नवलपरासी (ब.सु.प.)

नवलपरासीका पशुमा लम्पी स्किन रोगको संक्रमण बढदै,किसान चिन्तित
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीका पशुमा लम्पी स्किन रोगको संक्रमण बढदै,किसान चिन्तित

नवलपरासी,२२साउनविगत दुई बर्ष पहिला लुम्बिनी प्रदेशमा लम्पी स्किन रोग महामारीको रुपमा देखिदा कम प्रभावित रहेको नवलपरासीमा अहिले पुनःलम्पी स्किन रोग देखा परेका छन् । सरोकारवाला निकायले बेलामै पशु स्याहार,खोप उपचारको काममा लापर्वाही गर्दा अहिले जिल्लामा लम्पी स्किनको रोग पशुमा वृद्धि हुदै गएको हो ।हरेक दिन लम्पी स्किनका विरामी पशु भेटेनरी अस्पतालमा आउने गरेको र गाँउ गाँउबाट पनि सुचना आई रहेको हुदा लम्पी स्किन लागेका पशुको संख्या दिन प्रति दिन बढदै गएको देखिएको हो । जिल्लामा लम्पी स्किन रोग बेलामै अभियानमुखी उपचार र खोप कार्यक्रम सञ्चालन नगरिए महामारीको रुपमा लिन सक्ने पशु चिकित्सकले बताए । जिल्लामै अवस्थित पशु रोग अन्वेषण प्रयोगशाला परासीले पशुको नुमना संकलन गरि परिक्षण गर्दा सुनवल,वर्दघाट र रामग्रामका १४ वटा पशुमा लम्पी स्किन रोग पोजेटिभ देखिएको भनि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...
अलपत्र पुल निर्माण गर्न सरोकारावालाद्धारा सरकारको ध्यानाकर्षण
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

अलपत्र पुल निर्माण गर्न सरोकारावालाद्धारा सरकारको ध्यानाकर्षण

नवलपरासी,२० साउनजिल्लाको परासी — पण्डितपुर पर्यटन मागमा पर्ने तुरियाखोला पुल तिन बर्ष देखी अलपत्र पर्दा सरोकारवालाले पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मन्त्री आउने र पुल बनाई दिने आश्वासनमा सिमित बनेको उतmपुलको निर्माणमा ध्यान दिइनु पर्ने उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवार लगायतको ध्यानाकर्षण गराए पछि प्रदेश सभा सदस्य कलवारले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको ध्यानाकर्षण गराएका हुन् ।औपचारिक रुपमा नेता तथा मन्त्रीहरुले आश्वासन दिए पनि ठेकेदारको सामु ति नेता र मन्त्रीको केही नचल्ने गरेको आरोप स्थानियले लगाएका छन् । मन्त्री आउने हेर्ने र आश्वास दिदै्र फर्के,तर काम तिन बर्ष देखी अलपत्र नै रहेको संघका अध्यक्ष अग्रहरीले पुल देखाउदै भने,हेर्दै जाओ कहिले पुल बन्छ । सडक बन्यो,तर पुल...
नेपाल स्वयमसेवी रक्तदाता समाज नवलपरासीको अध्यक्षमा पौडेल
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नेपाल स्वयमसेवी रक्तदाता समाज नवलपरासीको अध्यक्षमा पौडेल

नवलपरासी, १७ साउननवलपरासीमा स्वयमसेवी रक्तदाताहरुको छाता संगठन नेपाल स्वंयमसेवी रतmदाता समाजको अध्यक्षमा मोहन पौडेल सर्वसम्मत चयन भएका छन् । शनिवार परासीको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित सामाजिक अगुवा तथा रक्तदाताहरुको भेलाले पौडेलको नेतृत्वमा नेपाल स्वंयमसेवी रक्तदाता समाज जिल्ला शाखा नवलपरासी गठन गरेको हो ।समाजका केन्द्रीय अध्यक्ष एवं नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरी रेकर्ड कायम गर्न सफल प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले पौडेल अध्यक्ष रहने गरी समाजको ११ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो । गठित समितिको उपाध्यक्षमा प्रभा ज्ञवाली, सचिवमा पुष्पा लामा, कोषाध्यक्षमा बालकृष्ण भण्डारी रहेका छन् । यस्तै सदस्यहरुमा सीता कुँवर,दामोदर देवकोटा,डिल्लीराम काफ्ले,प्रकाश खनाल, गुड्डु गुप्ता लगायत रहनुभएको छ।समितिले जिल्लामा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने...
नवलपरासीमा मलखाद्यको कोटा वृद्धि गराउन प्रदेश साँसद कलवार सहितले बुझाए ज्ञापन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीमा मलखाद्यको कोटा वृद्धि गराउन प्रदेश साँसद कलवार सहितले बुझाए ज्ञापन

नवलपरासी,१५ साउनलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहितको जनप्रतिनिधिहरुको टोलीले जिल्लामा मलखाद्यको कोटा वृद्धिको माग गर्दै प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्य सहित सरोकारवाला मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छन् । बुधवार प्रदेश राजधानी दाँग पुगेर ज्ञापनपत्र बझाउदै मलखाद्य वितरणमा नवलपरासी जिल्लालाई विभेद गरिएको हुदा त्यसलाई सच्याई कोटा वृद्धि गर्न माग समेत गरेका हुन् ।जिल्ला स्थित कृषि कम्पनीको गोदाममा मल हुदा हुदै विक्रि वितरण नगरिएको भन्दै मुख्यमन्त्री र सिचाई तथा कृषि मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएका थिए । मल हुदा पनि कम्पनीले सो मल किन वितरण नगरेको र जिल्लाको मलको काटा घटाइएको प्रति मुख्यमन्त्री चेतनारायण अचार्य र सिचाई मन्त्री सिता शर्मा चौधरी तथा कृषि मन्त्री दिनेश् पन्थीलाई सो ज्ञापनपत्र बुझाएका थिए । टोलीमा साँसद कलवार सहित रामग्राम नगरपालिका वार्ड नं...
हाटबजारको समस्या बुझन उबासंघको टोलीद्धारा परासी हाटबजारको अनुगमन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

हाटबजारको समस्या बुझन उबासंघको टोलीद्धारा परासी हाटबजारको अनुगमन

नवलपरासी, १२ साउनउद्योग बाणिज्य संघको टोलीले परासी हाटबजारका ब्यपारीको समस्या बुझन् बजारको अनुगमन गरेको छ । ब्यपार ब्यवसाय घट्दै जाने तर हाटबजारमा नगरपालिकाले बैठकी कर बढाउर्दै जाने समस्या ब्यवसायीले संघका अध्यक्ष ओमप्रकाश अग्रहरीलाई सुनाएका हुन् ।संघका बाणिज्य उपाध्यक्ष राजेश अग्रहरी र लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्रि सहितको टोलीले हाटबजार ब्यवसायि जिल्ला समन्वय समितिका अध्यक्ष राधेश्याम अग्रहरीलाई भेटेर समस्या बुझेका थिए । उनले संघका प्रतिनिधि नगरपालिकाको राजस्व परामर्श समितिको बैठकमा जादा हाट बजारको समस्यालाई मध्यनजर गरेर बैठकी घटाउन समेत आग्रह गरेका थिए । हाटबजारको बैठकी कर स्थानिय सरकारले बढाईदिदा एक तिहाई किसान र साना ब्यवसायि विस्थापित हुन परेको सुनाएका थिए । साना किसानले उत्पादन गरेका दुई सयको तरकारी विक्रि गर्न ल्याउदा पनि एक सय बैठकी कर उठादिन्छन्, हसिँया घरेलु औजार बनाएर...
पानी पोखरीमा अक्सिजन मिसाउने मेसिन ब्लोअर जडानले माछा किसानलाई राहत
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पानी पोखरीमा अक्सिजन मिसाउने मेसिन ब्लोअर जडानले माछा किसानलाई राहत

नवलपरासी,१२ साउनअत्याधिक गर्मिले पोखरीका माछा मर्न थाले जिल्लाको एकवा मत्स्य रिजर्च प्रालि प्रतापपुर १ ले नयाँ प्रविधिको जठान गरि माछा जोगाउन सफल भएको जनाएको छ । पानीमा अक्सिजन मिसाउने मेसिन(ब्लोअर) जडान गरि माछा पोखरीलाई शुरक्षित गरिएको जनाएको हो । मत्यस्यपालन क्षेत्रमा नयाँ नयाँ अनुसंधान गर्दै आएको सो प्रालिका सञ्चालक भवानीशंकर यादवले अहिले यो ब्लोअरले ठूलो राहत पुर्याएको जनाए । एक लाखको लागनीमा अहिले यो ब्लोअर प्लान्ट जडान गरियो,उनले भने,यस्ले लाखौको माछा मर्नबाट जोगाउन सफलता दियो । ब्लोअरले निरन्तर पोखरीमा अक्सिनज प्रवाह हुने हुदा माछाको शुरक्षा मात्रै नभई वृद्धि विकासमा पनि सहयोगी देखिएको छ । उनका अनुसार नेपालमा मत्यस्य विज्ञहरुले प्रायःकम गहिरोको पोखरी बनाउनुस सिफारिस गर्छन्,तर कम गरिहराईको पोखरीले गर्मियाममा पोखरीको पानी तातिएर पानीमा अक्सिजनको माछा घटिहाल्छ भन्ने कुराको मुल्...
सरकारी अस्पताललाई रिफरल अस्पताल नबनाऔ ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री अचार्य
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सरकारी अस्पताललाई रिफरल अस्पताल नबनाऔ ः लुम्बिनी प्रदेशका मुख्यमन्त्री अचार्य

नवलपरासी,१० साउनलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण अचार्यले अस्पतालमा आउने विरामीहरुलाई विभिन्न बहाना र बखेडा झिक्दै रिफर गर्ने परिपाटी हउटाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । जिल्लाको पृथ्वीचन्द्रको ५० सैयाको नवनिर्मित अस्पतालको उदघाट गर्दै उनले सो कुरा बताएका हुन् ।सरकारी अस्पताल विपन्न गरिब लक्षित अस्पताल हुन,उनले भने,गरिब बिपन्न बर्गको आशा र भरोसा राख्ने यो सरकारी अस्पतालले सकेसम्मका सेवा निशुल्क र सहुलियत रुपले उपलब्ध गराउनु पर्छ । पैसो हुनेले निजी अस्पताल गईहाल्छन्,तर गरिब विपन्न बर्गको पहुँच ति अस्पतालहरुमा हुदैन्,उनीहरुको पहुँच यिनै सरकारी अस्पताल भएको हुदा आउने गर्छन् । जनशतिm पुर्वाधार,उपकर औजारका लागि लुम्बिनी प्रदेश सरकार लगानी गर्दै आएको र अझै पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउने लक्ष्य रहेको छ । नेपालका हरेक नागरिकको स्वास्थ्य पाउने अधिकार सं...
महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्य ःसास्तै झेल्दै जनता,म्याद थपाउदै ठेकेदार
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्य ःसास्तै झेल्दै जनता,म्याद थपाउदै ठेकेदार

नवलपरासी,१० साउनजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्यको दोश्रो पटक म्याद थपिदा पनि काम सम्पन्न हुन सकेको छैन् । सोही सडकको अहिले फेरी मंसिर महिनासम्म म्याद थप गएिको भए पनि काममा ढिलाई भई रहेको हुदा थपिएको म्याद भित्रमा पनि काम सम्पन्न हुनेमा स्थानियले आशंका गर्न थालेका हुन् । शुरु सम्झौतमा निर्माण कम्पनीले म्याद सकिदासम्म २० प्रतिसत काम नभएको स्थानियले बताएका थिए । पछि दोश्रो पटक म्याद थप भयो,स्थानिय जितेन्द्र गुप्ताले भने,तर दोश्रो पटक म्याद थप्दा पनि ५० प्रतिसत पनि काम हुन सकेको छैन् । अहिले तेश्रो पटक म्याद थप भएको सुनिएको छ,म्याद थपाउदै काम लम्याउदै जादा स्थानियले धुलो हिलोमा हिड्न बाध्य भएको उनको भनाई थियो । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्का...
पर्यटक लक्षित सार्वजनिक सौचालय बनेको दशक वित्यो सञ्चालनमा आएन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

पर्यटक लक्षित सार्वजनिक सौचालय बनेको दशक वित्यो सञ्चालनमा आएन

नवलपरासी,६ साउनपर्यटक लक्षित निर्माण गरिएको रामग्राम १२ कसिया स्थित झरहीखोला पुल नजिकको सार्वजनिक सौचालय दशक वित्दा पनि सञ्चालन आउन सकेको छैन् । नवलपरासी जिल्ला खुल्ला दिसामुतm जिल्ला घोषणा गर्नु पुर्व तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले कसिया सामुदायिक बन क्षेत्र भित्र यात्रु(पर्यटक)लाई लक्षित गरि सार्वजनिक सौचालयको निर्माण गदिएको भए पनि सरोकारवालाले चाँसो नलिईदा सञ्चालनमा आउन नसकेको हो ।चौविस लाख भन्दा बढि लगानी गरिएको चार वटा कम्बोर्ड र चार वटा प्यानल सौचालय महिला र पुरुष ब्लक गरि निर्माण गरिएको थियो । सौचालयको फोहोर नै प्रयोग हुने गरि बायोग्याँस प्लान्ट समेत जडान गर्ने लक्ष्य रहेको हुदा उतm सार्वजनिक सौचालयमा सेफ्टीट्याँकी छैन् । कि बायोग्याँस निर्माण प्लान्ट जडान गरिदिन पर्यो,कि सेफ्टीटयाँकी थप निर्माण गरि सञ्चालनमा ल्याउनु पर्ने स्थानियले माग समेत गर्दै आएका छन् । जिल्ला भ...
पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पित्तथैलीको अप्रेसन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालमा शुरु भयो पित्तथैलीको अप्रेसन

नवलपरासी,५ साउनजिल्ला स्थित पृथ्वीचन्द्रमा पित्तथैलीको शल्यक्रिया(अप्रेनस) सफलता पुर्वक सम्पन्न भएको छ । अस्पतालका चिकित्सकहरुको टोलीले पहिलो पटक पित्तथैलीको अप्रेसन सफलपुर्वक गरेको अस्पतालले जनाएको हो ।अस्पतालका लागि ठूलो उपलब्धीको रुपमा लिइनु पर्ने अस्पतालका प्रशासनका अधिकृत अमजद अली अंसारीले जानकारी गराएका हुन् । उनका अनुसार डा.अब्दुल हकिम जनरल सर्जन,डा.सबा खान(एनेस्थेसिया) र उनको नसिगँ टिम गिता चुदाली,कोमल सहानी गुन महतो सहिको टोलीले कोलिसिस्टक्सेटोमी(गलब्लाडर)को सफल शल्यक्रिया गरेको हो । अस्पतालमा यो खालको अप्रेसन पहिलो पटक भएको अंसारीले जानकारी गराएका थिए । विगतमा अस्पताल सञ्चालनको समयअवधि पछि एचएसएस सेवा दिदै शल्य क्रिया हुदै आएकोमा अब देखी नियमित सेवा भित्र पनि शल्यक्रिया निरन्तर हुने उनको भनाई थियो । यसका लागि थप चिकित्सकको ब्यवस्थापनमा अस्पताल प्रशासन लागि परेको छ, उनले भने, नियम...