
नवलपरासी,१७ फागुन
जिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले छात्रा आवसिय मदरसा इस्लामियाका बालबालिकाहरुलाई भेटेकी छिन् । छात्रबासको समस्याहरुको पहिचान गर्नका लागि उनले आवासिय रुपमा सञ्चालन हुदै आएको पाल्हीनन्दन ३ बेलासपुर स्थित सो मदरसाका छात्राहरुलाई एक कार्यक्रमको आयोजना गरि भेटघाट गरेकी हुन् ।
उनी अभियानकै रुपमा सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकाको समस्याको सुनुवाई गर्न मदरसा र विद्यालयमा कार्यशाला,अन्तरक्रिया,प्रश्नोत्तर गर्दै आएकी उपाध्यक्ष सकिनाले छात्रबासका समस्या बुझ्नका लागि प्रत्यक्ष भेटघाट गरेकी थिईन् । प्रमख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेल सहित उनी छात्रबासको समस्या गाउपालिकाबाट सकेसम्म सम्बोधन गर्नका लागि भेटघाट गर्न पुगेको उनका स्वकिय सचिव इमरान अलीले बताए । उनका अनुसार बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न थालेकी हुन् । यसबाट विद्यालय र मदरसाको वास्तविक समस्या पहिचान हुने गरेको र ति समस्यालाई पालिकाको कार्यक्रम मार्फत सम्बोधन गर्ने योजना रहेको छ ।
छात्राबास रहेको उतm इस्लामिया मदरसाका छात्राहरुले छात्रा मैत्री सौचालय,कक्षाकोठा थप गर्न,आठ कक्षासम्मको नेपाली शिक्षा पनि पढन पाउने ब्यवस्था मिलाउन,कम्प्युटर,पंखा,त्रिपाल,खेलकुद समाग्रिे,सिलाई मेसिन,खेलमैदानको ब्यवस्थापन,गणित शिक्षक लगायतका मागहरु राखेका थिए । गाउपालिका भित्र साधारण शिक्षा अध्ययन गर्ने आवासिय विद्यालय नभए पनि मदरसा इस्लामिक शिक्षा अध्ययन अध्यापन हुने दुई वटा मदरसाहरु रहेका छन् । ति मदरसामा इस्लामिक शिक्षाको कक्षा १२ सम्म पठन पाठन हुनेको गरेको छ । नेपाली शिक्षाको पनि आधारभुत शिक्षा शुरु गरिए पनि कक्षा ८ सम्मको कक्षा अझै पुरा हुन सकेको छैन,यसले गर्दा ति मदरसामा पनि कक्षा थप गरि ८ सम्मको शिक्षा पुरा गर्न उनीहरुले माग गरेका थिए ।
वातावरण सरक्षण,सरसफाई र सामुदायिक सदभावबारे विषय केन्द्रित गरि छलफल र प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै बालबालिकाहरुलाई सरसफाईको महत्व सम्झाउदै उपाध्यक्षले सरसफाई(सेनिटेसन) किट समेत हस्तानान्तर गरेकी थिईन् । विद्यालयमा आवश्यक पर्ने कुचो,हर्पिक,फिनाइल,ट्वाईट ब्रस,बाल्टी,मग लगायतको समाग्रि सेनिटेसन किटमा समावेश गरिएको थियो ।
सो कार्यक्रमको प्रमुख उदेश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानिय सरकार र युवा नागरिकहरु बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको छ । त्यसै गरि प्रेरणा जगाउनेमा विद्यार्थीहरुलाई उनीहरुको समुदायमा सक्रिय रुपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने,आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरुलाई सान्दर्भिक मुद्दाहरुमा आफ्ना सोचहरु विचारहरु र चिन्ताहरु ब्यतm गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको छ । त्यसै गरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्टभुमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरुको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरु देखाउनेमा विद्यार्थीहरुलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरुको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।
13 In unstable patients, ultrasound may be useful to differentiate simple cellulitis from necrotizing fasciitis Recommendation 2 C how to take priligy DNT LET DOCTORS FOOL YOU