Health Advertisement

‘गण्डक बाँध’ कामको गुणस्तर प्रति स्थानियको आशंका

नवलपरासी,४ जेठ
जिल्लाको गण्डक क्षेत्रका भत्किएको बाँधको मर्मत तथा कटान रोक्ने कार्यमा भारतिय पक्षले ढिलो गरि काम शुरु गरेको प्रति स्थानियबासीले कामको गुणस्तर प्रति आशंका ब्यतm गरेका छन् । बर्षायाम सकिएको ७ महिना वितिसक्दा पनि काम नगर्ने र अब एक महिना पछि बर्षायाम शुरु हुने बेला गण्डकको भत्किएको काम गर्न ठेकेदार आए पछि कामको गुणस्तर प्रति स्थानियबासीले आशंका ब्यतm गर्न थालेका हुन् ।
ढिलो गरि काम शुरु गर्दा हता हतारमा कमसल समाग्रि प्रयोग गर्न पाईने र समाग्रि नदीले बगाएर लगेको विभिन्न बहाना बनाउदै विल बनाउने कार्य मात्र हुने गरेको स्थायिनको आरोप रहेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि गण्डक क्षेत्रमा भारतिय पक्षद्धारा हुने कार्य ढिलो भएको छ,स्थानिय लख्खु यादवले भने,यसले भारतिय ठेकेदारले काम भ्रष्टाचारको बाटो रोजेका छन् । गण्डक बाँधको मर्मत सम्भार नहुदा स्थानिय त्रसित छन् । बेला बेलामा स्थानियले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउदै आएको भए पनि भारतिय ठेकेदारको रवैया उस्तै रहेको उनको भनाई थियो । कुन काम कति गर्ने हो ? त्यसको लगत स्टिमेट पनि स्थानिय वा सरोकारवाला निकायलाई थाहा छैन् । कुन समाग्रि कहाँबाट ढुवानी गरी ल्याउने हो ? त्यसबारे पनि उनीहरुले निक्र्यौल गरेका छैनन् । यसले गर्दा पनि उनीहरुको काम प्रति स्थानियको आशंका हुनु स्वभाविक भएको उनले बताए ।
गण्डक नदी नियन्त्रण संघर्ष समितिले पनि बेला बेलामा गण्डक बाँध सम्बन्धि भएको सम्झौता कार्यान्वयन गर्नका लागि आवाज उठाउने गरेको छ । तर सरकारी निकाय त्यस प्रति मौन नै रहने गरेका छन् । २०६५ सालमा गण्डक संघर्ष समितिद्धारा भएको एक महिने आन्दोलन पश्चात २१ बुदे सहमति भएको थियो । तर ति सहमति अनुसार अहिले पनि काम भई रहेको छैन् । सन २०१६ सालमा नेपाल भारत विच भएको गण्डक सम्झौता भारतिय ठेकेदारलाई कमाई खाने भाडो मात्र बनेको छ । जबकी गण्डक बाँध भत्किएमा नेपाल भन्दा कम क्षति भारतले ब्यहोर्नु पर्दैन ्। गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध अति नै जोखिम अवस्थामा छ । ति बाँध भत्कियो भने नेपालको सुस्ता,प्रतापपुर र सरावल गाउपालिका प्रभावित हुनेछ । जबकी भारतको महराजगंज,देवरिया,गोरखपुर बस्ती जिल्लासम्म प्रभावित बनाउने छ ।
यस प्रति भारतको गंगा बाढ नियन्त्रण आयोगले बेला बेला भारतिय प्राविधिक र ठेकेदारलाई चेतावनी दिदै आए पनि ठेकेदार र प्राविधिकहरुमा कुनै सुधार आएको छैन् । जहिले पनि काम ढिलो गर्ने,कमसल समाग्रि र कम समाग्रिको प्रयोग गर्ने गर्ने गरेका छन् । नेपाली पक्षको कुरा परै जाओस भारतिय प्रशासनिक निकायले पनि अनुगमन गरि धेरै पटक चेतावनी दिई सकेको छ । केही बर्ष पहिला पनि आयोगले चार जना इन्जिनियरलाई निलम्बन गरि कारवाही समेत गरेको थियो । करोडौको बजेट ठूलो मात्रामा हुने घोटालाले प्राविधिक इन्जिनियरको मिलोमतोमा मोटो रकम हात पार्ने हुदा इन्जिनियरहरुले कारवाहीको उपेक्षा गरि रकम केन्द्रित हुने हुदा पनि गण्डक बाँधको काममा समस्या हुने गरेको छ । हालसम्म १० अर्ब भन्दा बढि भारतले बाँध क्षेत्रमा लागनी गरेको बताउदै आए पनि सो बराबरको काम हेर्न सक्ने अवस्था छैन् । गण्डकमा लगानी बालुवामा पानी जस्तै भएको बताउदै उनले यस प्रति स्थानियबासी र स्थानिय तहका जनप्रतिनिधि र स्थानिय प्रशासनले नै चाँसो लिनु पर्ने बताए ।
नेपालको कुटनीति हैसियन असफल जस्तै छ,यसमा समाजिक र स्थानिय स्तरबाट दवाव बढाउन सके मात्र गण्डक समस्या समाधान तर्फ जान सक्ने स्थानियबासीहरुको भनाई रहेको छ । ठेकेदारहरुले काम गर्न गण्डक बाँधमा छाप्रो बनाएर बस्न थालेका छन् । बाहिरबाट आउने अनुगमन निकायले एक छिन काम हेरेर मात्र फर्कने गर्छन् । फर्के पछि फेरी पनि ठेकेदारहरुको रवैया त्यही नै रहन्छ । यो समस्या जटिल नै रहेको हुदा गण्डक दिर्घकालिन रुपमा समस्या बन्दै गएको स्थानियबासीले महशुस गर्न थालेका छन् । स्थानियबासीलाई नै गुमराह पार्दै केही स्थानिय खोला माफियाहरुले गण्डक नदीकै बालुवा चोर्ने,बेच्ने र छडिक स्वार्थमा लागेको हुदा उनीहरुलाई पनि नियन्त्रण गर्दै जिल्ला स्थित स्थानिय प्रशासन र जिससले काम गर्नु पर्ने स्थानियबासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *