
नवलपरासी,२७ माघ
माघ पुर्णिमाको अवसर पारेर हालै सुस्ता २ स्थित चुहाडी क्षेत्रलाई बौद्धतिर्थ स्थल सतपती घोषणासँगै गाउपालिकाले सो क्षेत्रमा साँस्कृति संग्रालय बनाउने भएको छ । स्थानिय संस्कृति र साँस्कृति बस्तुलाई संग्रह गर्ने र पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले गाउपालिकाले सो क्षेत्रका साँस्कृति संग्रालय बनाउन लागेको हो ।
आदीबासी जनजातीको सस्कृति,प्राचिन कोलिय संस्कृति र अन्य बौद्धकालिन संस्कृतिको पुर्नउत्थान गर्नुका साथै साँस्कृति बस्तुको सरक्षण,प्रवद्र्धन र पर्यटन क्षेत्रको रुपमा विकास गर्नका लागि गाउपालिकाले साँस्कृतिक संग्रालय बनाउन लागेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । उनका अनुसार पहिलो बर्षमा ३० लाख रुपिया बजेट बिनियोजन भएको छ । काम गर्दै गए पछि आवश्यकता अनुसार संग्रालय निर्माणका लागि थप बजेट विनियोजन गर्दै जाने उनको भनाई थियो । तराई मधेश समृद्धि कार्यक्रमलाई पनि सो क्षेत्रमा साँकृतिक तथा पर्यटकिय क्षेत्रको विकासका लागि बजेट माग गरिएको छ,उनले भने,सो रकम आएमा तिब्र गतिमै यस क्षेत्रमा पर्यटकिय पुर्वाधारको विकास हुने छ । हालै बौद्धकालिन सतपती बौद्धतिर्थ स्थल भएको घोषणाले पनि स्थानियबासी उत्साही भएका छन्,उनले थपे,यो संग्रालय निर्माणले पनि यस क्षेत्रको पर्यटन क्षेत्र विकास हुनेमा विश्वास लिएका छौ ।
परापुर्व काल देखी साँस्कृति रुपमा स्थानियले विभिन्न धामिर्क आस्थाले मान्दै आएका थिए । सतपती घोषणा कार्यले यस क्षेत्रको प्राचिनता पनि झल्किने भएको छ । यसलाई बौद्धपरिपथसँगै जोडेर विकास गर्दै जाने गाउपालिकाको योजना पनि रहेको छ । अगामी दिनमा यहाँका आवश्यकता अनुसार थप कार्य गर्दै लगिने उनले जानकारी गराएका थिए । माघ २२ गते स्थानिय स्तरमा चिनिने गरेको स्थान बौद्धकालिन प्राचिन सतपती तिर्थ स्थल भनेर माघ पुर्णिमाको अवसर पारी गाउपालिकाकी उपाध्यक्ष गिता चौधरीले सो घोषणा गरेकी थिईन् ।
बुद्धको महत्वपुर्ण सन्देश दिएको सतपती स्थल हो । संसारका मानिस बुद्ध जन्मेको देश नेपाल चिन्ने गरेका छन् । बुद्धले कोलिय राज्य भित्रका विभिन्न स्थानमा गएर महत्वपुर्ण धर्मोपदेश गरेका स्थान मध्ये यो सतपती पनि महत्वपुर्ण स्थान हो । यसले स्थानियबासीको संस्कृतिक विकास,आर्थिक विकास र अध्यात्मिक लाभ प्राप्त गर्नेमा सक्षम बनाउने छ । बौद्ध सहित्य तथा प्राचिन कालमा चिनियायात्री ह्वेगँसाँग समेत सो स्थानमा पुगेको र आफ्नो यात्रा वृतान्तमा सतपती भनेर उल्लेख गरिएको छ । प्राचिन स्थलको रुपमा पुरातत्व विभागले प्राचिन स्मारक भनेर बोर्ड त गाडेको छ । तर यसको पहिचान के होला ? भनेर स्थानिय तथा आउने पर्यटकमा चाँसो हुने गरेको थियो । अहिले कम्तीमा घोषणा गरिएका कुरालाई लिपिबद्ध तरिकाले वा अन्य माध्यमले पनि संग्राहलयमा संरक्षित गरेर राख्नका लागि पनि सतपती क्षेत्रमा साँस्कृतिक सँग्रालय बनाउन लागिएको छ ।
विपश्यना अन्तरगतकै एक महत्वपुर्ण अभ्यास सतिपठ्ठान ध्यान साधाना पनि हो,सोही नामले प्राचिन कालमा सतपती भनेर चिनिने गरिएको हुन सक्ने उनको भनाई थियो । जुन ह्वेगँसाँग यात्रा गर्दै आउदा भेटाएको र आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन् । उनले तिन सय पुरानो मानव अंग दात पनि फेला परेको उल्लेख गरिएको छ । संग्रहालयमा ति दात अहिले पनि भएको र त्यसको परिक्षण गरि पहिचान गर्न सकिएमा युनेस्कोले यसलाई पनि विश्वसम्पदामा सुचिकृत गर्न सक्ने आधार भएको स्थानिय जितराम पंजियारले बताए । अब बौद्ध तिर्थ स्थल त घोषणा भयो,उनले थपे,अब यसलाई गाउपालिकाले आफ्नो गौरवकै योजनामा समावेश गरि लगानी पनि गर्नु पर्छ । स्थानिय र गाउपालिका दुबैले विश्वसम्पदामा सुचिकृतका लागि पुरातात्विक खोजका लागि पनि अग्रसरता देखाउनु पर्ने उनको आग्रह थियो ।