सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना

नवलपरासी,१४ माघ
जिल्लाको सरावल ७ भुजहवामा नेपाल खुल्ला विश्वविद्यालय स्लामिक अध्ययन केन्द्रको स्थापना भएको छ । शनिवार एक समारोहका विच सो अध्ययन केन्द्रको सुभारम्भ गरिएको हो ।


परेवा उठाएर सुभारम्भ गरिएको उतm इस्लामिक शिक्षामा स्नातक अध्ययन गरि परिक्षा दिईने सम्भवतःयो पहिलो अध्ययन केन्द्र बनेको बताइएको थियो । खुल्ला विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये स्लामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विश्व विद्यालयले लिईने परिक्षा केन्द्र समेत भुजहवामै रहने जानकारी गराइएको थियो । ओल्मा काउन्सिल नेपाल नवलपरासको आयोजनामा र मदरसा अरबिया रजाउल ओलुमको सहआयोजनामा सम्पन्न भएको थियो । सो समारोहमा सो क्षेत्रमा योगदान पुर्याउने केन्द्रका ब्यवस्थापक अब्र्दुर उफ खान र सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी लगायतलाई समारोहका प्रमुख अथिती शुखाडी चौधरीले सम्मानपत्र प्रदान गरि सम्मान समेत गरेका थिए ।
कार्यक्रममा केन्द्र ब्यवस्थाक खानले गाउपालिकाले विगतमा पनि योगदान गरेको रहेछ,अहिले केन्द्र यहिँ गाउपालिकामा खुलेको छ,अहिले गाउपालिकाले आफ्नो स्वामित्व भित्रकै यो शैक्षिक केन्द्र हुने हुदा सहयोग निरन्तर रहनेमा विश्वास ब्यतm गरेका थिए । समान्य अध्ययन गरेर विभिन्न मदरसामा पठन पाठन गराउदै आएका मौलाना ओल्माहरुले अब खुल्ला विश्वविद्यालयमा अध्ययन गर्ने छन्,उनले भने,परिक्षाका लागि यहिँ केन्द्रले परिक्षा लिइने छ । उनले गाउपालिकासँग जसरी विगतमा सहयोग भएको थियो,त्यसरी नै स्नातक अध्ययन गर्ने विपन्न गरिब परिवारका इस्लामिक विद्यार्थीको लागि सेमेस्टरको खर्च ब्यहोरेर सहयोगका लागि आग्रह गरेका थिए । ओल्मा काउन्सिल नवलपरासीका अध्यक्ष औल्मा सैयद गुलामले भुजहवामा विश्व विद्यालयको तर्फबाट केन्द्र स्थापना हुुनु गौरवको कुरा बताउदै यसको स्थापनामा सहयोग पुर्याउने सबैसँग सहयोगको निरन्तरताका लागि अनुरोध गरेका थिए ।
यसले यस क्षेत्रका इस्लामिक क्षेत्रमा लागेका ब्यतिm मात्रै नभई सरावल गाउपालिकाकै गरिमा बढाएको जिल्ला मदरसा समन्वय समितिका अध्यक्ष हैदर अलि मोमिनले बताएका थिए । नेपालमै उच्च शिक्षा अध्ययन गर्ने खुल्ला विश्व विद्यालयको अध्ययन केन्द्र भएको हुदा यस क्षेत्रका ओल्माहरुले उच्च शिक्षा प्राप्त गर्न सक्ने अवस्थाको सिर्जन भएको उनले जानकारी गराएका थिए । वि.ए.पहिलो सेमेस्टरको अध्ययन शुरु भएको छ,उनले भने, जस्को अध्ययन केन्द्र र परिक्षा दिइने ब्यवस्था भुजहवामा हुने भएको छ । जिल्लामै पहिलो पटक सबै ओल्मा(मौलाना)हरुलाई पनि मुल प्रवाहमा ल्याएर शिक्षक सरह सुविधा प्रदान गर्ने सरावल गाउपालिकामा खुल्ने अहिलेको अध्ययन केन्द्रले इस्लामिक शिक्षा(उर्दु र अरबी) को उच्च शिक्षाका लागि पनि बाटो खुल्ला गरेको छ ।
नेपालमै पहिलो पटक नवलपरासीकै प्रतापपुर गाउपालिकाले एक मदरसालाई कक्षा ११ र १२ को अनुमति दिएर एसएलसी परिक्षासम्मको अध्ययन अध्यापन गराउने थलो बनेको अस्थामा अहिले खुल्ला विश्व विद्यालयको स्नातक तहसम्मको अध्ययन गर्न पाउने र परिक्षा दिन पाउने ब्यवस्था छिमेकी सरावल गाउपालिकामा स्थापना हुन सक्नु यस क्षेत्रको सौभाग्य भएको गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । गाउपालिकाद्धारा प्रदान गरिदै आएको सेवा सुविधामा कटौती नगरी आवश्यकता अनुसार थप सुविधा प्रदान गरिने प्रतिवद्धता पनि जनाएका थिए । सरकार गाउपालिका भित्र कुनै विश्व विद्यालयको स्नातक तहको अध्ययन अध्यापन हुने शैक्षिक सस्था थिएन् । खुल्ला विश्व विद्यालयकै भए पनि अहिले सरावलमा उच्च शिक्षा स्नातक अध्ययन गर्न पाउने गरि अध्ययन केन्द्र खुल्नु गाउपालिकाकै स्वभिमान बढाएको उनको भनाई थियो ।
अहिले खुल्ला विश्व विद्यलायको इस्लामिक अध्ययन केन्द्र स्थापना भएको छ,उनले भने, आउने दिनमा अन्य विषयको पनि अध्ययन केन्द्र थप हुन सक्ने सम्भावना हुन्छ । यसले गाउपालिकाको शैक्षिक विकासमा टेवा पुर्याउने उनको भनाई थियो । शिक्षा क्षेत्रको साधारण शिक्षा बाहेक,धार्मिक र प्राविधिक धारको शिक्षा पनि अध्ययन हुने गरेको छ । जस्मा धार्मिक शिक्षामा विद्यालय तहमा अध्ययन गरेका विद्यार्थीले अहिले विश्व विद्यालयको स्नातक पनि पढने सुविधा यसले प्रदान गरेको उनले बताए । आफ्नो कार्यकालमा एउटा महत्वपुर्ण काम गरेको सन्तोष ब्यतm गर्दै गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरीले अहिले त्यसैको आधारमा अहिले गाउपालिका भित्र स्नातक तहको अध्ययन केन्द्र बन्न सकेको देख्न पाइयो । केही राम्रो काम गरिएको अनुभुति पनि भएको छ, उनले भने,अहिले आयोजकले सम्मान गरेर गौरवान्वित गरेका छन् । आफ्नो सहयोग निरन्तर रहने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *