सुनाए । बजेट खर्चने र डकुमेण्टटेसन गर्ने उदेश्य राखेर कार्यक्रम गर्ने हुदा त्यस प्रति सहभागिहरुलाई मात्र जानकारी हुन्छ,उनले भने,तर त्यही कार्यक्रमलाई निरन्तताका लागि अभियानको रुपमा घोषणा गर्ने,निरन्तर फ्लो गर्ने कार्य गरियो भन्ने ति कार्य दिर्घाकालिन रुपमा जनमानसमा प्रभाव पार्ने गरेको छ । प्रमुख प्रशासकिय अधिकृत सापकोटाका अनुसार केही दिन पहिला उज्ज्यालो वर्दघाट भनेर सबै पोलका बत्ति मर्मत गराउने र नयाँ आवश्यक स्थानमा पोलको बत्ति थप्ने कार्यको थालनि भएको छ ।
त्यसका लागि विद्युत पोल पोलको विग्रेका बत्तिको मर्मत गर्ने कार्य भई रहेको छ । स्थानियको माग अनुसार सडक बत्ति थप्ने कार्य पनि भई रहेको छ । जनताको काम हो,जनताका लागि हो,उनले भने,यसले गर्दा वर्दघाटका नागरिक पनि काम गर्न र नगरपालिकालाई सहयोग गर्नमा उत्साही देखिएका छन् । जनताले साथ दिएका कारण नगरपालिकाका कर्मचारीलाई पनि काम गर्न सहज भएको छ । विद्यालयमा बालबालिका परिचालित गरि ‘ हाम्रो विद्यालयको सुन्दरता सरसफाईका लागि हरेक दिन मेरो दुई मिनेट’ अभियानले विद्यालय सुन्दर,हराभार र चिटिक्क बनाएको छ । अहिले त्यस पछि विद्यालय केन्द्रित नै आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान शुभारम्भ गरिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । यसले विद्यालयमा शैक्षिक सुधारका कार्यलाई वृद्धि गर्नेमा विश्वास लिएका छौ,उनले भने,यसलाई पनि सबै शिक्षक,विद्यार्थी,अभिभावकले अपनत्व ग्रहण गरि काम गर्ने छन् ।
यो भन्दा पहिला सडक बत्ति ब्यवस्थापन अभियान,फोहोर बर्गिकरण अभियान,राजस्व परिचालन अभियान,ब्यवसाय दर्ता अभियान,नगर सफाई र हरियाली प्रवद्र्धन अभियान,सार्वजनिक जग्गा संरक्षण अभियान,छाडा पशु ब्यवस्थापन अभियान,वित्तिय साक्षरता प्रवद्र्धन अभियान,सेवा प्रवाहमा सरलिकृत गर्ने(नक्सापास एकिकृत घुम्ति सेवा) अभियान र रोजगारी प्रवद्र्धन (सामी र प्रधानमन्त्री रोजगार कार्यक्रम सहित)को अभियान सञ्चालनमा ल्याइएको छ । यि सबै अभियानलाई वार्ड र टोल तहसम्म पुर्याइएको बताउदै उनले यसको प्रभाव पनि नगरपालिकामा हेर्न सकिने अवस्थामा पुगेको छ । आफुलाई प्रशासकिय अधिकृत भन्दा एक अभियन्ताको रुपमा चिनाउने र जनता र जनप्रतिनिधिसँग मिलेर काम गर्न रुचाउने प्रमुख प्रशासकिय अधिकृतले वर्दघाटमा नयाँ नयाँ अभियानले जनमानसमा पनि उत्साह बढाएको स्थानियबासीले बताएका छन् । कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ,स्थानिय कमल परियारले भने,अभियानले सबै नगरबासीको हौसला वृद्धि गरेको छ,बाहिर पनि सकारात्मक प्रशंसा हुदा नगरबासीमा गौरव पनि महशुस भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *