नवलपरासी,२० चैत्र
राज्य पुर्नसंरचना पश्चात अलपत्र अवस्थामा रहेको जिल्ला स्तरिय सडकहरु मध्ये सदरमुकाम परासी देखी भारतको वर्गदवा बजार जोड्ने उजैनी चिमनटोलवा सडक लुम्बिनी प्रदेश सरकारले स्वामित्वमा लिईने भएको छ । जिल्ला स्तरिय सडक भनेर जिल्लाका आधा दर्जन सडक अहिले पनि संघिय वा प्रदेश कुन सरकारले जिम्मामा लिईन मर्मत सम्भार र स्तरोन्नती गर्दै सञ्चालनमा ल्याउनेबारे अन्यौलता रहेको अवस्थामा सो सडक प्रदेश साँसद बैजनाथ जैसवालको पहलमा प्रदेश सरकारले काम गर्ने गरि स्वामित्व लिइएको हो ।
सडकको स्तरोन्नतीका लागि लुम्बिनी प्रदेश सरकारकै प्रदेश साँसदको क्षेत्र विकास योजना अन्तरगत साँसद जैसवालले बहुबर्षिय योजनामा समावेश गराई काम शुरु गर्न लगाएको उनका स्वकिय सचिव इमामुल खालले जानकारी गराए । लुम्बिनी प्रदेशका अन्य योजना भन्दा साँसद क्षेत्र विकास योजनामै राखेर साँसद जैसवालले सो सडकलाई प्राथमिकता दिइएका हुन, उनले भने, अन्य सडकका लागि पनि उनले पहल गरिरहेका छन् । उजैनीबाट शुरु भई लोहरौलीmपाल्ही,सिसवा,विसुनपुरा हुदै सिमा क्षेत्रको गाँउ चिमनटोलासम्म ३ दशमलव ३५ किलोमिटर रहेको छ ।
उतm सडकले पाल्हीनन्दनका प्रमुख पर्यटकिय क्षेत्र लोहरौली सिवपार्वती सिद्धधाम र पाल्ही भगवती मन्दिरलाई समेत जोडेको छ । सो सडक सदरमुकाम परासी देखी भारतिय सिमानाको बिसुनपुरा छोटी भन्सारलाई पनि जोड्ने छ । भारतीय सिमावर्ति वर्गदवा बजारसम्म पुग्ने प्रमुख सडक भएको हुदा पनि सो सडक प्राथमिकतामा राखेर साँसद जैसवालले पहल गरेका हुन् । तर सो सडकको उदगम र अन्त एउटै प्रदेश साँसदको निर्वाचन क्षेत्रमा पर्ने हुदा प्रदेश सरकारसँग पहल भई छिट्टो काम हुने देखिए पनि अन्य सडकहरु अहिले पनि अलपत्र अवस्थामा देखिएका छन् । सडकको स्तरोन्नीका लागि ८ करोड ४० लाख ९ हजार ८ सय ९२ रुपियाको कुल लागत स्टिमेट भए पनि यो बर्षको योजनामा १ करोड ३० लाख बजेट बिनियोजन भएका छन् ।
सो बजेट अनुसार निर्माणका लागि टेण्डर प्रकृया पनि अगाडी बढि सकेको उनले बताए । सडकको स्तरोन्नीले सो क्षेत्रका जनताले राहत पाउने र पाल्हीनन्दन गाउपालिकाको पुर्वाधार विकासमा समेत टेवा मिल्ने पाल्हीनन्दन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय सरकारले ठूल्ठूला योजना सञ्चालन गर्न नसक्ने हुदा प्रदेश र संघ सरकारले नै यस्ता योजना निर्माण गरिदिए मात्र स्थानिय सरकारको रुपमा रहेका गाउपालिकाहरुलाई पुर्वाधार विकासमा सहयोगी हुने उनको भनाई थियो । गाउपालिकाले गाँउ टोलका स साना सडक,कल्भर्ट,गल्टिबाटोहरुको निर्माण गर्न सम्भव तुल्याउछ,उनले भने,तर ठूला सडकका लागि प्रदेश सरकार र संघिय सरकारले नै बनाउनु पर्छ । यसका लागि यस क्षेत्रका संघिय र प्रदेश साँसदहरुको निरन्तर पहल आवश्यक छ ।
स्थानिय नागरिकले स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारका तिनवटै जनप्रतिनिधिलाई मतदान गरेका कारण आवश्यकता हेरी तिनै तहले तारतम्य मिलाएर विकासका काम गरे मात्रै विकास पुर्वाधारको निर्माण हुने र जनतालाई रातह पुक्ष्ने नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए । साँसदको जिम्मेवारी कानुन बनाउने मात्रै भएर पुग्दैन्, उनले थपे,पहँुच पुर्याएर,आवश्यकता औल्याएर प्राथमिकतामा राखेर योजना पार्नका लागि पनि पहल हुन आवश्यक छ । जुन अहिले लुम्बिनी प्रदेश साँसद जैसवालले गरेर देखाएका छन् । अन्य क्षेत्रका साँसदले विगतका जिल्ला स्तरिय सडकहरु प्रदेश सरकारको स्तरको हो भन्ने प्रदेश सरकारमा र संघिय सरकारले गर्ने हो,भन्ने संघिय सरकारसँग पहल गर्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।
उनका अनुसार यो सडक एउटै प्रदेश साँसदको निर्वाचन क्षेत्रमा परेका कारण निर्वाचन क्षेत्र विकास योजनामा पर्न सफल भयो तर अन्य सडक दुई वा दुई भन्दा बढि प्रदेश साँसद क्षेत्र र कुनै कुनै दुई संघिय साँसदको निर्वाचन क्षेत्रमा पर्ने खालका सडकहरु पनि रहेका छन् । ति सडकहरु मर्मत सम्भार भएको दशक पुग्न लाग्यो,तर मर्मत अभावमा अहिले जिर्ण भई सकेका छन् । तत्कालिन जिविसले सडकको मर्मत सम्भार गराउदै आएको थियो,उनले भने,तर नयाँ संविधान जारी भई २०७२ साल देखी जिविसको स्थानमा जिल्ला समन्वय समिति बन्यो,तर ति समन्वय समितिको बजेट शुन्य भयो । जिल्लाले मर्मत सभार गराउदै आएका सडक अझै पनि जिर्ण अवस्थामा रहेका छन् ।
उनका अनुसार जिल्लाकै जिल्ला स्तरिय सडक सुनवल रमवापुर देखी हकुईको तोनवा भारतिय सिमा जोड्ने सडक जिर्ण अवस्थामा रहेको छ । जुन सुनवल नगरपालिका,रामग्राम नगरपालिका दुई पालिकालाई जोडेको छ । यो सडक लुम्बिनी प्रदेशकै दुई साँसदिय क्षेत्र भित्र पर्छ । त्यसै गरि भुतहा महेशपुर सडक पनि जिर्ण भएका छन् । सो सडक वर्दघाट नगरपालिका,सरावल गाउपालिका हुदै पाल्हीनन्दन गाउपालिकालाई जोडेको छ । सो सडक पनि दुई प्रदेश साँसद क्षेत्र र दुई संघिय साँसद क्षेत्र भित्र परेको छ । त्यसका लागि पहल कुन साँसदले गर्ने हुन ? त्यो नहुदा काम हुन नसकेको आरोप अध्यक्ष सैथवारको थियो ।
त्यसै गरि महेशपुर त्रिवेणी सडक पनि जिल्ला स्तरिय सडक थियो,तर त्यो सडक पनि दुई संघ तथा प्रदेश साँसदिय क्षेत्रलाई जोड्ने हुदा पहल हुन सकिरहेको छैन् । जबकी सो सडकले महेशपुर भन्सार नाका र भारतिय नाका ठूठीबारी बजार देखी पाल्ह्ीनन्दन गाउपालिका,सरावल गाउपालिका,प्रतापपुर गाउपालिका,सुस्ता गाउपालिका हुदै गण्डकी प्रदेशको विनयीत्रिवेणी गाँउपालिकालाई जाडेको छ । जनप्रतिनिधि पनि जनताको आवश्यकता भन्दा मतदाता प्रभावित हुने प्रभाव क्षेत्र प्राथमिकतामा पर्दा महत्पुर्ण पुर्वाधारका काम ओझेल पर्ने गरेको भनाई अध्यक्ष सैथवारको थियो ।