Health Advertisement

रामग्राम नगरपालिकाले शुरु गर्यो झरही खोला कोेरिडोरको निर्माण

नवलपरासी,१३ फागुन
जिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्रबाट बग्ने झरही खोला किनारलाई ब्यवस्थित गर्न झरही करिडोर बनाउने लिएको लक्ष्य अनुसार कामको थालनी गरेको छ । झरही खोलाको सरसफाई,पानी बग्ने धारलाई च्यानालाईज र किनारमा सडक सहितको तटबन्धन निर्माण गर्दै कोरिडोर बनाउने कार्य शुरु भएको छ ।

झरही खोलासँगै जोडिएका महत्वपुर्ण ऐतिहासिक तथा पुरातात्विक धार्मिक स्थलहरु रहेको र खोला किनारमै धेरै आवश्यक पुर्वाधारहरु बनेको हुदा झरही कोरिडोरले ति सबै क्षेत्रलाई जोड्ने कार्य गर्नेछ । खोलाको पानी नियन्त्रण र ब्यवस्थापन गरि उपयोग गर्ने र खोला भित्र जम्मा भएका फोहोर,बालुवा,माटो,ढिस्को जस्ता पानी अवरोधक बस्तु निकाल्ने र सफा गर्ने कार्य यसै कोरिडोरसँगै हुने नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । नदी सफा नहुदा चुरे पहाडबाट बगेर आउने पानी बस्ती तर्फ जाने खत्तरा पनि छ,उनले भने,जल प्रकोप नियन्त्रणमा पनि यहिँ कोरिडोरले समस्या समाधान गर्नेछ । झरही खोला एउटा चुरेबाट बग्ने खोला मात्रै नभई नगरभित्रका धेरै तिर्थ स्थलहरु जोड्ने माध्यम पनि रहेको छ ।

समाजिक र साँस्कृतिक सभ्यता संरक्षण गर्ने स्रोतको रुपमा पनि झरही खोला रहेको छ । यसैले नगरसभाले झरही कोरिडोरको रुपमा विकास गरि अभिसाप बनेको झरही खोलालाई बरदानमा परिणत गर्ने नीयतीका साथ कामको थालनी भएको नगरपालिकाले जनाएको छ । हालैको नगरसभाले समेत झरही खोला कोरिडोरका लागि पचास लाख रुपिया बजेट विनियोजन गरेको छ । सोही रकमबाट अहिले परासी हाट बजार क्षेत्रबाट काम शुरु भएको इन्जिनियर गुप्ताको भनाई थियो । सुनवल नगरपालिका स्थित चुरे पहाडबाट बगेर आउने झरही खोला किनारमै विभिन्न पार्क र धर्मस्थलहरु पनि जोडिएका छन् । भगवान गौतम बुद्धको अष्टधातु राखिएर बनेको रामग्राम स्तुप समेत झरही किनारमै रहेको छ । रामग्राम स्तुप कै नामले यो नगरपालिकाको नाम रामग्राम नै कायम गरिएको थियो । भने प्राचिन ऋषि परासर समेत आएर बास बसेको स्थान परासी भएको मान्यता पनि रहदै आएको छ । सो परासर ऋणि बास बसेको स्थान हाल रामग्राम १२ कसिया शान्तिचौर स्थित गुफा भनेर चिनिने कुटी झरही किनारमै अवस्थित छ ।

झरही किनारमै परासी बसपार्कको निर्माण भई सकेको छ । बसपार्ककै पुर्व पट्टि शान्तिपार्कको प्रस्ताव पनि गरिएको स्थान झरही खोला किनारमै छ । झरही खोला किनारमै वार्ड नं.८ को मसान घाट,कसिया सामुदायिक बन र निर्माणाधिन उनवछ लिफ्ट सिचाई योजनालाई समेत झरही खोला कोरिडोरले जोड्ने भएको हुदा झरही कोरिडोर काम एक उदेश्य अनेक जस्तै रहेको हुदा यो नगरपालिकाको प्राथमिकतामा परेको इन्जिनियर गुप्ताको भनाई थियो । अहिले काम शुभारम्भ गरिएको छ,उनले थपे,पुरै खोला भरि कोरिडोरको निर्माण कार्य सम्पन्न गर्न केही बर्ष लाग्न सक्छ,तर शुभारम्भ अहिले भएको छ । झरही खोला,भलुही खोला,तुरियाखोला,रामखण्डा खोला जरि चार वटा खोला बगेको रामग्राम नगरपालिकाले सबै खोला किनारलाई ब्यवस्थित गरि खोला किनारमा रोडकोरिडोरको निर्माण गर्ने लक्ष्य रहेको छ । त्यसका लागि अहिले रामग्राम नगरपालिकाले आफ्नै स्काभेटर खरिद गरेको छ । जस्ले गर्दा खोलाको सफाई र कोरिडोर बनाउनमा सहजता हुने उनको भनाई थियो । जुन कार्य अहिले अहिले झरहीखोलाबाटै शुभारम्भ गरिएको छ ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *