खिचडी महोत्सव नजिकदै जादा थारु साँस्कृतिक पार्कको ब्यवस्थापनमा सकृय स्थानिय

नवलपरासी,१४ पुस
जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृतक पार्कको ब्यवस्थानमा स्थानिय सक्रिय भएका छन् । थारुहरुको महान चाँड माघी अर्थात (खिचडी महोत्सव) लाई लक्षित गरि पार्क ब्यवस्थापनमा स्थानिय जुटेका हुन् ।
विगत डेढ दशक देखी स्थायिन श्रीराम युवा प्रष्ठिानको सक्रियतामाहुदै आएको खिचडी महोत्सव यो बर्ष अझै विस्तारित बनाउने लक्ष्य सहित महोत्सवको तयारी भई रहेको प्रतिष्ठानका अध्यक्ष चक्रपाणी चौधरीले जानकारी गराए । स्थायिन स्तरबाट शुरु भएको खिचडाी महोत्सव अहिले जिल्लामै पहिचान बनाएको छ, उनले भने, अझ यसलाई विस्तारित बनाउने लक्ष्य लिएका छौ । विद्यालय स्तरमा पनि खिचडी महोत्सवबारे निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिने छ । यसले बालबालिकामा यसको अध्ययन र ब्याख्यात्मक कलाको विकास हुने उनको भनाई थियो ।
विगतमा वृक्षारोपण गर्दै अगाडी सरेका मनरीका थारु महिलाहरु अहिले सो वृक्षारोपण भित्र रुख विरुवाको सजावटमा लागेका छन् । गाँउका विभिन्न सांस्कृतिक समुहहरु पनि तयारीमा लागेका छन् । वृक्षारोपण गरेर सार्वजनिक जग्गाको संरक्षण गरिएको थियो,जुन अहिले एक सुन्दर महमोहक पार्कमा रुपान्तरित गर्न स्थानिय थारु महिलाको झण्ड सक्रिय बढेको छ । पहिला खिचडी महोत्सव जनता मावि मनरीको चौरमा मनाईने गरिएको थियो, अध्यक्ष चौधरीले भने, गत बर्ष सो महोत्सव सुन्दर पार्क क्षेत्रमा सारिएको थियो । यो बर्ष अझै यसले ब्यापकता बनाउन पाउदा थारु महिलाहरु खुशी ब्यतm गरेका थिए ।


पार्कको रुपमा विकसित गरि थारु संस्कृतिको केन्द्र बनाउनमा तल्लिन थारु महिलाहरु निस्वार्थ भावले सरसफाई तथा सजावटमा लागेका छन् । विद्यालय देखी झण्डै ७ मिटर पश्चिम उत्तर भलुही खोला किनारमा निर्माणाधिन उतm पार्कमा यो बर्ष देखी खिचडी महोत्सव तथा माघी मेला हुने भए पछि स्थानिय पार्क ब्यवस्थापनमा गर्दै आकर्षण थप्नमा लाग्ने गरेका छन् । थारु समुदायको संस्कृति र संस्कार झल्किने गरि थारु साँस्कृतिक पार्क निर्माणमा गाउपालिकाले चाँसो लिएर काम गर्दै आएको छ । विद्यालय परिसर अस्थाई हो,उनले थपे,तर यो पार्कमै उतm मेला लगाउदा पार्कको पनि प्रवद्र्धन हुदै जानेछ । मेलामा बनाईने धेरै जसो थारु ंस्कृति झल्किने खालको पुर्वाधारहरु स्थाई रुपमा पार्क भित्रै सुरक्षित र संक्षक्षित पनि हुने भएको छ । यसले गाउलेमा उत्साह समेत बढाएको छ ।
थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययन गरि उतm स्थानलाई चयन गरेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताएका थिए । पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि निर्माण भई सकेको छ, उनले भने, डिपिआर अनुसार स्थाई संरचनाहरु बनाउदै जान्छौ । सोही थारु सांस्कृतिक पार्क भित्रै थारु एकेडेमी सञ्चालन गर्नका लागि सोही क्षेत्रका स
ंघिय साँसद तथा पुर्व मन्त्री ध्रुव बहादुर प्रधानले बजेट समेत विनियोजन गरेको जानकारी गराएको बताउदै उनले छिट्टै सो काम पनि हुने उनले विश्वास ब्यतm गरे । यति छोटो समयमै थारु साँस्कृति पार्कमा स्थानियको आकर्षण बढेको छ ।
पार्कलाई नै लक्षित गरि नजिकै स्थानिय नागेन्द्र चौधरीले आफ्नो निजी करिब १० कट्ठा जग्गामा रिसोर्ट समेत निर्माण गर्दै छन् । खिचडी महोत्सवकै अवसरमा उनले सो रिसोर्टको शुभारम्भ समेत गर्ने उनको भनाई थियो । अहिले पार्कको सरसफाई तथा रुख विरुवा सजाउने कार्य भई रहेको छ । थारुको परम्परागत खपडाका घर टहरा पनि प्रदर्शनीका लागि त्यहाँ निर्माण भई रहेका छन् । खेलकुदका लागि पनि खेलमैदान बनाउने कार्य पनि भई रहेको छ । मेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थाई स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको थियो । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन,नियमित मनोरन्जन,रमाईलो,शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिए अनुसारका काम शुरु भई रहेका छन ।
मनरी गाँउ नजिकै भलुही खोला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई पार्कको रुपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका थिए ,उनले भने,यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउपालिकाले छलफल गरेर योजना अगाडी बढाएको हो । उनीहरुकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ,उनले थपे,वृक्षारोपण गर्ने समुह र स्थानियबासीको सहमति भएमा गाउपालिकाले लगानी गर्न सक्छ । डिपिआरका लागि आवश्यक बजेट गाउपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरुसँग पहल गर्दैछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरु पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ ।
यसले पनि पार्कका लागि आधा संरचना बनि बनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरु बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रुपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *