बजार सुन्दर सफा बनाउन विद्युत पोलमा देखिने केबुल तारका गुजुल्टा हटाउदै वर्दघाट नगरपालिका

नवलपरासी,२५ चैत्र
जिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटका विभिन्न बजारमा अब्यवस्थित रुपमा रहेका इन्टरनेट,केबुल,टलिकल लगायतका तारहरु पोलमा ब्यवस्थित गर्न अग्रसरता देखाएको छ । पटक पटक नगरपालिकाले ति तारहरु ब्यवस्थित गर्न सम्बन्धित संस्था र कार्यालयहरुलाई आग्रह गर्दा पनि अटेरी गर्न थाले पछि आफ्नै नगर प्रहरी खटाएर ब्यवस्थापनमा जुटेको हो ।
तारको गुजुल्टोले नगरका बजारहरु फोहोर देखिन थालेको हुदा त्यसलाई ब्यवस्थापकिय जिम्मेवारी लिई ब्यवस्थापन गर्ने कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । तारको गुजुल्टोबारे बेला बेला सार्वजनिक सुनुवाईमा पनि नागरिकले कुरा उठाउदै आएका थिए,उनले भने, तार ब्यवस्थित गर्नका लागि ६ महिना पहिला देखी नै पटक पटक लिखित पत्राचार गर्ने कार्य पनि भएको थियो । सम्बन्धित संघसस्थालाई नगरपालिकामा उपस्थित गराएर ब्यवस्थापन गर्न आग्रह गरिएको थियो । नगरपालिकामा तार ब्यवस्थापन गर्न प्रतिवद्धता जनाए पनि नगरपालिका कार्यालय परिसरबाट बाहिर निस्कदा ति प्रतिवद्धता विर्सने गर्न थाले पछि बाध्य भएर नगरपालिकाले तार ब्यवस्थापन गर्न अग्रसरता लिएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । यसले बजार क्षेत्रको सौन्दर्यतामा अवरोध पुर्याउदै आएको थियो ।
नगरबासीको माग अनुसार सार्वजनिक अपिल पनि गरिएको थियो । तर सम्बन्धित निकायबाट अटेरी हुन थाले पछि नगरपालिकाले आफ्नो नागरिक प्रतिको जिम्मेवारी पुरा गर्नका लागि नगर प्रहरी खटाएरै भए पनि ति तार ब्यवस्थापनमा लागिएको छ । तार ब्यवस्थापनमा अप्राविधिक ब्यतिm नगर प्रहरीले तार काट्दा सेवाग्राही र सेवाप्रदायकलाई समस्या हुन सक्छ,त्यसबारे पनि नगरपालिकाले नगरबासीमा सार्वजनिक अपिल गरिसकेको छ । टेलिफोन तथा इन्टरनेट र केबुल सेवा अवरुद्ध भएमा नगरपालिका भन्दा जवाफदेवी सम्बन्धित सेवाप्रदायक सस्था नै हुने बताउदै प्रमुख प्रशासकिय अधिकृत सापकोटाले नगरबासी पनि उनी र सेवाग्राही पनि उहिँ ब्यतिm हुन् । त्यसले सेवाग्राहीलाई केही मर्का परे पनि सम्बन्धित सेवाप्रदायकसँग नै सवाल उठाउन उनले बताए । बजार ब्यवस्थित गर्दा केही कठिनाई त भई नै हाल्ट,उनले थपे,तर केही सुविधा पाउनका लागि केही सुविधामा आउने अवरोधलाई पनि वर्दघाट नगरबासीले सहदै निकास निकाल्ने छन् ।
वर्दघाट बजार,चिसापानी बजार,भुतहा बजार,झिमिरेभार बजार क्षेत्रमा धेरै पोलमा यस्ता तारका गुजुल्टाहरु रहेका देखिएका छन् । नगरप्रहरीले सरासर ति सबै तारलाई काटेर पोलबाट हटाई दिने अभियान थालेका छन् । सम्बन्धित वार्ड अध्यक्ष र जनप्रतिनिधिकै समर्थन र निर्णय अनुसार यो कार्य अगाडी बढाइएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए । सयौ सेवाग्राहीलाई यसले प्रत्यक्ष असर पार्न सक्छ,उनले भने,तर सेवाप्रदाकको पनि दायित्व हो,कि पुनः नयाँ र ब्यवस्थित तरिकाले सो सेवा तत्कालै ब्यवस्थापन गर्नु हुनेछ,।नगरे तिनै ब्यवसायिको घाटा हुने उनको भनाई थियो । नगरपालिकाले फोहोर मैला ब्यवस्थापनका लागि घरदैलो गर्दै फोहोरहरु कुहिने र नकुहिने गरि छुट्याउउदै सफलता हात पार्दै गएको छ ।
त्यसै गरि विद्यालय सरसफाईका लागि पनि विद्यार्थीलाई नै परिचालन गरि मेरो विद्यालय हराभार र सफास्वच्छताका लागि मेरो दुई मिनेट अभियान पनि चलाएको छ । त्यसले घरदेखी विद्यालय क्षेत्र सफा भएका छन् । अहिले बजारको फोहोर उठाएर नगरपालिकाले लैण्डफिल्डसाईटमै कुहिने र नकुहिने फोहोर छुट्याउने थालेको छ । कुहिने फोहोरमा गडयौला समेत राखेर कुहाई कम्पोष्ट मलको रुपमा परिणत गराउने कार्य गर्दै आएको छ । त्यही क्रममा अहिले बजारलाई फोहोर देखाउने विद्युत पोलमा झुण्डिने केबुल,इन्टरनेट तारको गुजुल्टो हटाएर बजार सफाई कार्यमा लागेको छ । नगरपालिकाको यस्तो अभियानले नगरबासी समेत उत्साही भएको बताएका छन् । सबै तिरबाट अभियानमुखी कार्यक्रम सञ्चालन हुदा नगरपालिका सफा हुदै गएको र नुमना नगरपालिकाको रुपमा चिन्ने अवस्था आएको नगरपालिकाकै स्थानिय तथा मानवअधिकाकर्मी नारायण पराजुलीले बताए । स्वच्छ वातावरण पाउने नागरिकको मौलिक हक पनि हो,उनले भने,त्यसलाई प्रत्याभुत गराउने सरकारको दायित्व पनि हो । सो दायित्वबोध गरि अहिले नगर सरकारले आफ्नो कार्य गरिरहेको उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *