Health Advertisement

च्याउ उद्योगको क्षमता बढाउदा रोजगारी पनि वृद्धि

बेचु गौड
नवलपरासी, १८ चैत्र
जिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको हो ।
उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । विभिन्न जटिलताका बाबजुद पनि च्याउ उद्योगमा अहिले लगानी आकर्षढ बढेको भेटियो,उद्योग उपाध्यक्ष पाण्डेले भने,उद्योगमा समस्या र चुनौती छन्,तर अवसर पनि उत्तिकै रहेको देखियो । भारतिय बजारमा निर्भर रहेको च्याउ उद्योगहरु खुल्न थाले पछि नेपाली च्याउले नै बजार छाएको बाणिज्य उपाध्यक्ष गुप्ताले सुनाए । सरकारले नेपाली उद्योगलाई प्रवद्र्धन गर्न सके नेपालमै रोजगारी प्रदान गर्ने अवस्था देखिन्छ,उनले थपे,तर सरकारी नीति बन्छ कार्यान्वयन हुदैन्, यसले गर्दा रोजगारीको विकल्प बैदेशिक रोजगार बन्दै छ । यस्ले मुलुकको विकासमा बाधा पुर्याउछ ।

Health Advertisement

दुई बर्ष पहिला उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका थिए । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले क्षमता वृद्धि पछि रोजगारीमा पनि वृद्धि हुने हुदा स्थानिय मजदुर पनि उत्साही देखिएका थिए । अहिले सोा उद्योगले थप साढे तिन करोड लगानी गर्यो,उत्पादन क्षमता बढयो,त्यसले थप १० जना रोजगारी पाउन सफल भएका छन् । च्याउ उद्योगले गाँउमै रोजगारी ल्याएको हो,च्याउ टिप्दै गरेकी एक मजुदरले भनिन्, यस्तो उद्योग थपिदै जानु र क्षमता वृद्धि हुदा घरमै बसेकी अन्य महिलाहरुले पनि काम पाउने अवस्था हुन्छ । हाम्रो पनि काम गर्न समयावधी बढेर बढी आमदनी गर्न सक्ने उनको भनाई थियो ।
च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । बजारमा च्याउको मागले उद्योगको क्षमता वृद्धि गरि सोही कम्पाउण्डमा थप सेडको निर्माण गरेका छौ, उनले भने, अझै विस्तार गर्दै लैजाने योजना रहेको छ । च्याउले देश भरि ब्राण्ड पनि पाएको छ । धेरै सरकारी संघ सस्थाले सम्मान तथा पुरस्कार प्रदान गर्दा लगानी बढाउन हौसला पनि थपिएको छ । सोही कम्पाउण्डमा जग्गा भएका हुदा च्याउ बाहेक अर्गेनिक तरकारी तयार गर्नका लागि टनेल बनाउने योजना पनि रहेको छ । यसले कामदारलाई पुरा समय काम गर्ने अवस्था पनि भएको छ ।

च्याउबाट निस्कने मलहरुको उपयोग गरि रासायनिक मल र विषादी विनाको शुद्ध अर्गेनिक तरकारी उत्पादन गरिने छ । नेपालको पोखरा नारायणगढ र काठमाडौ समेत सप्लाई हुदै आएके च्याउसँगै अर्गेनिक तरकारीको माग पनि गर्ने गरेका कारण त्यस्तो सोच बनाइएको उनको भनाई थियो । उनका अनुसार अधिकाँस तारे होटलहरुमा पनि यस्को माग रहेको छ,त्यो भएर बजार समस्या पनि खासै छैन् । तर हार्वेष्टिगँ भए पश्चात धेरै समय भण्डारण गर्न सक्ने क्षमता नभएका कारण नोक्सानीको चुनौती भन्ने कायम नै छ । तर पनि सामन्जस्यता मिलाउदै अगाडी बढने उनले जनाए ।
सो च्याउ उद्योगमा एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्,उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरु उत्साही छन् । करोडौ लगानीको च्याउ उद्योग भएको बताउदै उनले च्याउ उत्पादन प्रकृया सबै आधुनिक प्रविधिमा आधारित आटोमेटिक सिस्टमले चल्ने गरेको भए पनि विँउ राख्ने,पोका पार्ने,च्याउ काट्ने र पोकामा भर्ने र कार्टुनमा पैक गर्नेसम्मका कार्य कामदान(मैनुअल) नै भइरहेको छ । उत्पादन प्रकृयामा आद्रता र तापक्रम मात्रै अटोमेटिक मेसिनले चल्ने गरेका छन् ।
च्याउ उत्पादनका लागि आवश्यक उपकरण,कच्चा पदार्थ तथा प्रशोधन प्रकृयाका लागि प्लान्ट जडान भएका छन् । २५ देखी ३० दिन भित्रमा च्याउ काट्ेने गरिएको छ । एक दिनमा १० क्वीन्टलसम्म उत्पादन हुने गरि प्लान्टको निर्माण गरिएको उनको भनाई थियो । गहुँ तथा धानको विउँ कम्पनी र जैविक मल कम्पनी पनि सँगै जोडिएको हुदा च्याउ उत्पादनका लागि कम लगानी हुने उनको भनाई थियो । गहुँको भुस,कोकोपिट,पिना लगायतका कच्चा पदार्थबाट पहिला च्याउको विउँ राख्ने गोबर जस्तो मल उत्पादन हुन्छ,त्यस पछि त्यसमा च्याउको विउँ राखिन्छ ।
भारतका विभिन्न स्थानमा यस्तो प्लान्टको अवलोकन पश्चात यहाँ पनि यस्तो च्याउ उत्पादन गर्ने अटोमेटिक प्लान्टको सम्भावना देखेर नै प्लान्टको जडान गरिएको उनले बताए । च्याउसँगै च्याउका बायो प्रोडक्टको रुपमा उत्पादन हुने जैविक मललाई विउँ उत्पादन(सिड कम्पनी) तर्फ उपयोग गरिने एकिकृत रुपमा सञ्चालन हुने हुदा यसको लागत स्वतः कम हुने छ । च्याउ बाली काटी सके पश्चात निस्कने जैविक मल र धान र गहुँको मुल विउँ निशुल्क रुपमा विउँ उत्पादन गर्ने किसान,सहकारी सस्था र कृषक समुहलाई उपलब्ध गराउदै आएको छ ।
केही दिन भण्डारण गर्न सक्ने खालको वाताअनुकुलित भण्डार गृह पनि सो प्लान्ट परिसरमै निर्माण गरिएको छ । जिल्ला बाहिर च्याउन पठाउनका लागि उद्योग परिसर भित्रै आईस(बरफ) बनाउने प्लान्ट पनि जडान गरिएको छ । बरफ भित्र राखेर जिल्ला बाहिर च्याउन पठाउदै आएको उनले जानकारी गराए । काँचो च्याउलाई सुकुटी र धुलो बनाउने गरि पुर्ण सदुपयोग गर्ने गरि दिर्घकालिन रुपमा यस्तो उद्योगको स्थापना गरिएको जानकारी सञ्चालक जैसवालले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *