नवलपरासी,१० फागुन
जिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख मेयर विमला अर्यालले सुनवल नगरपालिकालाई ‘नो होम डेलिभरी’ नगरपालिका बनाउने बताएकी छिन् । नगरपालिकाको बाहै नगरसभालाई सम्बोधन गर्दै सो जानकारी गराएकी हुन् ।
उनले सुनवल नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउने पनि उद्यघोष गरेकी थिईन । विगतमा सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्र िनगरपालिका घोषणा गरेर बालमैत्री स्थानिय शासनबारे अध्ययन गर्नका लागि देशी विदेशीका लागि अध्ययन गर्ने थलो बनेको अवस्थामा अहिले मेयर अर्यालले सुनवल नगरपालिकालाई नेपालकै पहिलो महिलामैत्री नगरपालिकाको रुपमा चिनाउने उद्यघोष गरेकी थिईन् । महिलाहरु माथि हुने सबै प्रकारको विभेद र हिँसाको अन्त्य गर्दै नगरपालिकालाई महिला मैत्रीको रुपमा चिनाउन आवश्यक सुचकाँक तयार गरि काम गर्नेका लागि आफु लागि परेको उनले नगरपालिकाको बाहै नगरसभामा उतm कुराको जानकारी गराएकी थिईन् । उनका अनुसार पोषणयुक्त नगरपालिका,नो होम डेलिभरी नगरपालिका घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको । त्यसै गरि नगरप्रमुख अर्यालले सुनवल नगरपालिकालाई उज्यालो नगर घोषणा धूवाँमूक्त नगर घोषण गर्ने, लैगिंकमैत्री नगरपालिका घोषणा नगरलाई छुवाछुत नगरपालिका घोषणा गर्ने योजना पनि सुनाएकी थिईन् ।
महिलालाई लक्षित गरि कृषि क्षेत्रमा १ वडा १ पहिचान युक्त कृषि उत्पादन १ वडा १ पहिचान युक्त उद्यम विकास कार्यक्रम सञ्चालन गर्ने अर्यालले बताईन् । दुईवटा विधेयक संशोधन तथा दुई नयाँ विधेयका ल्याएको छ । नगरपालिकाको बाह्रौँ नगर सभामा दुईवटा विधेयक संशोधन तथा दुई नयाँ विधेयका ल्याएको हो । नगर सभाले दुईवटा विधेयक संशोधन तथा दुई नयाँ विधेयका संशोधन तथा बहुमतले पारित भएको छ । बाह्रौँ नगर सभामा खानेपानी तथा सरसफाई सम्बन्धी ऐन २०७७ प्रथम संशोधन विधेयक र नयाँमा स्वास्थ्य सेवा ऐन विधेयक २०७९ विधेयक सामाजिक विकास समितिकी संयोजक भगवती बस्यालले पेस गरेकी दुई वटा विधेयक नगर सभामा बहुमतले पारित गरेको छ ।
सहकारी ऐन २०७५को प्रथम संशोधन विधेयक र भू–उपयोग योजना २०७९ पेस आर्थिक विकास समितिका संयोजक देउ गुरुङ्गले ल्याएको विधेयक बहुमतले पारित भएको छ । नगर सभाले लेखा समितिको प्रतिवेदन प्रस्तुत लेखा समितिका सदस्य सचिव राजेन्द्र प्रसाद सापकोटाले प्रस्तुत गरेको प्रतिदेन सभामा बहुमतले पारित भएको छ । नगर सभामा नगरप्रमुख बिमला अर्यालले प्रस्तुत गरेको पाँच बर्षे योजना तथा कार्यक्रम समेत पारित नगर सभाका बहुमतले पारित भएको थियो । बाह्रौँ नगर सभा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुबेले नीति तथा कार्यक्रम योजनाहरू प्रस्तुत गदै आ वा ०७९.८० मा १ अर्ब १८ करोड १८ लाख रहेकोमा आर्थिक विकास तर्फ १० करोड ४१ लाख ६० हजार, सामाजिक विकास तर्फ ४१ करोड ८८ लाख ५९ हजार, पूर्वाधार विकास तर्फ ३९ करोड ८५ लाख र सुशासन अन्तरसम्बन्धी क्षेत्र तर्फ ९ करोड ३९ लाख ३९ हजार बजेट विनियोजित गरिएकोमा हालसम्म संघ प्रदेश सरकारबाट निकास २७ करोड ९७ लाख ४७ हजार र आन्तरिक राजश्व तर्फ ३ करोड २८ लाख ७१ हजार रहेको बताएका थिए ।
गत आ.वा वार्षिक मौज्दात २७ करोड १३ लाख ४६ हजार राजश्व बाँडफाँडबाट ५ करोड ६७ लाख गरी नगरपालिकाको सञ्चित कोषमा ६३ करोड ४० लाख ५३ हजार रकम जम्मा रहेको उपप्रमुख दूवे जानकारी दिए । उनको अनुसार चालुतर्फ खर्च २१ करोड ८४ लाख ९३ हजार र पुँजीगत तर्फ २२ करोड ६ लाख खर्च भएको अर्थात् ३३ प्रतिशत खर्च भएको बताए । नगर सभामा सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले बन तथा विपत् व्यवस्थापन मातर्फ संवेदनशील क्षेत्रमा नाली तथा जाली अभियान सुरुवात गरिएको र नगरपालिकालाई टोेल विकास संस्था मार्फत् समग्र बन तथा वातावरण व्यवस्थापन गरी पूर्ण सरसफाईयुक्त नगरपालिकाका घोषण कार्य आरम्भ भएको बताईन् । सुनवल नगरपालिकाले विगतमा आ.वा ७४ वटा कानून निर्माण गरेको र यस आर्थिक वर्षमा १६ वटा कानून निर्माण गरी कार्यान्वयन रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरामिनीले जानकारी दिए । नगर सभामा कार्यपालिका सदस्य वडा अध्यक्ष तथा वडा सदस्यहरूले आफ्नो धारण राखेका थिए ।