नवलपरासी,६ मंसिर
जिल्ला स्थित रामग्राम स्तुपामा थाईलैण्डका भिच्छुहरुले स्तुपको पुजा आफ्नौ थाई विधि अनुसार पुजापाठ गरेका छन् । थाईलैण्ड विहारमा रहेका भिच्छु र बुद्धका उपासकहरुले थाई विधि अनुसार स्तुपामा केराको पातबाट बुद्ध प्रतिमा तयार गरि पुजा पाठ गरेका हुन् ।
बर्षेनी उनीहरु यो मंसिर महिनामा सो विधि अनुसार पुजापाठ गर्दै आएको स्थानियले बताएका हुन् । पुजापाठ गरे पश्चात स्थानियलाई दान समेत गर्ने गरेका छन् । नागबंशीहरुद्धारा यो रामग्राम स्तुप संरक्षित भएको कुरालाई पनि उजागर गर्दै केराको पातबाट कलात्मक नाग प्रतिमा समेत बनाई स्तुप नजिकै राखेर पुजापाठ गरेका थिए । स्तुप पुजा र प्रार्थना पनि बौद्ध परम्परामा ठूलो महत्व राख्ने भएका कारण यसरी थाई भिच्छुहरुले पुजापाठ गरेका रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताएका थिए ।
अहिले रामग्राम स्तुपामा बौद्ध धर्मालम्बीहरुको आगमन बढेको छ । दैनिक जसो बौद्ध भिच्छु तथा उपासकहरु स्तुपमा आउने परिक्रमा गर्ने र स्तुपको पुजापाठ समेत गर्ने गरेको उनले बताए । विदेशी पर्यटकको आगमन भए पनि सोचे अनुसारको स्तुप क्षेत्रमा ब्यवस्थापकिय कार्य हुन सकिरहेको छैन,उनले भने, सरकारी उदासिनता र स्थानियमा अनभिज्ञताले पनि रामग्राम स्तुपमा आउने पर्यटकको स्वागत सत्कार हुन त परै जओस उनीहरुका लागि बसेर पुजा गर्ने शान्त वातावरण भएको उचित स्थान पनि बनाउन सकिएको छैन् ।