
नवलपरासी,२० फागुन
जिल्लाको सुस्ता गाउपालिकाले बालविवाह मुतm गाउपालिका बनाउनलागि कार्ययोजना बनाउने कार्यलाई तिब्रता दिइएको छ । बालविवाह मुतm गाउपालिकाको रुपमा चिनाउनका लागि पहिलो चरणमा सबै सरोकारवाला र अभिभावकहरु विच अन्तरक्रिया गर्दै राय सुझाव लिइने कार्यलाई तिब्रता दिइएको गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले बताएका हुन् ।
शनिवार गाउपालिका भित्रका सक्रिय अभिभावक,विवाह गराउने पण्डित,मौलबी,महिला स्वास्थ्य सेविका,प्रहरी,शिक्षक,बालक्लब र किसोरी समुह तथा जनप्रतिनिधि सहितको कार्यशाला गरि सो कार्य शुभारम्भ गरिएको अध्ययक्ष उपाध्यायले जानकारी गराएका थिए । जिल्लाको पिछडिएको समुदायको बसोबास रहेको सुस्ता गाउपालिका भित्र अहिले पनि बालबिवाह हुने गरेको अवस्थालाई निर्मुल पार्नका लागि बालविवाह मुतm गाउपालिका घोषणा गर्नका लागि काम भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । गाउपालिका उत्तर चुरे पहाड देखी दक्षिण भारतिय सिमासम्म फैलिएको छ । भारतकै उत्तर प्रदेश र विहारसँग नाका जोडिएको सुस्ता भुमि पटक पटक भारतिय पक्षबाट अतिक्रमणको चपेटा झेल्दै आएको गाउपालिका पनि हो । छिमेकी देश भारतबाटसँगै बढि प्रभावित हुने सुस्ता गाउपालिकाका सबै सरोकारवालालाई बालविवाह गर्नु अपराध भएको र दण्डनिय समेत रहेको कुरा कानुनी प्रावधान बुझाउन र बालविवाहसँग प्रत्यक्ष सरोकार राख्नेसँग नै मिलेर कार्ययोजना बनाई काम गर्न लागिएको छ ।

जस्मा विद्यालय विद्यालयमा बालविवाह विरुद्धको अभियानसँगै यसलाई गाउपालिकाले आफ्नो नीति कार्यक्रममा समेट्नका लागि सम्बन्धित सबै सरोकारवालाको भुमिका दिने उदेश्यले अन्तरक्रिया तथा कार्यशालाको आयोजना गरिएको थियो ।
गाउपालिका अध्यक्ष उपाध्यक्षको अध्यक्षतामा भएको उतm कार्यशालामा बालविवाह बारे दर्शन,परम्परा,रितिरिवाज,संस्कार र संस्कतिगत रुपमा पनि जानकारी गराइएको थियो । बालविवाहले बालबालिका तथा समाजमा पार्ने प्रतिकुल र नकारात्मक असरबारे पनि जानकारी गराइएको थियो । बालविवाह रोक्नका लागि सरकार,राज्य र कानुनले कसरी रोक्नेबारे पनि छलफल गरिएको थियो । बालविवाह अहिले पनि गाउपालिकाका लागि चुनौती नै रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । सो चुनौतीको सामना गर्नका लागि गाउपालिका वा सरकारले एक्लै सम्भवन नभएको हुदा राज्यका हरेक पक्ष जागरुक हुनु पर्ने आवश्यकता औल्याएका थिए । विगत भन्दा अहिले बालविवाह कम भए पनि निर्मुल भएको अवस्था छैन्,उनले भने, त्यसले गर्दा समाजका हरेक पक्षले यसलाई आत्मसात गरेर कार्यायोजना बनाई जिम्मेवारी पुर्वक काम गर्न लगाउने अन्तरक्रिया र कार्यशाला गरिएको छ । कार्यशालाबाट आएको निष्कर्ष र कार्ययोजनालाई अगामी दिनमा गाउसभामा प्रस्तुत गरिने छ । गाउसभामा नीतिगत निर्णय गरी बालविवाह मुतm गाउपालिका बनाउनका लागि आवश्यक बजेट विनियोजन गरि अभियान सञ्चालन गरिने छ ।

बालविवाहमा प्रत्यक्ष सरोकार राख्ने हिन्दु संस्कार गराउने पण्डित र इस्लामिक गुरु मौलबी र मौलानाहरुलाई समेत अहिलेको बालबालिकाको अधिकार र कानुनी ब्यवस्थाबारे पनि जानकारी गराइयो । हिन्दु संस्कृति अनुसार पनि मानव जिवनलाई चार आश्रममा विभाजित गरिएको कुरा समेत पण्डितले स्मरण गराई अभिभावकलाई जागरुक गराउन अनुरोध गरियो । चार आश्रमा मानिसको कुल आयुको एक चौथाई भाग ब्रम्हचर्य आश्रम हो । ब्रम्हचर्य आश्रममा अध्ययन गर्ने,ज्ञान आर्जन गर्ने,शिप सिक्ने जस्ता कार्य हुन्छ । तत पश्चात गृहस्त आश्रम शुर हुन्छ । त्यो बेला मात्र विवाह गर्ने,सन्तान जन्माउने,सन्तानको पालन पोषण गर्ने,आय आर्जन गर्ने जस्ता कार्य पर्दछ । गृहस्त पछि बानप्रस्त आश्रम हो । जस्मा मानिसले आधा समय आफ्नो परिवार र आधा समय समाज तथा अध्यात्म धर्मकर्ममा लगाउछ र अन्तिम चौथो आश्रम सन्यास आश्रम हो । जुन आश्रममा मानिस पुर्णतःअध्यात्मिक र धार्मिक मार्गमा लाग्नु पर्छ । काम,क्रोम,लोभ,मोह र अंगकारको भाव त्याग गरि इश्वर प्रति पुर्ण रुपमा समर्पित हुनु पर्छ । यसले पारलौकिक जिवनलाई स्वर्ग र मोक्षसम्म पुर्याउछ । यि कुराहरु पनि हिन्दु धर्म गुरुले गरेर अभिभवाक र समाजलाई सिकाई दियो भनेन बालविवाह स्वम् रोकिने उनको भनाई थियो ।
मानिसको सरदर आयु ८० बर्ष मान्ने हो भने एक चौथाई २० बर्षसम्म त्यसै पनि ब्रम्हचर्य आश्रममा बालबालिकाको बालविवाह रोक्ने कार्य हुन्छ । तर धर्मको अपब्याख्या गर्दै जति कम उमेरमा विवाह गरियो त्यती पुण्यलाभ मिल्ने अन्धविश्वासले बालविवाह जरा गाडेको थियो । त्यसलाई अहिले हटाउन आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाई थियो । कार्यक्रममा मौलानाहरुले पनि कानुन अनुसार नै आफुहरुले बालविवाह(निकाय) गराउने कार्य रोकिसकिएको जानकारी गराएका थिए । उनीहरुले पनि इस्लाममा सबै भन्दा पहिला केटीलाई विवाह (निकाय) गराउने बेला कुनै करकापमा विवाह त गरेका छैनौ ? तिमिलाई तिम्रो दुल्हा(सौहर) मन परेको छ,कि छैन भनेर सोध्ने चलन छ । यदि कम उमेर भएको केटी भए वा उस्ले केटा मन पराएन भने विवाह गराईदैन । उमेर पुगेकी केटीले केटालाई मन परेको र विवाह गर्न राजी भएको बताए पछि पनि केटालाई तिमिले केटीलाई पाल्न सक्ने,खुवाउन सक्ने,बास दिन सक्छौ भनेर उ प्रतिवद्ध भए मात्र विवाह गराउने गरिएको इस्लामिक मान्यता छ । सोही अनुसार जुन देशमा बसिन्छ त्यो देशको कानुनलाई पनि अंगिकार गरेर नै मौलानाले काम गर्दै आएका छन् । अहिले मागी विवाहसँगै भागि विवाह गर्ने चरन पनि विकसित भई रहेको हुदा त्यसका लागि सरकारी निकाय शिक्षक,प्रहरी स्वमसेविका स्वास्थ्यकर्मीले पनि बालविवाहको असरबारे जनचेतना जगाउदै बालविवाह रोक्नका लागि काम गरिने समेत सहभागिहरुले प्रतिवद्धता जनाएका थिए ।