नवलपरासी,१४ पुस
जिल्ला स्थित महेशपुर भन्सारमा नयाँ भन्सार प्रमुख हाजिर भए पछि सिमा क्षेत्रमा कडाई भएको छ । सिमा क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न दुई साता पहिला नयाँ भन्सार प्रमुख विकास उपाध्याय सक्रिय भएर लागि परे पछि अहिले सिमा क्षेत्रबाट चोरी तस्करीमा नियन्त्रण भएको स्थानियले जनाएका हुन् ।
लक्ष्य घटाउदै जादा पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन नसक्दा अहिले सिमा क्षेत्रमा हुने तस्करी रोक्न नयाँ राजस्व प्रमुख लागि परेको छन् । नयाँ नयाँ आएको भन्सार प्रमुख उपाध्याय अहिले आफै राती राती सिमा क्षेत्रमा निगरानी बढाए पछि सिमा क्षेत्रमा हुने गरेको चोरी तस्करी रोकिएको एक स्थानियले बताए । चोरी तस्करी नियन्त्रणमा भन्सार प्रमुख उपाध्याय सक्रिय भए पश्चात सिमावर्ती प्रहरीहरु पनि चोरी तस्करी नियन्त्रणमा लागेका छन्, उनले भने, जिल्ला प्रशासन कार्यालयले पनि चोरी तस्करी नियन्त्रणका लागि सिमावर्ती सबै शसस्त्र प्रहरीका बेस क्याम्पस,गुल्म तथा नेपाल प्रहरीका चौकीहरु तस्करी रोक्नमा सक्रिय देखिएका छन् । यसले चोरी तस्करी रोकिएको आभास भई रहेको छ । तर यो चोरी तस्करी कहिलेसम्म रोकिएला भन्ने आशँका पनि स्थानियको उस्तै रहेको छ ।
भन्सार कार्यालयले विगत पाँच महिनाको तुलनामा मंसिर महिनाको लक्ष्य अनुसार ७७ प्रतिसत राजश्व संकलन गरेका छन् । जुन भन्सार रकम रु.१ करोड ३६ हजार ८ सय ४७ रहेको छ । जबकी मासिक लक्ष्य रु.१ करोड २९ लाख १७ हजार रहेको थियो । त्यसै गरि कार्तिक महिनाको लक्ष्य रु.१ करोड २२ लाख ६३ हजार रहेकोमा १ सय १ प्रतिसत अर्थात १ करोड २४ लाख ९६ हजार ५ सय १४ रुपिया राजस्व संकलन भएको थियो । असोज महिनाको लक्ष्य १ करोड २२ लाख २७ हजार भएकोमा लक्ष्यको १ सय ५९ प्रतिसत रकम रु.१ करोड ९५ लाख १ हजार ६ सय ४३ संकलन भएको थियो । भदौ महिनाको लक्ष्य १ करोड २९ लाख ७ हजार रहेकोमा लक्ष्यको ५१ प्रतिसत मात्र रु. ६६ लाख ७३ हजार ८ सय १३ रुपिया र साउन महिनाको लक्ष्य १ करोड १७ लाख २९ हजार रहेकोमा लक्ष्यको ८८ प्रतिसत रकम रु.१ करोड ४ लाख ११ हजार २ सय ५२ रुपिया राजस्व संकलन भएको देखिन्छ । जस्को पाँच महिनाको कुल लक्ष्य ६ करोड २० लाख ५७ हजार रहेकोमा लक्ष्यको ९५ प्रतिसत रकम रु.५ करोड ९१ लाख २० हजार रकम राजस्व संकलन भएको छ ।
विगतमा कर्मचारी सेटिगँले तसकरी गराउदा राजस्व घटेको कुरा सार्वजनिक भए पछि भन्सार प्रमुख प्रमुख बुद्धिकुमार चुडालको सरुवा भएको थियो । सो नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य सार्वजनिक भए भए पनि प्रमुख चुडालको सरुवा पछि अहिले उपाध्याय हाजिर भएका छन् । उनीलाई पनि प्रभावमा ल्याउन तस्करी टोली भित्र भित्र लागीरहेको स्थानियले बताए । तत्कालिन भन्सार प्रमुख चुडालको कार्यशैली ठिक नभएको स्थानिय र प्रहरी अधिकृतहरुले समेत गुनासो गर्दै आएका थिए । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मुल्याँकन घटाउदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको समाचारहरु सार्वजनिक भएको थियो ।
एकै दिनमा तिन तिन पटक सुचना टास गरि मुल्याँकन घटाउने गरिएको थियो । पहिलो पटकमा लिलाम भएन भने २० प्रतिसतसम्म मुल्याँकन घटाईन्छ,दोश्रो पटकमा १० प्रतिसत मुल्याँकन घटाइन्छ, भागबण्डाको सेटिगँ नमिलेसम्म त्यो क्रम जारी रहन्छ । अन्तिममा लिलाम सकार भए पछि कर्मचारी र गुण्डाहरुले राजस्वमा घटेको रकमबाट भागबण्डा मिलाउछन् । ब्यपारीहरुले सस्तोमा भन्सार समाग्रि पाउछन्,जुन उनिहरुको खरिद सरहको स्टक मिलाउछन्,तिनै स्टकको अधिकारिक विक्रि नभएसम्म तिनै कागजपत्र देखाएर तस्करी गरि नै रहन्छन् ।
सिमाक्षेत्रमा हुने चोरी तस्करी,बनस्पती(प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशतिmका कारणले पनि भन्सारबाट उठ्ने राजस्व ओरालो लाग्ने गरेको भन्सार कार्यालयले दाबी गर्दै आएको छ । तर विगतमा भन्सार राजस्व वृद्धि हुदै २७ करोडसम्म उठदा पनि क्वारेन्टाईन थिएन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो । आ.ब. ०७७÷०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिसत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको थियो ।
राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८÷०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिसत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९÷८० का लागि राजस्व लक्ष्य नै घटाउदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो । त्यसले गर्दा आ.ब.०८०÷०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिसत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ ।