Health Advertisement

नवलपरासीमा ‘रोजगारीका लागि बहस’ अभियान

चुरेका जंगलको झारपातबाट बनाउन सकिन्छ,बार्षिक बत्तिस करोडका जैविक कम्पोष्ट मल


नवलपरासी,९ कात्तिक
जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघसस्थाहरु विच रोजगारीबारे चिन्तन र छलफल अभियान थालिएको छ । ‘रोजगारीका लागि बहस’ कार्यक्रम गर्दै सरकारी सस्था तथा गैरसरकारी सस्था र उद्योग ब्यवसायलाई जोडेर एकिकृत रुपमा रोजगारी सृजनाका लागि अभियान थालिएको हो ।
कानुनी सहायता तथा अनुसंधान केन्द्र(लार्क) तथा उद्योग बाणिज्य संघले सो बहस कार्यक्रम सञ्चालन गर्ने गरि एकिकृत योजना बनाउनमा जोड दिइएको थियो । उतm कार्यक्रममा स्थानिय सरकारका रोजगार संयोजक जिल्ला स्थित कृषि ज्ञान केन्द्र,डिभिजन बन कार्यालय,भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,घरेलु तथा साना उद्योग कार्यालय,सामुदायिक उपभोतmा महासंघ लगायतका प्रतिनिधि विच रोजगारीमा केन्द्रित भई छलफल भएको आयोजक संस्था लार्कका संस्थापक अध्यक्ष समेत रहेका संघिय संसद राष्ट्रिय सभाका पुर्व सदस्य(पुर्व साँसद) रामलखन हरिजनले बताए । उतm रोजगारका लागि बहस कार्यक्रमले स्थानिय युवालाई रोजगारी हुने तथा स्वरोजगारमा स्थापित गर्न सक्ने खालका कार्यक्रम बनाउनेमा सबै एक मत देखिएको उनले जानकारी गराएका थिए । रोजगारका लागि बहस कार्यक्रम प्रभावकारी देखियो,उनले भने, अहिले सो बहस कार्यक्रम जिल्ला स्तरमा गरिएको हो,यसलाई पालिका केन्द्रित पनि गरिने छ ।
जिल्लामै साधन स्रोत छ,उतm साधन स्रोतको पहिचान,उपभोगका लागि सबैले योजनाबद्ध तरिकाले लागियो भन्ने गाउ घरमै रोजगारी सृजना गर्न सकिन्छ,यसको प्रमुख आधार प्राकृतिक साधन स्रोत जल,जंगल,जमिन नै हो, उनले भने, तर अहिले अधिकाँसको ध्यान यसमा जान सकेको छैन्,सजिलो बैदेशिक रोजगार भनिदिइने अवस्था रहेको छ । बैदेशिक रोजगारी विकल्प हो,दिगोपना होईन्,वैदेशिक रोजगारीमा रमाउने नीति निर्माताहरुले समेत आफ्ना साधान स्रोतको अधिक्तम परिचान गर्न नसक्दा आफ्ना साधन स्रोत खेर गई रहेको र आर्का मुलुकलाई सस्तोमा श्रम बेच्नु पर्ने अवस्था रहेको दर्शाइएको थियो । नेपाल कृषि प्रधान देश भन्ने तर कृषिका लागि आवश्यक पुर्वाधार तथा आकर्षण नबाईदिदा सस्तोमा श्रम बेच्न परेको उनको भनाई थियो ।
तराईका भुमिलाई उर्वर र उब्जाउ बनाउने आधार चुरेको जल र जंगल छ,उनले भने, तर यस्को उचित पहिचान र ब्यवस्थापन गर्न नसक्दा रासायनिक मल,भुमिगत जल किसानको बाध्यता बनेको छ, यसले तराईका उर्वर भुमिको उब्जाउ क्षमता ह्रास बनाउदै छ । देशका युवालाई विदेशको रोजगारी देखाउने तर आफ्नै देशका स्रोतको पहिचान गरि परिचालन नगरिदिईने नीति निर्माता देखी कार्यान्वन गर्ने सरकारी कार्यालय र सहयोगी निकाय गैरसरकारी संघसंस्थाहरु सक्रिय नभई दिइने अवस्था छ । यसलाई चिर्दै स्वदेशमै रोजगारी र स्वरोजगारीको अवस्था सृजना गरिनु पर्ने यो बहसको प्रमुख लक्ष्य रहेको भनाई पुर्व साँसद हरिजनको रहेको थियो । यो लक्ष्य पुरा गर्नका लागि सबै सरोकारवालासँग निरन्तर बहस गरिने छ, उनले थपे, यसका लागि सम्बन्धित सरोकारवालाहरुले पनि सक्रियता देखाउनु पर्छ । बहसले स्रोतको पहिचान गर्ने छ, कार्यान्वयका लागि कार्ययोजना बन्नेमा आफु विश्वस्त रहेको सुनाएका थिए ।
नवलपरासीकै जंगलमा अनुमानित साढे ६ लाख क्विन्टल झारपात,सोतरहरु रहेका छन् । यता तराईका भुमिमा जिवाँशको मात्रा कम हुदै उत्पादन ह्रास भई रहेका छन् । रासायनिक मलको निरन्त प्रयोगले माटोको अवस्था दिन प्रति दिन विग्रिने अवस्था छ । उता जंगलका झारपात र सोतरहरु सुकेर बन डढेलो बढाउदै गएको छ । रासायनिक मलको अधित्तम प्रयोगले माटो नष्ट हुदै जाने र जंगलमा लाग्ने बर्षेनी डढेलोले बन विनास गर्ने अवस्था छ,बन विनासले चुरेका नदी र मुल सुक्दै जाने अवस्था छ । रोजगारीका लागि युवा पलायन हुने अवस्था छ । तर यसबारे अज्ञान भन्ने होईन उपेक्षा भई रहेका छन् । यसका लागि पनि यस्तो बहसको विषय बनाईनु पर्ने कुरा उठाइएको थियो ।
जिल्लाकै यदि प्रत्येक पालिकाले दुई करोडको दरले तिनै सोतर संकलन गराउन र खरिद गर्नमा लगानी गरि दिएमा बन पनि बचाउन सकिने,तिनै सोत्तरलाई कम्पोष्टिँग गरेर खेतको माटोको अवस्था सुधार्न सकिने र चुरेका खोला खोल्सीको पानी भण्डार गरि तराईलाई सिचिँत गर्न सक्ने अवस्था विद्यमान रहेको छ । पालिकाले बनका झारपात सोत्तर संकलन गरि ल्याउदा खरिद गर्ने हो भन्ने २ सय प्रति क्विन्टलका दरले साढे ६ लाख क्विन्टल सोत्तरको लागि १३ करोड खर्च हुन्छ । यदि एक जनाले दैनिक पाँच क्विन्टल संकलन गर्दा दैनिक ज्याला १ हजार रुपिया हुन्छ । यसरी ४ हजार मानिसलाई एक महिनाको रोजगारी सोत्तर संकलन गर्दा हुन सक्छ । ति सोत्तरलाई कम्पोष्ँिटग गर्दा पनि रोजगारी सृजना हुने,रासायनिक मलको उत्पादनमा पनि रोजगारी सृजना हुने अवस्था हुन्छ ।
संकलित सोत्तरबाट ५० प्रतिसत साँवा तिन लाख क्विन्टल कम्पोष्ट मल उत्पादन हुन्छ । कम्पोष्ट मलको न्युनतम मुल्य प्रति केजी १० सम्म रहेको छ । यसरी तिनै सोत्तरबाट बन्ने कम्पोष्ट मल नै ३२ करोड ५० लाख मुल्य बराबरको हुन्छ । जस्ले माटोको उर्वर अवस्था सुधार्छ । यो कुरा एक अनुमान भए पनि सम्भावना भन्ने हो नै,पुर्व साँसद हरिजनले भने, तर नेपाली किसानलाई रासायनिक मलको रटान छ,कर्मचारीलाई पनि तिनै रासायनिक मलमा अनुदान दिन हतार छ, यसले निरन्तर मल परनिर्भरता हटाउन तर्फ सोच्नु पर्ने अवस्था विश्लेषण देखाउनका लागि बहस अहिलेको आवश्यकता भएको उनले सुनाएका थिए । यसै गरि चुरे क्षेत्रमा जगलमा रहेका सयौ खोलाखोल्सीमा स साना बाँध बनाई बर्ष दिनका लागि बर्षायाममा अर्बौ लिटर पानी भण्डारण गर्न सकिन्छ, जुन सतही,लिफ्ट मार्फत तराई भुमिमा पानी कुलो पाईपलाईनबाट पुर्याउन सकिन्छ,जुन पानी त्यसै बगेर खेर गईरहेका छन् । बाँधले चुरे क्षेत्रमा पानी भण्डारण गर्न सकियो भन्ने जमिन मुनि पनि जलपुर्नभरण(वाटर रिजार्च भएर) भुमिगत गलका लागि लाभकारी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *