तेश्रो पटक थपिएको म्याद सकिन लाग्दा पनि काममा ढिलाई,सास्ती ब्यहोर्दै स्थानिय

नवलपरासी,१६ कातिक
जिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्यको दोश्रो पटक म्याद थपाए पनि काममा ढिलाई गर्दा स्थानियलाई सास्ती ब्यहोर्न परेको छ । गत असार मसान्तसम्म सम्पन्न गर्ने गरि पहिले म्याद थप गराएको ठेकेदारले काममा ढिलाई गर्दा तेश्रो पटक मंसिर महिनासम्म म्याद थप गराएको तर अहिले पनि काम नगर्दा सडक धुलाम्य र हिलाम्य हुदा स्थानियले सास्ती ब्यहोर्न परेको बताएका हुन् ।
सधै काममा ढिलाई गर्ने ठेकेदारलाई म्याद थप्दा पनि थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानियले आशंका गरेका थिए । आखिरमा अहिले त्यही देखिएको स्थानियले गुनासो गरेका थिए । शुरुको सम्झौतमा निर्माण कम्पनीले म्याद सकिदा सम्म २० प्रतिसत काम गरेन् । पछि पहिलो पटक म्याद थप भयो,स्थानिय जितेन्द्र गुप्ताले भने, त्यस पछि पनि काम ढिलो नै भई रह्यो । अहिले दोश्रो पटक म्याद थप्दा पनि ५० प्रतिसत पनि काम हुन सकेन,साउनमा तेश्रो पटक म्याद थप भएको सुनिएको थियो, तेश्रो पटकको म्याद पनि सकिन ढेड महिना बाकी छ । म्याद थपाउदै काम लम्याउदै जादा स्थानियले धुलो हिलोमा हिड्न बाध्य भएको उनको भनाई थियो ।
सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्कामा पर्ने गरेको गुनासो स्थानियबासीले गरेका छन् । म्याद थपाउदा मुल्यवृद्धि दाबी गर्न पाईदो रहेछ,उनले भने,त्यसै लोभले पनि ठेकेदार र सरकारी इन्जिनियरहरुको म्याद थपाउने लाभाँस बाड्ने खेल हुने गरेको छ । तर सरकारी कर्मचारी र ठेकेदारलाई मालमाल जनतालाई हैरानी ब्यहोर्न परेको उनको भनाई थियो ।
महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुदै पुर्वपश्चिम राजमार्ग जोड्ने उतm सडकको पहिलो खण्ड निर्माणमा ढिलाई भई रहदा पुरै सडक बन्न दशक लाग्ने आकलन स्थानियको थियो । सरकारले ठेक्का लगाउने तर बजेट बिनियोजन नगरिदिईने गरेको जनाउदै ठेकेदारले काममा ढिलाई गर्ने गरेका छन् । सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन् । सडक स्तरोन्नतीको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको छ । महेशपुर भन्सारलार्इै मुल भन्सार बनाउने र सोही अनुसारको सडकको स्तरोन्नती गर्ने लक्ष्य अनुसार योजना सरकारले लिएको थियो । बजेट अभाव र ठेकेदारको बदमासीले अहिले स्थानिय जनतालाई हैरानी र सास्ती ब्यहोर्न परेको उनको भनाई थियो ।
सडकको दुबै किनारमा निर्माण कम्पनीले नाला मात्र निर्माण गर्न सकेको छ । सडकमा ग्राभेल(सबबेस) हाले पनि वरिपरि खाल्टा खुल्टी परेका छन् । वरिपरीका घर र ब्यपार ब्यवसायलाई प्रभावित बनाई रहेको छ । ब्यपार त पुरै चौपट भएको बताउदै गुप्ताले भने, निर्माण कार्य गर्ने निर्माण ब्यवसायी सम्पर्कमा हुदैनन्,जनताले कस्लाई गुनासो गर्ने ? सरकारी प्राविधिकको त नाक मुख हेर्न पाईदैन् । सडकको अवस्था विगत भन्दा दयनिय बन्दै गएको छ । बरु सडक स्तरोन्नतीको ठेक्का नहुदा बर्षेनी सडक मर्मत हुदै आएको थियो, त्यसले गर्दा खाल्टा खुल्टी पुरिदै जान्थ्यो । तर अहिले ठेक्कामा परेको हुदा त्यो सडकको मर्मत समेत रोकिएको छ । निर्माण ढिलाई भई रहेको छ । भन्सार राजस्वमा सडक पनि एउटा कारक बनेको दाबी उनको थियो । कलभर्टहरु बन्दा पानी जम्ने र डुबान जस्ता पनि समस्या यथावत छन् । सडकको किनारमा अहिले जहाँ तही ढुगाँ,गिट्टि,बालुवा,माटोहरु थुपारिएका छन् ।
ठेकेदारको लापर्वाही हो भन्ने ठेकेदारलाई काम गर्न लगाउनु पर्छ, बजेट नछुट्टयाइएको हो भने बजेट छुट्टयाउनु पर्छ । सडकको विचमा स्टोन लगाउनु पर्नेमा ठेकेदारले सिधै ढलान गर्दै आएको छ । यसमा के कस्ता डिजाईन र स्टिमेट छन् ? त्यसको जानकारी कहाँबाट पाउने समेत जानकारी नरखिएको हुदा सडकमा ठेकेदारको मदमासी र प्राविधिकको बेईमानी कायमै रहेको उनको भनाई थियो । नेपाल सरकारको भौतिक पुर्वाधार तथा यातायात विभाग को सडक डिभिजन कार्यालय बुटवलले सो सडकको महेपुर बजार देखी हरपुर बजारसम्मको खण्डलाई २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ भ्याट सहितको रकममा ठेक्का लगाएको थियो ।
उतm ठेक्काको काम गौरीशंकर हिमालयन निर्माण प्रालिले २०८० साल बैशाख २६ गते सम्झौता गरि २०८१ असोज २६ गते भित्र सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । त्यस पछि २०८२ असार मासन्तसम्मको दोश्रो म्याद थप्यो । अहिले २०८२ मंसिरसम्मको म्याद थपेको छ । तर अहिले सडकका थुप्रै काम पनि पुर्ण भएका छैनन् । सडक निर्माण ढिलाईले दर्जनौ पसल विस्थापित समेत बनेका छन् । दर्जन घरहरु सडक फराकिलो हुन्छ,भनेर घर भत्काएका छन् । तर सडक नबन्दा घर त भत्कियो,भत्कियो,बचेका घरमा पस्नका लागि बाटो समेत अवरुद्ध भएका छन् ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *