Health Advertisement

प्रजातन्त्रका अभियन्ता स्व.टंक प्रसाद अचार्य जन्मेको घर जिर्णोद्धार हुन सकेन

नवलपरासी,७ फागुन
जिल्लाको रामग्राम नगरपालिका ३ मा स्थित टंक प्रसाद अचार्य जन्मेको घर अहिले पनि जिर्ण अवस्थामा भए पनि सरोकारवालाबाट संरक्षण तथा जिर्णोद्धार हुन सकेको छैन् । रामग्राम नगरपालिकाको वेवास्ताले अहिले सो भवन जिर्णोद्धारा हुन नसकेको हो ।
प्राचिन स्मारकको जिर्णोद्धार गर्नका लागि लुम्बिनी प्रदेश सरकारले बजेट पठाउदा पनि काम नभएको प्रति प्रदेश साँसद बैजनाथ चौधरीले नगरपालिकाको कार्यशैली पुर्वाग्राही भएको बताएका छन् । प्रजातन्त्रान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गिय टंक प्रसाद अचार्य जन्मेको घरलाई पुरातात्विक स्मारकको रुपमा संरक्षण गर्नका लागि प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले सो रकम खर्च नगरि फ्रिज गराएकोमा प्रदेश साँसद तथा पुर्वमन्त्री चौधरीले ध्यानाकर्षण गराएका हुन् । आर्थिक बर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेश सरकारको तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले सो स्मारक जिर्णोद्धारका लागि सशर्त अनुदान भनेर रामग्राम नगरपालिकालाई रु.५० लाख रकम उपलब्ध गराएको तर नगरपालिकाले काम नगरि सो रकम फ्रिज गराएरको प्रति उनले आक्रोश पोखेका थिए ।
प्रजातन्त्र दिवसको अवसरमा टंक प्रसाद अचार्य प्रतिष्ठानको नाँउमा रहेको सो स्मारकको अवलोकन गर्न पुगेका साँसद चौधरीले प्रजातान्त्र स्थापनामा स्वर्गिय अचार्यको महत्वपुर्ण योगदान रहेको छ । अचार्यको जन्मेको घरलाई स्मारकको रुपमा अहिले पनि परासी मालपोत कार्यालय परिसरमा जिर्ण अवस्थामा रहेको छ । रामग्राम नगरपालिका भित्रै रहेको उतm स्मारकलाई सम्पदाको रुपमा संरक्षण नगरपालिका आफैले गर्नु पर्नेमा प्रदेश सरकारले बजेट पठाउदा पनि खर्च नगरि निकम्मापन देखाएको साँसद चौधरीको भनाई थियो । वि.सं.१९६९ सालमा जन्मेको परासी स्थित भवन अहिले पनि उस्तै अवस्थामा रहेको छ ।

Advertisement

सय बर्ष पुरानो कुनै पनि संरचना पुरातात्विक महत्वको हुन्छ, उनले भने, यो टंकप्रसाद अचार्य जन्मेको घर शताब्दी बढि भई सकेको त्यसमा पनि प्रजातन्त्रका अभियन्ता समेत रहेका अचार्य ऐतिहासिक पुरुष भएकोले उनले बताएका थिए । प्रजातन्त्र स्थापनाका लागि राणा राजा विरुद्ध अभियान रहेको अचार्यलाई सम्झनु पर्ने दिन पनि फागुन ७ गते हो । साँसद चौधरीले भने, आफु २०४९ सालमा जिल्ला सभापति हुदा खेरी केही संरक्षण मर्मत सम्भारको कार्य भए पनि सो बेला देखी यो भवनमा कुनै मर्मत सम्भारका कार्य हुन सकेको छैन् । आफु प्रदेश सरकारको मन्त्री भए पछि यसको जिर्णोद्धारका लागि बजेट पठाउन लगाए तर नगरपालिकाको वेवास्ताले काम हुन सकेको छैन् । अचार्य राणा र अन्य नागरिक विच हुने गरेको विभेदको विरोध गर्दै आएका थिए । उनका बुवा राणा सरकारकै काम गर्ने भए पनि उनी राणाको कार्य प्रति विरोध गर्ने गरेका थिए । राणाका लागि र अन्य नागरिकका लागि शिक्षा नीति फरक भएकोले पनि त्यसको उनी विरोध गर्ने गरेका थिए । टंक प्रसादको प्रजातन्त्रका क्रान्तिकारी युवा भए पनि उनलाई मृत्यु दण्ड दियो भने बाहुन मारियो भन्ने त्रासले मात्र राणाहरुले उनको हत्या गरेनन् । उनलाई जेल हालेका थिए । अन्य चार जनालाई मृत्युदण्ड दिएर शहिद बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *