गण्डक परियोजनाले सिर्जित समस्याको दिर्घकालिन समाधान तर्फ साँसद विनोद चौधरी

नवलपरासी ,११ फागुन
जिल्लाको भित्र गण्डक परियोजनाले सिर्जित डुबान,कटान र पटान जस्ता समस्या दिर्घकालिन समाधानका लागि सो क्षेत्रका साँसद विनोद चौधरीको नेतृत्वमा अनुगमन समिति गठन गरि कार्य थालनी हुने भएको छ । साँसद चौधरीद्धारा आयोजित गण्डक प्रभावित क्षेत्रका गाउपालिका,प्रदेश साँसदहरुको संयुतm बैठकले प्रतिनिधि सभा सदस्य साँसद चौधरीको नेतृत्वमा अनुगमन समिति र असर न्युनिकरणका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालय प्रमुख रनधिर शाहको नेतृत्वमा प्राविधिक समिति समेत गठन गरिएको हो ।

चौधरीको सम्पर्क कार्यालयमा भेला भएका जनप्रतिनिधिहरुले गण्डक डुबान सहित अन्य समस्या र विकास निर्माणका विभिन्न पक्षसँग छलफल गरेका थिए । जस्मा जनप्रतिनिधिहरु नै संलग्न रहने गरि सम्भतःपहिलो पटिक संगठित रुपमा जनप्रतिनिधिले पहलकदमी लिने भएका छन् । जस्मा गण्डक परियोजनाद्धारा सिर्जित समस्या पहिलो प्राथमिकतामा राखि पहल गर्नका लागि साँसद चौधरीलाई नेतृत्व गर्न सुझाव प्रस्तुत गरेका थिए । त्यसमा नेपाल भारत सीमा क्षेत्रमा निर्मित सडक तथा अन्य पुर्वाधारका कारण हुने डुबान तथा निकासमा देखिएका समस्याका बारेमा विस्तृत रुपमा छलफल गरि सोा समस्या समाधानका लागि साँसद चौधरी मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,मुख्य पश्चिमी गण्डक नहरका कारण स्थानीय स साना खोलाहरुमा पानीको बहाव रोकिन गई डुबान तथा कटान बढेको हुदा नेपाल भारत बीच भएको गण्डक सम्झौता अनुसार नहरमा पानीको नियन्त्रण देखी नहर ब्यवस्थापनको सम्पुर्ण काम गर्न साँसद चौधरी मार्फत नेपाल र भारत सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

त्यसैगरि गण्डक परियोजनाका लागि निर्माण गरिएका ब्यारेज,नहर,सडक,पुलपुलिया,जलविद्युत गृह,साईफन लगायतका संरचनाले पहाडबाट बग्ने खोलाले डुबान कटान गर्ने गरेको हुदा ति समस्याको निकासका लागि आवश्यक बजेट नेपाल र भारत समक्ष साँसद चौधरी मार्फत पुर्याउने निर्णय भएको वर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । जनप्रतिनिधिहरुको संयुतm बैठकले नारायणी नदीका अतिरितm खजुरा खोला,धनेवा खोला,झरही खोला,अम्चुर खोला,सिरखोला,रायपुरवा खोला,लिटिल गण्डक लगायतका खोला तथा जलासयको उचित ब्यवस्थान गर्न डुबान कटान नियन्त्रण संघिय साँसद चौधरी र लुम्बिनी प्रदेश साँसद देवकरण कलवार, विश्वप्रेम पाठक,बैजनाथ जैसवाल,खडक बस्नेत मार्फत संघ सरकार र प्रदेश सरकारसँग अनुरोध गर्ने समेत निर्णय भएको उनले जानकारी गराएका थिए ।

त्यसैगरि बालुव पिँधमा जमेर अग्लो भईसकेको मुख्य पश्चिमी नहरको भित्रि भाग समानान्तर रुपमा रहेको नाला,खोला,घोलाहरुको आ आफ्नो क्षेत्रहरुको सफाई गण्डक कमाण्ड क्षेत्रका स्थानिय तहहरुले अन्तरपालिका स्रोत ब्यवस्थापन गरी सम्पन्न गर्ने र गण्डक सम्झौताले निम्त्याएका असरहरुलाई न्युनीकरणका लागि विभिन्न आयामहरुको विश्लेष्ण गरी तत्कालिन,मध्यकालिन र दिर्घकालिन उपाय सहितको असर न्युनिकरण कार्ययोजना निर्माण गर्नका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख शाह संयोजक रहने गरि सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत,प्रतापपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत,सरावल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत र साँसद चौधरीका सचिवालय सदस्य रहने गरि समिति समेत गठन भएको छ ।

उनका अनुसार ति कार्य सम्पन्न गर्नका लागि २५ दिन भित्र गठित समितिले अनुगमन समिति,सरोकारवालाहरुसँग राय परामर्श गरि प्रतिवेदन तयार गर्नु पर्ने छ । गण्डक सम्झौताले निम्त्याएका असरहरुलाई न्युनिकरणका लागि विभिन्न आयाम विश्लेष्ण असर न्युनीकरण कार्ययोजना कार्यान्वयन,नीतिगत स्पष्टता,नेपाल भारत बीच भएको गण्डक सम्झौता अध्ययन,कुटनैतिक पहल लगायतका विषयमा सघन अनुगमन र निर्देशनका लागि स्थानिय तहको अनुगमन समिति पनि गठन गरि काम गरिने छ ।

ति अनुगमन समितिमा साँसद चौधरी,लुम्बिनी प्रदेशका साँसद देवकरण कलवार,विश्वप्रेम पाठक,खडक बस्नेत र बैजनाथ जैसवाल, वर्दघाट नगरपालिकाका प्रमुख सम्भुलाल श्रेष्ठ,सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्याय,प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादव,सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र साँसद चौधरीको सचिवाल सदस्य रहने छन् । प्राविधिक समितिले भारत बाल्मिकी नगर स्थित भु आर्जन तथा सम्पर्क कार्यालय(लाईजन)सँग सम्पर्क र समन्वय गरि काम गर्ने छ,भने अनुगमन समितिले नेपाल सरकार र भारतको गंगा बाढ नियन्त्रण आयोग तथा कोशी गण्डक संयुतm समितिसँग समन्वय गरि समस्या समाधान गर्ने आपसी सहमती भएको जानकारी प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *