नवलपरासी,१८ फागुन
जिल्लाको रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका भएर बग्ने झरही खोला र पिडुराको दोभान क्षेत्रमा गोहिको संख्या बढदै गएको भए पनि संरक्षण तर्फ सरोकारवाला निकायले ध्यान दिएका छैनन् । गोहीको संख्या बढदै गए पछि गोहीको संरक्षण मात्र नभई उचित ब्यवस्थापन गर्नु पर्ने आवश्यकता बढदै गएको भए पनि सरोकारवालाको ध्यान नजादा स्थानियबासीले चिन्ता समेत ब्यतm गरेका हुन् ।
गोहीको संरक्षण र ब्यवस्थापनका लागि सरोकारवालाले ध्यान दिनु पर्ने आवश्यकता समेत महशुस गरेको स्थानियले बताएका छन् । बर्षाै देखी भाटफुट रुपमा एक÷दुई वटा देखा परे पनि अहिले सो उनीहरुको संख्यामा वृद्धि भएको स्थानियले महशुस गर्न थालेको तर संरक्षण र ब्यवस्थापनका सरोकारवाला निकायको ध्यान पुर्याउनु पर्ने हो । तर त्यसको रेखदेख कुन निकायले गर्ने हो,त्यसबारे स्थानियबासीलाई पनि जानकारी छैन् । गोहीले कहिले काँही स्थानियको बाँख्रा गाई बस्तु हराए पछि गोहीले नै मारेको अनुमान गर्ने गर्छन् । तर गोहीको ब्यवस्थापन र संरक्षण गर्न सक्ने कुनै आधार भने भेटिएका छैनन् । गोही संरक्षण र ब्यवस्थापनका लागि स्थानिय निकायले पनि चाँसो लिएर संरक्षण गराउन सक्यो भने जैविक विविधतासँगै पर्यापर्यटनको सम्भावना पनि छ । तर संरक्षण र ब्यवस्थापनमा यदि ध्यान पुर्याइएन भने गोहीको आक्रमणले जन र पशुधनको नोक्सानी हुने अवस्था पनि आउन सक्छ । झरहीखोलामा कम पानी भएको बेला कहिले पनि नसक्ने पिडरा घोलमा आएर लुक्ने गरेका छन् । गोही मध्येको सबै भन्दा बढि खतरनाक स्थानिय भाषामा भनिने नाकी हो । त्यसले बढि हिँसक तरिकाले आक्रमण गर्ने गरेका हुन्छन् । अहिले घाम परेको हुदा बाहिर निस्केर घाम ताप्ने गर्दा गोही भेटाउने गरेका छन् । ठूला देखी साना करिब एक दर्जनको संख्यामा गोही भएको स्थानियबासीले बताए ।
गोहीको संरक्षणका लागि गाँउमा कुरा उठ्ने भए पनि कुन निकाय र कसरी जाने भन्ने कुरा गाउलेमा अन्यौल छ । जिल्ला बन कार्यालयमा बेला बेला सुचना पुर्याइएको भए पनि बनबाट खासै चाँसो दिइएको भेटिदैन ्। झरही किनारमा वृक्षारोपण गरि सामुदायिक बनको रुपमा पनि विकास गरिएको छ । तर बन्यजन्तु र त्यसमा पनि जलचर भएको कारण त्यसको संरक्षणबारे सरकारसम्म पहुँच पुग्न नसक्दा गोहीको संरक्षण र ब्यवस्थापनमा समस्या देखिएको स्थानियको भनाई छ । गोही मार्ने हो भन्ने कानुन लाग्छ, तर संरक्षण कसरी गर्ने ? स्रोतको ब्यवस्थापन कसरी गर्ने भन्ने बारे सरकारी निकायले चाँसो लिनु पर्ने उनीहरुको माग रहेको छ । गोहीको संरक्षण र ब्यवस्थापन गरि उपयोगमा ल्याउन सकियो भने पर्यटन क्षेत्रको रुपमा सो क्षेत्र विकास गर्न सक्छ । होईन भने मानिसकै लागि पनि सो क्षेत्र जोखिम क्षेत्रको रुपमा बन्ने अवस्था रहेको छ । अहिले सामुदायिक बन क्षेत्र भएको र गोहीका कारण मानिसको आगमन पनि कम हुने हुदा निलगाईहरु बस्ने गरेका छन् । निलगाईका बाच्छाबाच्छी माथि समेत बेला बेला गोहीहरुले आक्रमण गरि सिकार बनाउने गरेका छन् । जलासयमा गोहीका कारण कोही पनि माछा मार्न समेत जादैनन् ।
गोहीको संरक्षण गरि पर्यटनमा उपयोग गर्न पाल्हीनन्दन गाउपालिका र रामग्राम नगरपालिकाले साझा अवाधारणा बनाएर पनि संरक्षण गर्न सक्ने अवस्था छ । तर त्यसको लागि जनप्रतिनिधिहरुले चाँसो लिनु पर्ने स्थानिय अब्दुल रज्जाकले बताए । उनका अनुसार अहिलेसम्म गोहीको काक्रमणले पिपरहिया गाँउकै दुई जनाको मृत्यु भएको समेत आशँका गरिएको छ । किन भने सो क्षेत्रमा गएका दुई जना वृद्ध वेपत्ता भए पछि गोहीले नै आक्रमण गरि सिकार बनाएको हुन सक्ने आशंका गाउलेको भएको रज्जाकले बताए । यसका लागि नगरपालिकाले गोही संरक्षण क्षेत्रको घोषणा गरि कार्ययोजना बनाएर काम गर्न आवश्यक रहेको छ, उनले भने, यसमा विश्वबन्यु जन्तु कोष,चितवन राष्ट्रिय निकुन्ज तथा राष्ट्रिय प्रकृति संरक्षण केन्द्रसँग पनि समन्वय गरि संरक्षणका कार्य गर्न सकिन्छ । यसका लागि स्थानिय जनताले समन्वय गराउने अवस्था नभएको हुदा गाउपालिका र नगरपालिकाले नै पहल गर्नु पर्ने उनले औल्याएका थिए । एक सय हेक्टर भन्दा बढि क्षेत्रमा सामुदायिक बन र झरही खोला तथा पिडुरा खोलाको जलासय रहेको छ । पिडुरा घोलमा ठाँउ ठाँउमा कुण्डहरु समेत रहेका छन् । तिनै कुण्डमा गर्मियाममा गोहीहरु लुक्ने र बर्षायाममा सबै तिर घुमफिर गर्ने गरेका छन् ।