रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव

नवलपरासी,२४ पुस
जिल्लाको रामग्राम नगरपालिका २ स्थित पवन माध्यमिक विद्यालयले विद्यार्थी संख्या उल्लेख्य वृद्धि गर्दा पनि भौतिक पुर्वाधार नहुदा विद्यालय सञ्चालनमा समस्या देखिएको जनाएको छ । नगरपालिकाकै सर्वाधिक विद्यार्थी संख्या भएको विद्यालय भए पनि आवश्यक पुर्वाधार नहुदा पठन पाठन र ब्यवस्थापनमा समस्या देखिएको हो ।
रामग्राम नगरपालिका भित्र सञ्चालिन माध्यमिक तहका विद्यालय मध्ये बसै भन्दा बढि विद्यार्थी भर्ना गरि पठन पाठन गराउने पवन मावि मात्रै भएको विद्यालयले जनाएको छ । पठन पाठन र अनुशाशित विद्यार्थी बनाउने हुदा अभिभावकको पहिलो रोजाईमा पवन मावि नै पर्ने गरेको विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार पाठनले बताए । अभिभावकको विश्वास जितिएको भए पनि सरकारी लगानी भित्रयाउन नसक्दा पुर्वाधार अभाव देखिएको उनको भनाई थियो । उनका अनुसार हाल सो विद्यालयमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास कक्षा देखी १२ कक्षासम्म पढाई हुने गरेको छ ।
रामग्राम नगरपालिका भित्रको विद्यालय भए पनि अन्य पालिकाका पनि विद्यार्थी यहाँ भर्ना गराउन आकर्षित हुन्छन्,तर विद्यार्थीलाई चाहिने आवश्यक कक्षाकोठा,खेलमैदान,पुस्कालय,सौचालय आदी जस्ता पुर्वाधार अभाव छ,विद्यालयका प्रधानाध्यपक पाठकले भने,नगरपालिका र प्रदेश सरकार तथा संघ सरकारले उचित मात्रामा पुर्वाधार विकास अनुदान उपलब्ध गरायो भने अझै पनि धेरै संख्यामा विद्यार्थी भर्ना लिन सकिन्छ । उनका अनुसार दरबन्दीका शिक्षक बाहेक निजी स्रोतका शिक्षक पनि विद्यालयमा अध्यापन गराउने गरेका छन् । विद्यालयमा कुल ४५ जना शिक्षक र ५ जना कर्मचारी कार्यरत छन् । विद्यालयको मुख्य बजारमा रहेको पवन मावि विगत बर्ष देखी नै आफ्नो पहिचान बनाएको विद्यालय हो ।
सरकारले नगरपालिका भित्र नमुना विद्यालय पनि सञ्चालन गर्दै आएको छ । नगरपालिका भित्र प्राविधिक धारका विद्यालय पनि छ । तर विद्यार्थी संख्याको रुपमा पवन मावि मात्रै भएको प्रधानाध्यापक पाठकले बताए । उनका अनुसार नगरपालिकै आदर्श माध्यमिक विद्यालय नमुना माविको रुपमा सरकारबाट बर्षेनी डेढ करोड अनुदान आउने गरेको छ । त्यसै गरि नगरपालिका भित्रकै जनता माध्यमिक विद्यालय डैनहवामा प्राविधिक धार तर्फ पनि कक्षा सञ्चालन भई रहेका छन् । तर पनि विद्यार्थीको आकर्षण पवन माविमा भएको उनको दाबी थियो ।
विद्यालयको तथ्याँक अनुसार बालविकास केन्द्रमा १ सय ४१ जना,कक्षा १ मा ३७ जना,कक्षा २ मा ६९ जना,कक्षा ३ मा ६० जना,कक्षा ४ मा १ सय ८ जना, कक्षा ५ मा १ सय ५ जना,कक्षा ६ मा १ सय २३ जना,कक्षा ७ मा १ सय ७५ जना,कक्षा ८ मा १ सय ९१ जना कक्षा १० मा १ सय ९४ जना,कक्षा ११ मा ३ सय ५५ जना र कक्षा १२ मा ३ सय ८ जना बालबालिका अध्ययनरत छन् । अझै पनि कक्षा ११ मा विद्यार्थी भर्ना गर्न खोज्दै आउने गरेको तर पुर्वाधार अभावले केही निर्णय लिन गाह््रो भई रहेको प्रधानाध्यापक पाठक भने,बालबालिकाले विद्यालय रोजेर पढन पाउनु उनीहरुको अधिकार हो । भर्ना लिन्न भनेर सामुदायिक विद्यालयले भन्न पाउदैन्,तर सरकारले पनि विद्यार्थी अभिभावकको भावना अनुसार पनि विद्यालयको भौतिक पुर्वाधार तर्फ ध्यान पुर्याउनु पर्ने देखिएको छ ।
लुम्बिनी प्रदेश सरकारले दुई हजार भन्दा बढि विद्यार्थी भएका विद्यालयलाई भौतिक सुविधा सुधार कार्यक्रमका लागि अनुदान दिने प्रावधान ल्याएको छ । यसको पहल विगत बर्षमा हुन सकेको थिएन । अहिले प्रदेश सरकारले विद्यालय भौतिक सुविधा सुधार कार्यक्रमका लागि दिईने १ करोड अनुदानका लागि पहल गर्नमा लागिएको छ । यसका लागि राजनीतिक,समाजसेवी र जनप्रतिनिधिको तर्फबाट पनि पहल हुनु पर्ने उनले चाहना ब्यतm गरे । कक्षा ११ र १२ मा धेरै विद्यार्थी हुने गरेका छन, उनले भने, यहाँ कक्षा १२ पास गर्ने बालबालिकाले स्नातक तहको लागि पनि क्याम्पस सञ्चालन गर्न माग समेत गर्ने गरेका छन् ।
स्नातक अध्यापन गराउन सक्ने मानविय जनशतिm छ,उनले थपे,तर भौतिक पुर्वाधार अभावका कारण त्यता तर्फ सोच्न नै पाइएको छैन् । स्थानिय अभिभावक र जनप्रतिनिधि तथा सरोकारवाला सरकारी निकायले पहल गरिदिए त्यो पनि सञ्चालन गरेर विद्यार्थीको भावना र चाहना पुरा गर्न सकिन्छ । यसका लागि यस क्षेत्रका शिक्षा प्रेमी बुद्धिजिविले सकारात्मक पहल गरिदिन पर्यो । विद्यालयमा भौतिक पुर्वाधार अभाव रहेको स्वीकार गर्दै सोही वार्डका वार्ड अध्यक्ष निरज रौनियारले यसका लागि आफुले पनि नगरपालिकासँग निरन्तर पहल गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *