नवलपरासी, १२ फागुन
जिल्लाको सदरमुकाम परासीमा फागुन १८ गते विशाल जलसा हुने भएको छ । मुस्लिम समुदायलाई धार्मिक तथा समाजिक जिवन प्रति जिम्मेवार बनाउने उदेशयले फैजाने अहलेबैत कांफ्रेन्सको (जलसा) आयोजना हुन लागेको हो ।
मुस्लिम समुदायको धार्मिक तथा सामाजिक सचेतना बढाउन र ईस्लाम धर्मको सन्देश आम गर्ने उद्देश्यले उक्त कांफ्रेन्स (जलसा) आयोजना गरिएको ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाले बताए । मुस्लिम समुदायमा बढदो विकृति न्युनिकरण गर्न, समुदायमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न, आफनो धर्मसंस्कृति र धार्मिक स्थलहरुको संरक्षणमा एकजुट भई अगाडी बढने जस्तो एजेण्डाहरु कांफ्रेन्समा प्रस्तुत गरिने अध्यक्ष मिँयाले जनाए ।
मदरसा जामिया फैजाने अहले बैतद्धारा संचालन हुने उक्त कांफ्रेन्स आउदो फागुन १८ गते अर्थात १ मार्च तारिख दिन शुक्रबार रातीमा हुने आयोजकले जनाएको छ । उक्त कांफ्रेन्समा भारतको मसहुर वक्ता तथा धार्मिक प्रवचनकर्ता हजरत मौलाना गुलाम रसुल बलियावी आउने निश्चित भएका छन् । प्रखर वक्ता बलियावीले ईस्लाहे मआसरा, दहेज रोकथाम, लागुऔषध दुव्र्यसनी न्युनिकरण, सामाजिक सदभाव जस्तो विषयमा आफनो धारणा राख्ने छन् ।
सो कांफ्रेन्समा इस्लाम धर्मका धर्मगुरु हाजी हजरत अल्लामा मौलाना सैयद ओवैस मुस्तफा वास्तीकादरी ईस्लामि सन्देश र दुआखानीका लागि आउदै हुनु छन् । उक्त कांन्फ्रेन्समा वक्ताकै रुपमा हजरत मौलाना खालिद रजा मिस्बाही, हजरत मौलाना डाक्टर अहमद रजा अमजद लगायत दर्जन बढि वक्ताहरुको उपस्थिती रहने ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाको भनाई छ । उनका अनुसार सायरको रुपमा हजरत मौलाना मोहम्मद तस्लिम रजा मोजफरपुरी, मौलाना सम्साद आलाम नुरी, मौलाना ताजुद्दिन नेपाली, मौलाना अरसद रजा नुरी आउदै छन् ।
उतm कांफ्रेन्समा नेपाल भ
ारतबाट धर्मावलम्बी मौलाना, कारी हाफिज गरि सयबढि वक्ताहरु रहने छन् । कांफ्रेन्समा ५ हजार बढि दर्शक श्रोताहरुको प्रत्यक्ष उपस्थिती हुने लक्ष्य रहेको अध्यक्ष मियाँले जनाए । सो कांफ्रेन्स रामग्राम नगरपालका वडा २ पुरानो मस्जिटोलमा हुदैछ । यसलाई मुस्लिम समुदायमा जलसाको नामले चिनिने गरिन्छ । उक्त कांफ्रेन्समा जिल्लादेखि बाहिर जिल्लाका नेताहरु, स्थानिय जनप्रतिनिधिहरु समेतको उपस्थिती रहने छ भने त्यसको तयारी तिब्र रुपमा भैरहेको आयोजक संस्थाले जनाएको छ ।
priligy prescription Cell 109 1 75 86 Britsch S et al 2001 The transcription factor Sox10 is a key regulator of peripheral glial development