Health Advertisement

प्रतापपुर र सुस्ता जोड्ने नर्सहीको चोर्निया खोलामा पुल बनेपछि स्थानियलाई राहत

नवलपरासी,९ असोज
विगत बर्ष देखी सानो पुल भत्किएर सास्तै झेल्दै आएका स्थानियबासीलाई जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित चोरनिया खोला पुल निर्माण पछि स्थानियबासीलाई राहत भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालयको सडक पुर्वाधार विकास कार्यालयले सो पुलको निर्माण गराई दिएपछि स्थानियलाई राहत पुगेको हो ।
विगत चार बर्ष देखी सानो पुल रहेको उतm खोलाले बाढीमा बगाए पछि अहिले सडक पुर्वाधार विकास कार्यालयले पुल निर्माण गराउने कार्य थालेको सम्बन्धित वार्डका पुर्व वार्ड अध्यक्ष कादिर अलिले बताएका थिए । पुल बगाउदा स्थानियलाई बर्षायाममा सास्ती झेल्न परेको थियो,उनले भने,विद्यालय जाने बालबालिकालाई पनि समस्या भइ रहेको थियो । उता पुल निर्माणले नर्सहीबासीलाई ठूलो राहत भएको स्थायिन लख्खु यादवले बताए । केरा उत्पादक कृषक समितिका अध्यक्ष समेत रहेका यादवले भने, यो पुल भत्किदा ढुवानी देखी सर्वसाधारणलाई आवत जातवमा समस्या भई रहेको थियो, । अहिले पुल बने पछि सबैलाई राहत पुगेको छ, उनले थपे, पुलसँगै सो सडकलाई स्तरोन्नती गरि पिच गर्नु पर्ने आवश्यकता रहेको छ । यहाँका जनप्रतिनिधिले त्यसका लागि पनि पहल गरिदिनु पर्यो ।
प्रतापपुर—सुस्ता गाउपालिका जोड्ने रेता सडकको मुख्य पुल भासिएर बर्षायाममा सो सडकमा आवत जावत नै अवरुद्ध हुने गरेको थियो । प्रतापपुर गाउपालिका ८ पिपरपाती देखी सुस्ता गाउपालिका ४ नर्सही गोकुल नगर भएर गण्डक बाँधको वि ग्यापमा पुग्ने सडकको मुख्य बाधक पुल बनेको थियो । प्रदेश सरकारसँग निरन्तर पहल गर्दै आएका थियौ,उनले थपे,अहिले प्रदेश सरकारले पुल निर्माण कार्य गराउन थालेको छ । यसले जनतालाई राहत पुग्ने उनको भनाई थियो ।
सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले चोरनिया खोला मल्टिसेल वक्स पुलको निर्माण गर्नका लागि पारामाउण्ट कन्ट्रक्सन प्रा.लि. ललितपुरलाई ठेक्का दिइएको थियो । पुलको लागत कुल ३ करोड ७१ लाख १२ हजार ५ सय ३० रुपिया भएको सो निर्माण कम्पनीले ठेक्का सकार गरी काम गरिरहेको छ । २०७९ कातिक ३० गते पुल निर्माणको सम्झौता भएको र पुलको निर्माण कार्य सम्पन्न २०८० साल कातिक २९ गते भित्र गर्नु पर्ने सम्झौता थियो । केही समय ढिलो भए पनि अहिले पुलको निर्माण कार्य सम्पन्न भएको छ । जनतालाई राहत पुगेको छ । यसले यहाँका जनजिवनमा सहजता ल्याएको स्थानियले महशुस पनि गर्न थालेका छन् ।
पुलको निर्माण कार्य बेलामै सम्पन्न हुने आशा गरिएको थियो, प्रतापपुर गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने, केही समय ढिलो भए पनि यसलाई बेलामै सम्पन्न भएको मान्नु पर्छ । बेलामै पुल सम्पन्न गर्नका लागि आवश्यक सहजीकरण गर्न गाउपालिका तयार रहेको र ठेकेदारले बेलामै सम्पन्न गर्नु पर्ने गाउपालिकाले सम्बन्धित निर्माण कम्पनीलाई सहजी करण समेत गर्दै आएको उनले बताएका थिए । पुल भौगोलिक रुपमा प्रतापपुर गाउपालिकामा परे पनि त्यस पुलबाट बढी राहत सुस्ता गाउपालिकाका बासिन्दालाई हुने हुदा बेला बेलामा सुस्ताका बासिन्दाले गाउपालिकामा पुलबारे कुरा उठाउदै आएका थिए ।
त्यसका लागि सुूस्ता गाउपालिकाले समेत लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद र अधिकारीहरुसँग ताकेता गर्दै आएको थिए । प्रदेश सरकारले चाडै सो पुलको निर्माण गराउने आश्वासन दिदै आएको थियो । अहिले सो पुलको ठेक्का भई काम समेत प्रारम्भ भएकोले एक बर्ष भित्रै सुस्ताका बासिन्दालाई राहत पुगेको छ । वि ग्याप बाँध देखी,पिपरपाती,अठिलहिया हुदै सरावलको ललितपुरसम्म जोड्ने सडकको पुल रहेको छ । पुल नहुदा हुलाकी मार्ग भएर सबै जानु पर्ने र अहिले हुलाकी सडक निर्माणमा हुने ढिलाईले सो क्षेत्रका हजारौ जनता दोहरो मर्कामा परेका थिए । पुलले स्थानियमा आश जगाएको छ,अधिकृत पौडेलले भने,निकट भविष्यमा बर्षायाममा पनि सो सडक भएर आउ जाउ गर्न सहजता हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *