नवलपरासी,२८ चैत्र
जिल्लाको सुनवल नगरपालिका भित्र करोडौ बजेट बराबरको सामुदायिक भवन बनाउने योजनामा खर्चिने गरे पनि नगरपालिका भित्र लुम्बिनी चिनी कारखाना वरिपरी दर्जनौ भवनको प्रयोग नहुदा अलपत्र रहेका छन् । ति भवनको उपयोग र प्रयोग गर्ने गरि नगरपालिकाले पनि योजना बनाउन नसक्दा एका तिर भवन अलपत्र हुने आर्को तिर विभिन्न सामुदायिक भवनमा करोडौ खर्च हुने गरेका हुन् ।
नेपाल सरकारलाई चिनिया सरकारले अनुदानमा २०४२ सालमै चिनी उद्योग स्थापना गर्ने क्रममा कारखानामा काम गर्ने मजदुरहरुको आवासका लागि डेढ दर्जन भवन बनाइ दिएको थियो । मजदुरका बालबालिकाका पढनका लागि लुम्बिनी आवासिय विद्यालय समेत स्थापना गरिदिएको थियो । आवासिय रुपमा मजदुर बस्ने,कारखानामा काम गर्ने र तिनीहरुका बालबालिकाहरु कारखाना नजिकै पढन पाउने गरि ब्यवस्थित कारखानाको स्थापना गरि सञ्चालन समेत गराएर नेपाल सरकारलाई जिम्मेवारी चाइना सरकारले सुम्पेको थियो । तर पछिल्लो दिनमा नेपालका नालायक नेतृत्वले उचित ब्यवस्थापन गर्न नसक्दा कारखाना निरन्तर घाटामा जादै गर्दा २०६२ सालमा तत्कालिन शाही सरकारले सो कारखानालाई निजीकरण गर्ने निर्णय गरेको थियो । निजीकरण पछि पनि लुम्बिनी आवासिय विद्यालय गुठीको रुपमा सञ्चालनमा छ,तर आवासिय भवनहरु अलपत्र अवस्थामा छ ।
कारखाना निजीकरण गर्दा त्यहा रहेका भवनहरुको समेत नियन्त्रण,सञ्चालन र ब्यवस्थापनको जिम्मेवारी निजी कम्पनीको जिम्मा गयो । साढे ८ सय मजदुरले काम गर्ने उतm चिनी कारखाना पछि निजी कम्पनीले डेढ दुई सय मजदुर राखेर सञ्चालन गर्न थाले पछि ति आवास भवनहरु अलपत्र पर्दै गएको स्थानिय बासीले बताए । भवनको जिम्मेवारी निजी कम्पनीको जिम्मामा गए पनि ति भवन र जग्गा भने विक्रि भई पुर्ण स्वामित्वमा नगएको हुदा ति भवनको उचित प्रयोगका लागि सुनवल नगरपालिकाले समेत योजना बनाई सरकारसँग पहल गर्न सक्ने स्थानिय बुद्धिजिवि दिपक ढकालले बताए । एका तिर भौतिक पुर्वाधार प्रयोग विहिन भई जिर्ण हुदै जानु र आर्को तिर नगरपालिकाले विभिन्न सामुदायिक भवनको नाममा बजेट खर्चिनु दुर्भाग्यपुर्ण छ । यस्तो भवनलाई पनि सहि सदुपयोग गराउनु पर्ने उनको भनाई थियो ।
नयाँ नयाँ सामुदायिक भवनमा बजेट खर्चनु भन्दा ति भवन सामुदायिक संघसस्थाहरु वा नगरपालिकाकै विभिन्न शाखा,कार्यदल बनाई जिम्मा लगाउन सकिन्छ,उनले भने,सामुदायिक भवनमा खर्चिने बजेट विद्यालय,स्वास्थय चौकी,कृषि आदी क्षेत्रमा खर्च गर्न सकिन्छ,तर त्यस तर्फ ध्यान नगएको उनले बताए । नगरपालिकाले त्यस्ता भवनको पनि उचित सदुपयोग गर्नु पर्ने उनले सुझाव दिएका थिए । अलपत्र भवनहरुबारे सुनवल नगरपालिकाले सदुपयोगका लागि रणनीति बनाएको सुनवल नगरपालिकाकी नगरप्रमुख (मेयर) विमला अर्यालले बताईन् । भवन पुरानो हो,तर पनि मर्मत सम्भार गरि त्यसलाई उपयोग गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित कम्पनीसँग कुरा कानी चलिरहेको उनको भनाई थियो । ति भवनहरु भएकै क्षेत्रमा नगरपालिकाको आफ्नै निजी प्रशासनिक भवन निर्माणाधिन छ । ति भवनको कार्यसम्पन्न भए पछि नगरपालिका सोही क्षेत्रमा सर्नेछ,उनले भनिन,ति भवनहरुलाई कर्मचारी आवासको रुपमा पनि प्रयोग गर्न सक्ने गरि नगरपालिकाले सोच बनाएको छ । छ्ट्टिै यसको टुगाँे लगाउने उनको भनाई थियो ।