गण्डक नहर सिचाई प्रणालीको तेश्रो ढोका खोलाउदै योजना प्रमुख शाह

नवलपरासी,६ फागुन
गण्डक परियोजनाकैं इतिहासमा भारत भन्दा पहिलो नेपाली नहरमा पानी छुटाउन सफल परियोजना प्रमुख रनधिर शाहले नेपाली नहरको तेश्रो ढोका खोल्न लागि परेका छन् । नेपाली किसानलाई प्रयाप्त पानी प्रवाह गर्नका लागि उनी नहर बने देखी नै बन्द अवस्थामा रहेको तेश्रो ढोका खोलाउन लागेका हुन् ।
विगत बर्षमा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली अन्तरगत मुहानमा तिन वटा ढोका रहेको थियो । नहरमा एउटा ढोकाले मात्र पानी प्रवाह हुदै आएको थियो । दोश्रो ढोका केही बर्ष पछि उपभोतmाहरुले जबरजस्ती फुटालेको भए पनि तेश्रो ढोका अहिलेसम्म पनि पक्की पर्खाल लगाई बन्द अवस्थामा रहेको थियो । भारतीय पक्षले भारतिय नहरमा पानी लैजान थाले पछि मात्र नेपाली नहरमा पानी छाड्ने परम्परालाई तोड्दै यो बर्ष आयोजना प्रमुख शाहले नेपालीलाई आवश्यक परेको जति बेला पनि पानी पाउनु पर्ने भन्दै भारतिय पक्षसँग सम्वाद बढाए । कुनै बर्ष भारतलाई पानी नै चाहिदैन भने नेपाललाई पनि पानी चाहिदैन भन्ने होइन्,उनले भने,नेपाली किसानलाई जति खेर पानी आवश्यक पर्छ त्यतीखेर भारतिय पक्षले नहरमा पानी छाड्नु पर्छ ।
दुई पक्षिय हितका लागि बनेको गण्डक बाँध परियोजना पानीका लागि भारतको भर किन पर्ने ? भारतीय किसानलाई आवश्यक परेको बेला भारतले पानी लैजाओस नेपाली किसानलाई आवश्यक परेको बेला नेपाली किसानले पानी पाउन भन्ने मान्यता स्थापित गर्नु पर्छ,भनेर उनले भारतिय पक्षसँग सम्वाद गर्न थाले पछि भारतिय पक्षले महशुश गरि पानी छाडेको उनको भनाई थियो । हिउँदेबालीका लागि भारत किसान भन्दा एक महिना पहिला नेपाली किसानलाई पानीको आवश्यकता पर्ने हुन्छ । तर भारतले नेपालकै लागि ब्यारेज सञ्चालन गर्ने कार्य गरेको थिएन्,उनले थपे,तर यो बर्ष महिना दिन अगाडी नै नेपाली नहरमा पानी प्रवाह गराउन सफल भएका छौ ।
त्यसै गरि दुई वटा ढोकाले मात्र नेपाली नहरमा पानी प्रयाप्त नभएकोले अहिले तेश्रो ढोका फुटालेर सञ्चालनमा ल्याउनका लागि ढोका फुटाल्ने र रेगुलेटर जडान कार्य हुने प्रमुख शाहले बताए । मुल नहरको ढोकासँगै सिचाई प्रणालीका अन्य स्थानका शाखा प्रशाखामा पनि ढोका रेगुलेटर जडानका लागि तिन करोडमा ठेक्का भई सकेको छ । मुल ढोकामा रेगुलेटर जडानका लागि समाग्रि खसाली सकिएको जनाउदै उनले भने, बर्षे बालीका लागि पानी तिनै वटा ढोकाबाट प्रवाह गरिने छ । जस्ले गर्दा नेपाली किसानलाई पानी प्रवाहमा समस्या कम हुदै जानेछ । उनका अनुसार तिन वटै ढोकाले पानी प्रवाह गर्दा पानीसँगै बालुवा(सिल्ट) समेत आउने हुदा सिल्ट रिजेक्टरका लागि पनि पानी जम्मा गर्ने पोखरी निर्माण तथा उपकरण जडानका लागि योजना बनाई सिचाई मन्त्रालयलाई पठाइ सकिएको छ ।
सिचाई मन्त्रालयले पनि ति योजना स्वीकृत गरि बजेटका लागि अर्थ मन्त्रालयमा पठाई सकेको उनले जानकारी गराए । अर्थ मन्त्रालयले सैद्धान्तिक सहमति दिने वित्तिकै त्यसका लागि पनि टेण्डर आह्वान गरिने छ । क्रमशः निर्माण प्रकृया पनि शुरु हुनेछ । दुई वटा पानी पोखरी र सिल्ट रिजेक्टर उपकरणका लागि ४०÷४० करोड लागत पर्ने विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनेको छ । सिल्ट रिजेक्टर परियोजन ाबने पछि नेपाली नहरमा आवश्यकता अनुसार पानी प्रवाह हुनेमा उनले विश्वास ब्यतm गरे । ३२ किलोमिटर लामो गण्डक नहरको सिचिँत क्षेत्रको विस्तार पनि गर्न सकिने सम्भावना रहेको उनको भनाई छ । हालसम्म ८ हजार ७ सय हेक्टर गण्डक कमाण्ड क्षेत्र रहेको छ । परियोजना प्रमुख शाहको कृयाशिलताले ढिलै भए पनि नेपाली किसानले बेलामा पानी प्राप्त गरि सिचाई गर्न पाएको गण्डक जल उपभोतmा संस्थाका अध्यक्ष हैदल अलि मोमिनले बताए । यसले नेपाली किसानलाई उत्साही बनाएको छ, उनले भने, तिन वटै ढोका सञ्चालनमा आए पछि विगत भन्दा बढी किसानले सिचाई सुविधा पाउने छन् । सिल्ट रिजेक्टर बन्न सकेमा जतिखेर पनि किसानले पानी पाउने हुदा यसका लागि सरकारले प्रयाप्त बजेट ब्यवस्थापन गरिनु पर्ने उनको भनाई थियो ।


सिचाई, विद्युत तथा नदी नियन्त्रण गरि डुबान कटान रोक्ने उदेश्यले वि.सं.२०१६ सालमा नेपाल र भारत विच दुई पक्षिय गण्डक सम्झौता भएको थियो । नेपालका लागि असमान सम्झौता भए पनि सम्झौत अनुसार पनि भारतीय पक्षबाट विद्युत तथा सिचाईका लागि पानीमा नियन्त्रण रहदै आएको छ । डुबान कटानका लागि पनि चाँसो लिएर भारतिय पक्षसँग काम हुन नसकेको महशुस नेपाली किसानले गर्दै आएका छन् । गण्डक बाँधबाट भारतले १२ हजार र १५ हजार क्युसेक पानी प्रवाह हुने पुर्वि र पश्चिमी नहर सिचाई प्रणाली बनेको छ । नेपालका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा तिन सय क्युसेक पानी प्रवाह हुने खालको नहर संरचना तथा ढोका बनाइएको छ । त्यसमा पनि अहिलेसम्म दुईवटा ढोका मात्र सञ्चालन हुदै आएका थिए । विद्युतका लागि १५ मेगावाट क्षमताको गण्डक जलविद्युत केन्द्र बनेको छ । तर त्यसमा पनि पानीको नियन्त्रण भारतिय पक्षमै निहित भएका कारण क्षमता अनुसारको विद्युत उत्पादन हुन सकेको छैन् ।
पिडित किसानले बेला बेलामा गण्डक परियोजना विरुद्ध आन्दोलन तथा संघर्षका कार्यक्रम पनि गर्दै आएका छन् । भारतिय पक्षले विभिन्न समयमा सम्झौता कार्यान्वयनका लागि सहमती माथि सहमती गर्ने तर पालना नगर्ने प्रवृति अहिलेसम्म कायम रहेको छ, भने नेपाली पक्षबाट पनि गण्डक परियोजना प्रमुखका लागि आउने अधिकृतलाई सरुवा गर्ने,आवश्यकता अनुसार बजेट उपलब्ध नगराई दिने जस्ता कारणले पनि नेपाली किसान पिडित बनेका छन् । नेपाली किसानको समस्याका लागि परियोजना भित्रै भु आर्जन तथा सम्पर्क अधिकृत(लाईजन) सहितको कार्यालय पनि खोलिएको छ । नेपाल सरकारले नियुतिm गर्ने तर तलब सुविधा भारतले दिने हुदा नियुतmी भएर आउने कर्मचारी पनि नेपाली किसानको हित भन्दा भारतिय अधिकृतलाई खुशी बनाई आफ्नो तलब सुविधा लिनैमा ब्यस्त देखिन्छन् । लाखौका कर्मचारी नेपाल सरकारले पाल्न सक्ने तर डेढ दर्जन लाईजन कर्मचारीलाई भारतीय पक्षमा निर्भर हुने नीति हटाउनु पर्ने स्थानियले माग गर्दै आएका छन् ।

तस्विर १ र २ ः नेपाल गण्डक नहर सिचाई प्रणालीको मुलढोकाहरु देखाउदै योजना प्रमुख रनधिर शाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *