उबासंघको आयोजनामा हुने नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी तिब्र

नवलपरासी, १४ फागुन ,
जिल्लामा हुन गईरहेको छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पारिएको छ । नवलपरासीको सदरमुकाम परासीमा यही फागुन १६ देखि शुरु हुन लागेको औद्योगिक व्यापार मेलालाई भब्यताका साथ सम्पन्न गर्नका लागि आयोजकले तयारीलाई तिब्र बनाएका हुन् ।

जिल्लाका प्रमुख पर्यटकिय स्थल रामग्राम स्तुप,पाल्ही भगवती मन्दिर लगायतको स्थानलाई पहिचान दिलाउनका लागि प्रतिक प्रदर्शनी मेला स्थलमै बनाउने कार्य भई रहेको मेला आयोजक उद्योग बाणिज्य संघका सल्लाहकार श्याम कुमार बस्यालले जानकारी गराए । उनका अनुसार मेलाका लागि प्रचार प्रसारलाई पनि ब्यापक बनाइएको छ । त्यसका लागि छिमेकी भारत युपिको महराजगँज जिल्ला र विहारको चम्पारन जिल्लासम्म पनि प्रचार प्रसार तिब्रता दिइएको छ । मेलालाई मनोरन्जनात्मक बनाउनका लागि भोजपुरी कलाकार प्रिति पासवान लगायतका कलाकार र नेपाली कलाकारको समेत प्रतुती गराउने योजना बनाइएको उनको भनाई थियो । मेलालाई शुरक्षित बनाउनका लागि निरन्तर प्रमुख जिल्ला अधिकारी लगायतको शुरक्षा निकायसँग नियमित बैठक बसि रहेको छ,उनले भने,त्यसै गरि जिल्ला समन्वय समिति र सबै स्थानिय तहसँग पनि बैठक बसेर मेलालाई सफल र भब्य सभ्य रुपमा सम्पन्न गर्न नियमित परामर्श लिइने कार्य भई रहेको छ ।

संघको आयोजनामा फागुन ३० गतेसम्म सञ्चालन हुने मेला परासी स्थित रामग्राम –५ वाईपास रोडमा सञ्चालन हुँदैछ । मेला स्थलमा अहिले स्टल निर्माण, मञ्च, बाल उद्यान, सचिवालय, प्रवेशद्धार निर्माण लगायतको कार्यहरु करिब अन्तिम चरणमा रहेको मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी गराए । अहिलेसम्म करिक ८० प्रतिशत तयारीका कामहरु सकिएको उनको दाबी रहेको थियो । मेलालाई आकर्षक बनाउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको मूल गेट परासीको बुद्धचोकमा रहेको बुद्ध स्ट्याचुको आकृतिमा निर्माण हुँदैछ भने मेला परिसरमा रामग्राम स्तूप र पाल्ही मन्दिरको स्ट्याचु बनाईने अध्यक्ष अग्रहरीले भने अन्य पर्यटकिय स्थलको पनि प्रचार प्रसार हुने गरि स्टलहरु ब्यवस्थापन हुदैछ ।
यसैगरी उद्योग वाणिज्य संघको परासीमा रहेको भवनकै आकृतिको झल्को दिने गरि मेला स्थलमा सचिवालय पनि निर्माण गरिएको छ । मंगलबार सम्ममा मेलाको सम्पूर्ण तयारी पूरा भईसक्ने संघले जनाएको छ । औद्योगिक व्यापार मेलामा यस पटक स्थानीय उत्पादन, कृषि, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको संघका उपाध्यक्ष एवं स्टल व्यवस्थापन उपसमिति संयोजक गिरीराज पाण्डेयले जानकारी दिएका थिए । मेलामा १ सय ३० वटा स्थल रहने बताउँदै उनले भने, स्टल बुकिङ धमाधम भईरहेको छ । मेला स्थलमा वस्तुको प्रकृतिको आधारमा छुट्टा छुट्टै स्टल क्षेत्र निर्धारण गरिएको छ ।

मेलाको फागुन १६ गते संघीय सरकारका अर्थमन्त्री प्रकाशरण महतले उद्घाटन गर्ने संघका उपाध्यक्ष राजेश गुप्तले जानकारी गराएका थिए । उक्त अवसरमा तीनै तहका सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधिहरु, संघीय तथा प्रदेश सांसदहरु तथा स्थानीय सरोकारवालाहरुको बृहत सहभागिता रहने बताए । मेलाको आकर्षणको रुपमा परम्परागत तथा जिल्लाको संस्कृति झल्कने गरि विभिन्न जातजातीको भेषभुषासहितको झाँकी प्रदर्शनी,ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु हुने छन् ।

नवलपरासीका स्थानीय तह स्तरीय सांस्कृतिक प्रतियोगिता,जिल्लामा रहेका कृषि उपज,लघु उद्यमी, महिला उद्यमी द्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी, यस क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरुको चिनारी देख्न सकिने छ । करिब दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त मेलामा करिब रु पाँच करोड दश लाख रुपैँयाको आर्थिक कारोबार हुने अपेक्षा गरिएको संघका जनाएको छ । मेला अवलोकनका लागि टिकटदर रु १०० निर्धारण गरिएको छ भने विद्यार्थीलाई परिचय पत्रका आधारमा रु ७० र विद्यालयबाट सामूहिक आएमा रु ५० का दरले निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक, असक्त तथा फरक क्षमता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यालय सचिव रामशंकर कुर्मीले बताए । मेलालाई पारदर्शि र चुष्टदुरुष्त बनाई राख्नका लागि प्रारम्भिक योजना देखी नै लेखा प्रणालीलाई ब्यवस्थित बनाउने कार्य पनि भई रहेको लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्रले बताए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *