नेपाल भारत मैत्री पत्रकारसंघ र भारतिय भन्सार प्रमुखसँग अन्तरक्रिया

नवलपरासी २५ साउन
नेपाल भारत मैत्री पत्रकार संघ र भारत ठूठीबारीका भन्सार प्रमुखसँग अन्तरक्रिया कार्य सम्पन्न भएको छ । भन्सारमा हालै सरुवा भई आएका नव आगन्तुक भन्सार कार्यालयका प्रमुख संजिव चौधरीसँग संघका अध्यक्ष अरुण कुमार बर्मा सहित नेपाल भारतका पत्रकारहरु समेत उपस्थित कार्यक्रममा बुधवार ठूठीबारी भन्सार कार्यलयमा अन्तरक्रिया भएको हो ।
भन्सार सम्वद्ध सुचनाहरुको उपलब्धता तथा नेपाल भारतका सेवाग्राही तथा ब्यवसायिहरुले कसरी सेवा सुविधा सहज ढंगले पाउन सक्नेबारे छलफल भएको संघका अध्यक्ष बर्माले जानकारी गराएका थिए । दुबै देशका नागरिकलाई खुल्ला आवतजावत रहेको छ । सदियौ देखीको समाजिक सांस्कृतिक सम्पन्ध पनि छ । सिमावर्ति क्षेत्रमा स साना उद्यमी ब्यवसायि पनि छन् । अहिले ठूठीबारी महेशपुर अधिकारिक नाकाको रुपमा पनि मान्यता प्राप्त गरेर काम हुदै आएको छ । यि सबै बिषय फरक फरक हुन,उनले भने, त्यसका सुचनाहरुमा एकरुपता र सामन्ज्यता कसरी कायम गर्न सकिन्छ,सुचनामा पत्रकारहरुको सहज पहुँच कसरी पुर्याउने आदीबारे छलफल भएको थियो । नवआगन्तुक भन्सार अधिकारी चौधरी हाल इलाहाबादबाट सरुवा भई आएका हुन्,उनलाई यहाँको परिवेश पुर्णरुपमा जानकारी नहुन पनि सक्छ,त्यसबारे जानकारी लिनलाई पनि उनले नेपाल भारत मैत्री पत्रकारसँग आवद्ध पत्रकारहरुसंग छलफल गर्न चाँसो देखाएका थिए । त्यही भएर कार्यक्रमको आयोजना गरिएको हो,उनले थपे, उनलाई संघले स्वागत समेत गरेको थियो ।
भन्सार कार्यालयले नेपाली नागरिकलाई के कसरी सेवा सुविधा दिदा सहज हुने कुरा बेलामा जानकारी गराउन आग्रह समेत अधिकारी चौधरीले गरेका थिए । नेपाल भारतको सांस्कृतिक सम्बन्ध पनि पुरानो छ,उनले भने, फेरी पनि दुई राज्यको मान्यता पनि स्थापित छ । खुल्ला सिमा पनि हो,त्यो भएर धेरै कुरा सहज र जटिलता पनि उत्तिकै छ । त्यसबारे नेपाली प्रशासन तथा नेपाली कस्टमसँग पनि आफुहरुले छलफल गर्ने बताए । दुबै देशको सांस्कृतिक सम्बन्धमा पनि असर नपरोस,आयात निर्यातमा कानुनी सहजता पनि होस,दुबै देशको राजश्व पनि नमरोस भन्ने हामी चाहन्छौ,त्यो भएर दुबै देशका स्थानिय अधिकारी,कस्टमसँग सम्पर्क समन्वय स्थातिय स्तरबाट हुन आवश्यक छ,त्यसमा पत्रकार बौद्धिक जमान हो,सुचनाको पहुँच राख्ने निकाय हो । त्यो भएर पहिलो चरणमा नै आफुले छलफल गर्न चाहेको थिए । अहिले छलफलले धेरै कुरा जानकारी पनि भयो, जानकारीका लागि निरन्तर सम्वादलाई कायम नै राख्नेमा उनले विश्वास ब्यतm गरेका थिए । नेपालको तर्फबाट संघका महामन्त्रि समेत रहेका पत्रकार बेचु गौड,संघको संगठन संयोजक जितेन्द्र गुप्ता,सदस्य पत्रकार हुसेन अंसारी र संजय कुश्वाहा लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *