नवलपरासी,२४ पुस
राणाकालिन इतिहास बोकेका जिल्लाको पृथ्वीचन्द्र अस्पताल अहिले विभिन्न आरोह र अहरोह पार गर्दै विरामीको मन जित्न उन्मुख देखिन थालेको छ । अल्पकालिन र दिर्घकालिन चुनौतिको विचमा पनि सेवा विस्तार र गुणस्तर वृद्धिमा अस्पतालले अग्रसरता देखाउन थालेको हो ।
अल्पकालिन चुनौतीको रुपमा अस्पताल भित्र जनशतिm अभावसँगै पुर्वाधारको पनि समस्या छ नै दिर्घकालिन चुनौतीमा नीतिगत समस्या,शुरक्षा,अविश्वास,बेला बेलामा हुने मुखभेड जस्ता पनि कायम नै छ , अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेडन्ट डा.किरण पाण्डे भने, तर पनि दैनिक विरामीको चाँप बढदै गए पछि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको उनको भनाई छ ।
वि.सं.१९६८ सालमा तत्कालिन श्री ५ पृथ्वी विक्रम शाह र श्री ३ चन्द्र समसेर जबरा सरकारले स्थापना गरेको अस्पतालको नाम पनि पृथ्वीचन्द्र अस्पताल राखिएको हो । राणाकालिन सरकारी सेवा प्रवाह हुदै आएको पाल्हीमाझ खण्डको हुलाकी राजमार्ग लक्षित गरि परासीमा उतm अस्पताल स्थापनाकाल देखी सो अस्पतालबाट नेपाली मात्रै नभई भारतिय विरामीले पनि सेवा लिदै आएका छन् । तर पनि जुन गतिले यो अस्पतालको विकास हुनु पथ्र्यौ हुन नसक्नु दुःखद कुरा भएको डा.पाण्डे बताए । तर अहिले मुलुक संघियतामा गए पश्चात यो ५० सैयाको अस्पताल लुम्बिनी प्रदेश सरकार अन्तरगत आएको छ, उनले भने, अस्पताल प्रदेश सरकार मातहत भए पनि यो अस्पतालको विकास विस्तारका लागि संघिय सरकार र स्थानिय सरकारसँगको सहकार्य उत्तिकै आवश्यक छ ।
विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ ,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को दिन नियमित सेवाका लागि आर्को दिन आउने विकल्प दिईने कार्य हुन्छ । इएचसी सेवाका लागि चिकित्सकलाई थप इन्सेन्भि(रकम) दिइनु पर्ने हुन्छ । त्यसको लागि आन्तरिक गृहकार्य भई रहेको उनको भनाई थियो ।
अस्पतलले निकट भविष्यमै दुई प्रकारको प्याथोलोजि(ल्याब) केन्द्रिय ल्याब र आकस्मिक ल्याब सञ्चालन गरिनुका साथै मृगौलाका विरामीका लागि डाईलासिस सेवा पनि चलाउने योजना छ । सरकारले एक जना फिजिसियन र एक जना एनेथेसियोलोजिष्टको उपलब्धता गराई दिएमा सबै पुर्वाधार भएर पनि सञ्चालनमा ल्याउन नसकिएको आईसियुु सेवा पनि सञ्चालनमा ल्याउन सकिने भनाई डा.पाण्डेको रहेको छ । यसका लागि ५० सैयाको नयाँ भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ,उता पिसिआर भवन निर्माण सम्पन्न भई सकेको छ । यि दुबै भवन प्रयोगमा आए पछि अस्पतालको भौतिक पुर्वाधारका धेरै जसो समस्या समाधान हुनेमा उनले विश्वास ब्यतm गरेका थिए ।
विरामीको चाँप हेर्दा थोरै जनशतिmले आएका सबै विरामीलाई नियमित सेवाबाटै सेवा प्रवाह गर्न कठिनाई भई रहेको भए पनि कार्यरत चिकित्सकहरु दायित्व बोध गरि पुरै समय दिएर कम गर्दै आएका छन् । यसको लागि चिकित्सक टोलीले अस्पताल विकास समितिसँग परामर्श गरी ब्यवस्थान गर्ने कार्य भई रहेको छ । अस्पताल प्रति विरामीको विश्वासले अहिले भिडभाड हुन थालेको छ । त्यो विश्वास कायम नै राखिनु पर्नेमा अस्पताल ब्यवस्थापन गम्भिर छ ।
त्यसका लागि आवश्यक जनशतिmले नै सेवा मिलाउनका लागि यो एइचसी सञ्चालनमा ल्याउन लागिएको छ । सरकारले तोके अनुसारका अझै पनि धेरै स्वास्थ्यकर्मीको पदपुर्ति छैन् । आन्तरिक स्रोतले चिकित्सक राख्नका लागि आन्तरिक आय चाहिन्छ,डा.पाण्डेले थपे, जिल्लाका पालिकाहरुले पनि यसबारे सोच बनाउन आवश्यक रहेको छ । अखिरमा जिल्ला अस्पतालमा सेवा लिन आउने तिनै पालिकाकै जनता हुन, । त्यो भएर आन्तरिक स्तरबाट अस्पताललाई सहयोग गरे अस्पतालको सेवा अझै प्रभावकारी बनाउन सकिन्छ । विरामीको आकर्षण हेदौ एउटा ५० सैयाको अस्पताललाई यतिको सेवाग्राही प्रयाप्त हुन् ।
तर अब अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् । त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।
दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज,प्रेस,निजी क्षेत्र,प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ । यो तिन पक्ष मिलेर काम गरियो भन्ने अस्पताल निश्चित रुपमा प्रभावकारी सेवा दिइनमा सक्षम हुदै जाने उनले विश्वास ब्यतm गरेका थिए ।