गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद

नवलपरासी,२३ बैशाख
स्थानिय महिलालाई घरमै स्वरोजगार बनाउने गरि काम गर्नमा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले कृयाशिल भई आफ्नो क्षेत्रमा काम गरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारद्धारा स्थानिय महिलाहरुलाई ज्ञान सिपको बिकाससँगै अनुदान सहयोगमा सिलाई मेसिन समेत उपलब्ध गराएर स्वरोजगार अभियानलाई निरन्तरता दिलाउने कार्यमा लागेका हुन् ।
पुरुषहरु रोजगारको खोजी गर्दै खाडी मुलुक तर्फ आकर्षित हुने तर मधेश सांस्कृतिक कारणले पनि महिलाहरु विदेश जान सक्ने अवस्था नभएको जनाउदै उनले महिलाहरुलाई घर,टोलमै स्वरोजगार हुने खालको कार्यक्रम बनाई लागु गराउनमा लागेको बताए । उनका अनुसार पाल्हीनन्दन गाउपालिकाकी २० जना गृहिणी महिलालाई सिप सिकौ,स्वरोजगार बनौ नाराका साथ तिन महिने सिचाई कटाई तालिम गराइएको र तालिम पश्चात सिचाई मेसिन पनि उपलब्ध गराइएको छ । यसले महिलाहरुलाई काम गर्न उत्साह बढाएको छ,प्रदेश साँसद जैसवालले भने,तालिम मात्र दिलाउने तर विपन्न महिलाहरुले त्यो सिपको प्रयोग गर्नका लागि उपकरण(सिचाई मेसिन) नै नहुने र खरिद गर्न पनि नसक्ने भएका कारण सिकेको सिप पनि पछि विर्सेर जाने अवस्था थियो । तर सिलाई मेसिन नै उपलब्ध गराई महिलाहरुलाई तालिम दिलाईए पछि ति महिलाहरु आफ्नै घरमा सिलाई कटाई गरि आय आर्जन गर्नमा सहयोग मिल्ने हुदा यो कार्यक्रम प्रभावकारी भएको दाबी साँसद जैसवालको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी मार्फत नै सो तालिमको आयोजना गरिएको उनका स्वकिय सचिव इमामुल खानले बताए । पाल्हीनन्दन गाउपालिका वार्ड नं.४ कै २० जना महिलाहरुलाई वार्ड कार्यालय मार्फत छनौट गरि तालिममा सहभागि गराइएको थियो,उनले भने,यसले घरगृहिणीमै दिन विताउदै आएकी महिलाहरुलाई आय आर्जनमा सहयोगी बनाउने छ । घरका पुरुषहरु बैदेशिक रोजगार तथा खेतीपातीका काम गर्ने र गृहिणी महिलाहरु विहान बेलुका घरभित्रको काम सकाएर बाकी समय सिलाई कटाई गरि थप आय आर्जन गर्न सक्ने भएका छन् । यसले महिलालाई आर्थिक शसतिmकरण समेत गर्ने हुदा आर्थिक परनिर्भरता हटाउने छ । समुहगत रुपमा काम गर्न चाहे घरेलु तथा साना उद्योग कार्यालयमा ब्यवसाय फर्म नै दर्ता गराई ब्यवसाकिय उत्पादन गर्न सक्ने छन् । नभए छुट्टा छुट्टै आफ्नो घरमै सिलाई कटाईका काम गर्न सक्ने हुने भनाई उनको थियो ।
साँसद जैसवालले गृहिणी महिला लक्षित कार्यक्रम प्रादेशिक कार्यक्रममा छुट्टयाउन लगाएर ग्रामिण महिलाका लागि काम गरेको प्रति वार्ड अध्यक्ष रविन्द्र सहानीले बताए । साँसद जैसावलको यो कार्यको वार्डमा सराहना भई रहेको छ,उनले भने,विकास पुर्वाधारका कामसँगै दैनिक जिवनमा काम लाग्ने,ब्यवसायि तथा आर्थिक उपार्जनको क्षेत्रमा समेत साँसद जैसवालले चाँसो देखाई अहिले काम गर्दैछन्,जस्को उदाहरण यो मेसिन सहित निशुल्क सिलाई कटाई तालिम हो । तालिमका लागि विभिन्न मापदण्ड बनाएर नै सिप सिकेर ब्यवसाय गर्नेलाई प्रााथमिकतामा राखेर गृहिणी महिलाहरुको छनौट गरिएको थियो । तालिम लिइएकी महिलाहरु अहिले उत्साही देखिएकी छिन्,उनले थपे,अगामी दिनमा पनि यस्तै फरक फरक विधामा ग्रामिण महिला लक्षित साँसद जैसवालले काम गर्ने छन्,भनि विश्वास जागृत भएको छ । तयारी पोशाक सम्बन्धि नै तालिम गृहिणी महिलाहरुलाई गराइएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेले बताएका थिए । उनीहरुको ब्यवसायिक क्षमता वृद्धि भएको छ,उनले भने,आवश्यक परेमा विच विचमा पनि उत्प्रेरित गर्ने खालका कार्यक्रम समेत ति महिलाहरुलाई गर्न सकिने छ । तर यसका लागि तालिम लिइएकी महिलाहरुकै उत्साह र सोचमा भर पर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *