नवलपरासी,१६ माघ
जिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर भए पनि मर्मत सम्भारका लागि तत्कालिन सरकारले काम नगरे पछि अहिले गाउपालिका आफै मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो देखाउदा विगत तिन दशक देखी जिल्लाको सरावल गाउपलिका स्थित डुबानको जोखिममा रहेका स्थानिय बासिन्दाको समस्या हल गर्नका लागि गाउपालिकाले अग्रसरता लिएको हो ।
गण्डक सम्झौता पश्चात धनेवा खोलाको दुई किनारमा भारतिय पक्षले बाँध निर्माण गरेको थियो । बाँध अन्तरगत विभिन्न स्थानमा बाहिरबाट बगेर जाने कुलोका पानीको निकासका लागि साईफन पनि निर्माण भएको थियो । साईफन दुई तिन बर्षमै भत्कियो,गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,त्यही बेला देखी तत्कालिन भुजहवा,रामपुर खडौना,बडहरादुबौलिया,रमपुरवा गाविसको शंकरपुर गाँउ डुबान पर्दै आएको छ ।
हाल शंकरपुर गाउ पाल्हिनन्दन गाउपालिका अन्तरगत पर्छ । बाकी भुजहवा,रामपुरखडौना,बडहरादुबौलिय गाविस मिलाएर हाल सरावल गाउपालिकाको वार्ड नं.५,६ र ७ नम्बर कायम गरिएको छ । धनेवाखोला र झरहीखोला तल शंकरपुलमा पुगेर एउटैमा मिसिएको छ । झरही खोलाको पानीको प्रवाह र घनत्व बढि हुने हुदा झरहीखोलामा बाढी आउदा पानीले नै धनेवा खोलाको जलनिकास थुनिदिने गरेको छ । जस्ले गर्दा धवेवा खोलाको पानी झरहीमा मिसिनु भन्दा सरावलका ति ३ वटा वार्डका आधा दर्जन गाउ र झण्डै १२ सय विघा क्षेत्रफलको बालनाली नष्ट गर्ने गरेको छ । करोडौको खाद्यान बर्षेनी नष्ट हुने गरेको छ,अध्यक्ष चौधरीले भने,विगतमा पनि यस क्षेत्रका जनता स्थानिय जनप्रतिनिधि मार्फत सरकारसमक्ष आफ्ना समस्या दर्साउदै आएका थिए । तत्कालिन जिविसमा पनि पटक पटक डुबानको समस्या उठ्ने गरेको थियो ।
साईफन मर्मतका कुरा पनि स्थानियले उठाउदै आएका थिए । तर सुनुवाई हालसम्म भएको देखिएन ्। बेला बेला मुख्यमन्त्री,यस क्षेत्रका साँसदहरु पनि बाढीको बेला स्थलगत अध्ययनमा आउने गरेका छन् । आश्वासन पनि दिईने गरेका छन् । तर ति आश्वसान कुरामा मात्र सिमित रहेको वार्ड नं.६ का वार्ड अध्यक्ष छोटेलाल गुप्ताले बताए । अहिले आफुले वार्ड स्तरकै बजेट खर्चेर कम्तीमा एउटा साईफन मर्मतका लागि बजेट बिनियोजन गरेर काम शुरुवात गर्न लगाएको बताए । वार्डले नै समस्या समाधानमा आफ्नो पहलकदमी देखाए पछि सोमवार गाउपालिका अध्यक्ष चौधरी सहित लेखा शाखा,प्रशासन शाखा,प्राविधिक शाखा लगायतका कर्मचारीहरुको संयुतm टोलीले स्थलगत गरेर धनेवा खोला अन्तरगत रहेको तिन वटा प्रमुख साईफनको अध्ययन गरेको छ ।
अध्ययनकै क्रममा गाउपालिका अध्यक्ष चौधरीले तिनै वटा साईफनको डिजाईन,स्टिेमट गर्न,डिपिआर तयार गर्न प्राािवधिक टोलीलाई निर्देशन समेत गरेका थिए । धनेवा खोलाको सफाईको पनि काम गर्नु पर्ने देखिएको छ,अध्यक्ष चौधरीले भने,पहिला गाउपालिकाको तर्फबाट साईफनको काम शुरु गरौ,धनेवा खोला सफाईका लागि डिपिआर तयार गरौ,ति डिपिआर लिएर प्रदेश सरकार र संघिय सरकारका जनप्रतिनिधि मार्फत बजेट माग गर्न लगाउनका लागि आफु पहल गर्नमा लागिने बताए । आफ्नो साधन स्रोतले प्राथमिकताको आधारमा काम भ्याउन सक्ने कार्य पालिका स्तरबाट हुन्छ,उनले थपे, बढि बजेट आवश्यक पर्ने योजन प्रदेश सरकार र संघिय सरकारमा पठाउछौ । त्यसका लागि यस क्षेत्रका प्रदेश साँसद र संघिय साँसदले पनि अग्ररता लिन पर्यो । स्थानियबासीले ति प्रतिनिधिलाई पनि जनदबाव बढाउनु पर्छ । तिनै सरकारमा रहेका मतदाता जनता उहिँ नै हुन्,सबैले अ आफ्नो स्तरबाट जिम्मेवारी लिएर काम गर्नु पर्ने उनले औल्याएका थिए ।
विगत तिन दशक देखी डुबानको समस्या स्थानियले उठाउदै आएको पुर्व शिक्षक समेत रहेका स्थानिय बुद्धिजिवि झिन्कु चौधरीले बताए । स्थानियबासी सधै आश्वासन र बाढीमा राहत मात्रै पाएका छन्,तर अब आश्वास र रासन चाहिएको छैन्,डुबानको स्थाई समाधान चाहिएको छ । नेपालमा शासकिय ब्यवस्था फेरियो,तर धनेवा डुबान पिडितको अवस्था फेरिएन् । यो यस क्षेत्रका जनताको दुर्भाग्य भएको दुखेसो सो टोली समक्ष राखेका थिए । गाउपालिकाले नै अब कम्तीमा एक बर्षमा एउटा साईफन बन्ने गरि बजेट बिनियोजन गर्दै काम गरि दिन पर्यो,उनले टोली समक्ष अनुरोध गर्दै भने,जनता धेरै निरास भई सकेका छन् । अब थप निरास बनाउन कार्य नहोस । साइफल मर्मतको कामसँगै धनेवा खोलाको सफाई पनि चाडै होस भनेर हाम्रो चाहना रहेको उनको भनाई थियो ।